असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
काेम्हेन्दोको व्याच र तामाङ टोपिमा चिटिक्क



काेम्हेन्दोको व्याच र तामाङ टोपिमा चिटिक्क

मिलन लामा दाेङ/ सारा खबर

काभ्रे । तेस्रो तामाङ चलचित्र महोत्सव २०७५ को उद्घाटन समारोह चैत्र ३० गते शनिबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको थियो ।
 
त्यस्तै महोत्सवको अन्तिम दिन २०७६ बैशाख १ गते नयाँ वर्षको अवसरलाई लक्षित गर्दै पूर्व माननीय सांसद तीर्थबहादुर तामाङको प्रमुख आतित्थ्यतामा महोत्सवको समापन गरियो ।
 
'सेमरीन मुला माया' र 'आप्लेङला नाम्सा' तामाङ कथानक चलचित्र प्रदर्शन गरिएको महोत्सवको पहिलो दिन रोशी गाउँपालिकाका प्रमुख तथा तामाङ चलचित्रका निर्माता, निर्देशक डी. बी. मोक्तानको प्रमुुख आतित्थ्यतामा अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।

तीन दिनको उक्त महोत्सवलाई नजिकबाट नियालेर हेर्दा महोत्सव वास्तव मै निकै सभ्य र भव्यताका साथमा सफल भएको देखिन्छ । यो चलचित्र महोत्सवमा केही सामान्य कमीकमजोरीहरु त अवश्य भए  तर टिप्पणी उठाइ हाल्नु पर्ने खालका भने थिएनन् । 






पाँच बुदे घोषणा पत्र 

तेस्रो तामाङ चलचित्र महोत्सव २०७५ बाट तामाङ चलचित्र संघ नेपालले पाँच बुंँदे घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रका बुँदाहरु यस प्रकार रहेका छन्।@ 

१. प्रत्येक वर्षमा तामाङ चलचित्र महोत्सव आयोजना गरी उत्कृष्ट चलचित्र र कलाकारलाई पुरस्कृत गर्ने ।
 
२. चलचित्र निर्माण तथा क्षमता अभिबृद्धिका लागि हरेक वर्ष आयोजना गर्दै आएका चलचित्र कार्यशाला गोष्ठिलाई निरन्तरता दिने ।
 
३. सरकारी निकायसँग समन्वय गरी चलचित्रको बजार विस्तार गर्न पहल गर्ने ।
 
४. मौलिक तामाङ संस्कृति जगेर्ना गर्न संघको तर्फबाट पनि चलचित्र निर्माण गर्ने ।
 
५. तामाङ चलचित्रकर्मीहरुलाई राष्ट्रिय परिचय पत्र दिलाउन चलचित्र विकास बोर्डसँग समन्वय गर्ने । 





२०७५को उत्कृष्ट तामाङ कथानक चलचित्र :  'आप्लेङला नाम्सा'

काभ्रेको भकुण्डेवेसीमा सम्पन्न भएको तेस्रो तामाङ चलचित्र महोत्सवमा २०७५ सालका पाँचवटा उत्कृष्ट तामाङ कथानक चलचित्रहरुले प्रदर्शन हुने अवसर पाए । निर्णायक मण्डलले तोकेको मापदण्ड पुरा गरेका पाँच तामाङ कथानक चलचित्र  त्यस छनोट प्रकृयामा परेका थिए । फिल्म निर्देशक तथा वरिष्ठ संचारकर्मी दिपेन्द्र दोङ, तामाङ चलचित्र संघका पूर्व अध्यक्ष तथा फिल्म निर्देशक प्रकाश ब्लोन निर्णायक मण्डलमा रहेका थिए । 

तामाङ कथानक चलचित्रहरु 'सेमरीन मुला माया', 'आप्लेङला नाम्सा', 'श्होङ', 'रुङसी टिला', र 'सेर्कु' रहेको थियो । तीन दिनसम्म चलेको महोत्सवमा 'आप्लेङला नाम्सा' र 'सेर्कु' तामाङ कथानक चलचित्र वीच प्रतिस्पर्धा भएको थियो । निर्णायक मण्डलको भोट, दर्शकले दिएको भोटको प्रतिशतको आधारमा ८७ प्रतिशत मत ल्याएर २०७५ को उत्कृष्ट तामाङ कथानक चलचित्र आप्लेङला नाम्सा घोषित हुँदै समापनमा रु ५१ ह्जार धनराशीको पुरस्कार जित्न सफल भयो । यो महोत्सव र यसमा राखिएको पुरस्कारले तामाङ चलचित्र निर्माणकर्मी र कलाकारहरुका लागि थप प्रोत्साहन बन्ने धेरैको दाबी छ । 

कोम्हेन्दोको व्याच र तामाङ टोपीमा चिटिक्क संचारमन्त्री बाँस्कोटा 

तामाङ चलचित्र संघले एक नयाँ कार्य गरेर तामाङ समुदायमा सन्देश दिन खोजेको छ । महोत्सवमा तामाङ समुदायले पवित्र मानेको कोम्हेन्दोको व्याच अतिथिहरुलाई वितरण गरिएको थियो । यसरी तामाङ चलचित्र संघ चलचित्र महोत्सवको माध्यमले तामाङ चलचित्रको मात्र नभै नेपालमा हराउँदै गएको हस्तकलालाई समेत प्रोत्साहन र प्रवर्द्धन गर्ने कार्यमा अघि बढेको देखिन्छ ।  अन्य कार्यक्रमहरुमा प्रयोग हुँदै आएको साधारण व्याच भन्दा कोम्हेन्दोको विशेष व्याच र तामाङ टोपीमा प्रमुख अतिथि गोकुल प्रसाद बाँस्कोटा र विशेष अतिथि गंगाबाहादुर दोङलाई अन्य कार्यक्रममा भन्दा अलि पृथक देखिएको थियो ।


 
सारा खबरका प्रतिनिधिले कोम्हेन्दोको व्याच लगाउन पाउँदा कस्तो अनुभव गर्नु भएको छ ? भन्ने प्रश्नमा प्रमुख अतिथि बाँस्कोटाले भन्नुभयो, “अन्य कार्यक्रममा भन्दा अलि फरक महसुस गरेको छु । अरुको सिको गर्नुभन्दा आफ्नो मौलिकपन पस्किन तामाङ चलचित्र संघले जुन प्रयास थालेको छ त्यो निकै सराहनीय छ ।''

यसैगरी अर्का विशेष अतिथि गंगाबाहादुर दोङले पनि आफ्नोपनको महसुस भएको बताउनु भयो ।
 
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले तामाङ समुदायले पवित्र मानेको कोम्हेन्दोलाई यसरी नै प्रर्वद्वन गरी सबैको सामु चिनाउनका लागि नै कोम्हेन्दोको व्याज तयार गरेको साराखबरलाई बताउनुभयो ।
 
महोत्सव सभ्य र भव्य 

तामाङ चलचित्र संघले करिव आठ वर्षपछि आयोजना गरेका तामाङ महोत्सव सभ्य र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा तेमाल गाउँपालिका, रोशीगाउँपालिका, नामोबुद्ध नगरपालिका, धादिङ, रसुवा, मकवानपुर, नुवाकोट, वारा, पर्सा, सिन्धुपाल्चोक, रामेछाप, लगाएत देशका विभिन्न जिल्लाबाट चलचित्रकर्मीहरु र अन्य सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
 
चर्काे घाम र मुसलधारे वर्षाको कुनै पर्वाह नगरी दर्शकहरु कलाकारहरुको प्रस्तुतिमा रमिरहेका थिए भने गायक विशाल थिङको गरम प्रस्तुतिमा बेपर्वाह झुमेका दर्शकहरुलाई बर्षातले शितल बनाउन मद्दत गरेको थियो ।
  
नमोबुद्ध नगरपालिकाबाट कार्यक्रम हेर्न आएकी सोनिका मोक्तान आफ्नै  साथीसँग भन्दै थिइन्, 'यस्तो कार्यक्रम मैले अहिलेसम्म हेरेकी थिईन । एकै थलोमा फिल्म पनि, कन्सर्ट पनि हेर्न पाइयो । आज त साह्रै रमाइलो भयो ।'
नमाेबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले अफ्नाे नगरमा गरेकाे कार्यक्रमलाई जस्ताे सुकै सहयाेग गर्न  पछि नपर्ने बताउनु भयाे 
 
महोत्सवमा तामाङ समुदायमा प्रयोग हुने खानाका स्टल, तामाङ ड्रेस, तामाङ टोपि, बुद्घ चित्तमाला आदिका स्टलहरुलाई समेत स्थान दिएर तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले आफ्नो दक्षता सावित गरे।
 
कार्यक्रमलाई सफल बनाउन नेपाल चलचित्र विकास बोर्ड, रोशी गाउँपालिका, लगाएत अन्य संघ संस्थाको साथ सहयोग रहेको आयोजक पक्षले जनाएको छ । 
















कलाशैली
मृगाैला पीडित  सहयाेगार्थ स्वरूप भक्तपुरमा चलचित्र ''लाइफ पार्टनर'' प्रदर्शन

मृगाैला पीडित सहयाेगार्थ स्वरूप भक्तपुरमा चलचित्र ''लाइफ पार्टनर'' प्रदर्शन

काठमाडाैँ ।हाम्राे मिसन समृद्ध नेपाल , तामाङ चलचित्र संघ र छाेर्वाला काई काे पहलमा कालीदवी ...

जेठ ३२, २०७६
थोइसम गोङफेलिङ संस्था बाैद्धमा ञ्युङने कार्यक्रम सम्पन्न

थोइसम गोङफेलिङ संस्था बाैद्धमा ञ्युङने कार्यक्रम सम्पन्न

संवाददाता पुनम ढुंगेल (प्रशिक्षार्थी)काठमाडौं । काठमाडौको बौद्धमा रहेको थोईसम गोङफेलिङ संस्था विगत ३ वर्ष अगाडी ...

जेठ २९, २०७६
तेस्राे जनजाति चलचित्र महाेत्सव सम्पन्न, उत्कृष्ट अवार्ड कस्ले जित्याे ?

तेस्राे जनजाति चलचित्र महाेत्सव सम्पन्न, उत्कृष्ट अवार्ड कस्ले जित्याे ?

काठमाडाैँ । उपराष्ट्रपति नन्द किशाेर पुन ज्यूकाेले उदघाटन गर्नुभएकाे तेस्राे नेपाल आदिवासी जनजाति चलचित्र महाेत्सव-२०७६आइतबार ...

जेठ २७, २०७६
नेपाल कलाकार संघकाे अध्यक्षमा रविन्द्र खड्का विजयी

नेपाल कलाकार संघकाे अध्यक्षमा रविन्द्र खड्का विजयी

काठमाडाैँ । शनिवार भएकाे नेपाल कलाकार संघकाे निर्वाचनबाट रविन्द्र खड्का अध्यक्षमा विजय हुनुभएकाे छ । ...

जेठ २६, २०७६
बुढानिलकण्ठ नगरपालिकामा राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने

बुढानिलकण्ठ नगरपालिकामा राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने

काठमाडाैँ । कवि बैरागी काँईलाकाे प्रमुख आतित्थ्यतामा बाग्द्वार राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने भएकाे छ  । बाग्द्वार ...

जेठ २२, २०७६