असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालका टेलिकम कम्पनीहरुले लिइरहेको मुनाफा अत्याधिक



नेपालका टेलिकम कम्पनीहरुले लिइरहेको मुनाफा अत्याधिक

काठमाडौं । फोन र ईन्टरनेटको प्रयोग विश्वभर व्यापक रुपमा फैलिँदै गएको पाइन्छ । मागको वृद्धिसँगै अन्य देशहरुमा त्यसको मूल्यमा कमी आउँदै गर्दा पनि नेपालमा भने फोन र ईन्टरनेटको प्रयोग बढ्दै गए पनि अन्य देशहरुको तुलनामा त्यसको मुनाफा दोब्बरसम्म महङ्गो भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाले आफ्नो ५६ औं प्रतिवेदनमा गरेको विश्लेषण अनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मूल्य अरु मुलुककोभन्दा निकै महङ्गो भएकोले यो उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत हुने ठहर गरेको छ ।  ऐनबमोजिम वस्तु वा सेवाका उत्पादन, बिक्रेता वा वितरकले अवाञ्छित तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्था मन्त्रालयले गर्नुपर्ने भए पनि हालसम्म पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो मूल्यको नियमन गरेको नपाइएको महालेखाले जनाएको छ ।

नेपाल सरकारका उपभोक्ता हित सम्बन्धि काम गर्ने निकायलाई अत्याधिक महंगो भएको दूरसञ्चार कम्पनीको सेवा अनुगमन गर्न महालेखा परीक्षकको कार्यालयले सुझाएको छ।

महालेखाले विश्वका विभिन्न क्षेत्रका देशहरुको अध्ययन र तुलनासहित प्रस्तुत सुझावमा उसले नेपालका टेलिकम कम्पनीले अत्याधिक मुनाफा लिइरहेको बताइएको छ। अमेरिका, चीन, युरोप, भारत, मलेसिया, जापानजस्ता देशमा रहेका टेलिकम कम्पनीहरुले २४ देखि ३७ प्रतिशतसम्मको मात्र सञ्चालन मुनाफा आर्जन गर्दै आएको  भएपनि नेपाल टेलिकमले ५८ र एनसेलले ६२ प्रतिशत मुनाफा आर्जन गर्ने गरेको बताएको छ।

नेपाल टेलिकम र एनसेलको सञ्चालन नाफामा अत्याधिक अन्तर हुनुको औचित्यता सम्बन्धमा नियमनकारी निकायले विश्लेषण नगर्दा नेपालामा उपभोक्ताले नियमित मार खेपीरेहको महालेखाको ठहर छ।

 ‘कुनै पनि वस्तु तथा सेवाको मूल्य निर्धारण गर्दा सो सेवा सञ्चालन गर्दा हुने खर्च, पूर्वाधार विकासमा गर्नुपर्ने लगानी एवं सोको लागत र निश्चित नाफा समावेश गरी निर्धारण गरिनुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

नेपालमा दूरसञ्चार सेवाको मूल्यनिर्धारण गर्ने प्रयोजनको लागि नेपाल दूरसञ्चार प्राधिकरणले खुला बजारमा प्रतिस्पर्धाको आधारमा हुने गरी शुल्कको अधिकतम सीमा निर्धारण गरेको छ ।  तर, नेपाल र विदेशका टेलिफोन सेवा प्रदायककको सञ्चालन नाफामा अत्याधिक अन्तर छ । महालेखाका अनुसार यसको औचित्यता सम्बन्धमा नियमनकारी निकायले विश्लेषण गरेका छैनन् ।



राष्ट्रिय समाचार
सरकारले जनताका हितमा काम गर्छ र जनताका कुरा सुन्छ : प्रधानमन्त्री ओली

सरकारले जनताका हितमा काम गर्छ र जनताका कुरा सुन्छ : प्रधानमन्त्री ओली

युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गुठी ...

असार १, २०७६
 साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्किए  प्रधानमन्त्री ओलि

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओलि

काठमाडौं ( साताव्यापी युरोप भ्रमण पूरा गरी  प्रधानमन्त्री केपी शर्मा ओली आइतबार विहान स्वदेश आइपुगेका ...

असार १, २०७६
काठमाडाैँका जनता सरकारसँग पानी माग्दै प्रदर्शन

काठमाडाैँका जनता सरकारसँग पानी माग्दै प्रदर्शन

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा खानेपानी चरम अभाव भएपछि उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । उपत्यका ...

जेठ ३२, २०७६
तीनकुनेस्थित बागमती नदीमाथिको पुलको काम अघि नबढाउन निर्देशन

तीनकुनेस्थित बागमती नदीमाथिको पुलको काम अघि नबढाउन निर्देशन

 काठमाडौं । शुक्रबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुलको ...

जेठ ३१, २०७६
गुठी विधेयक संसदमा खैलाबैला, सरकारलाई घाँडाे

गुठी विधेयक संसदमा खैलाबैला, सरकारलाई घाँडाे

काठमाडाैँ, पाटन, ललितपुर, भक्तपुर लगायत दशैभरका गुठीयारहरू, विशेषत नेवाः समुदाय आन्दाेलित छन् । नेकपाकाे सरकार ...

जेठ ३१, २०७६
जाली नाेटकाे संजाल खाेतल्दै प्रहरी

जाली नाेटकाे संजाल खाेतल्दै प्रहरी

काठमाडौं । भारतीय जाली नोट तस्करी प्रकरणमा युनुस अन्सारी पुरानो नाम होइन। लामो समय जेल ...

जेठ ३१, २०७६