जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अमेरिकामा नेपाली परेड



अमेरिकामा नेपाली परेड


न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस अफ नेपाल” को आयोजनामा कोलोराडोको बोल्डर सहरमा हिजो आईतबार “नेपाल डे परेड २०७६” सम्पन्न भएको छ ।


प्रसिद्ध लोक गायक एवं अमेरिकाको लागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको प्रमुख आतिथ्यमा सम्पन्न सो परेडमा स्थानीय नेपाली समुदायका आ-आफ्नो संस्थाको ब्यानरमा संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।




परेड कार्यक्रमका विशेष अतिथि बोल्डर नगरकी मेयर सुजन जोन्सले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीहरूको नयाँ वर्षको यस्तो भव्य र सुन्दर कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै गौरवको अनुभूति भएको भन्दै उहाँले नेपाली समुदायलाई नेपाली नयाँ वर्षको शुभकामना दिनुभयो ।

आयोजक संस्थाका अध्यक्ष विनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचान दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिनुभयो ।


कोलोराडो स्थित बोल्डर सिटी एन्ड काउन्टिको कार्यालयबाट स्विकृत प्राप्त भएपछि सन् २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आइतबार नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने “नेपाल डे परेड” विश्वमा नेपाल परिचय गराउने र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उदेश्यको साथ आयोजना गर्ने गरिन्छ ।

समाचार स्राेत: tutulkokhabar 




अन्तर्राष्ट्रिय समाचार
नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

मे २० देखि २४ सम्म फ्रान्सकाे राजधानी पेरिसमा हुने  ‘क्यान्स फिल्म फेस्टिभल–२०१९’मा  नेपालले पनि सहभागीता ...

जेठ ५, २०७६
नायिकाकाे नाम किन फेर्न लगाए सलमान खानले ?

नायिकाकाे नाम किन फेर्न लगाए सलमान खानले ?

बलिउड अभिनेत्री कियरा अाडवाणीले अाफ्नाे नाम परिवर्तन गरेकी छिन् । नायक सलमान खानको सल्लाहमा आफ्नो ...

बैशाख २७, २०७६
 शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले  लियाे

शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियाे

काठमाडाैँ ।  आइतबार तीन सयभन्दा बढीको ज्यान जाने गरि श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको ...

बैशाख १०, २०७६
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५