जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?



पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,  घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी आत्महत्या गरेका छन् । उनलाई पक्राउ गर्न उनको निवासमा प्रहरी पुगेपछि उनले आफ्नो टाउकोमा गोली हानी आत्महत्या गरेका हुन् ।

आफैँलाई गोली हानेपछि उनलाई पेरुको राजधानी लिमास्थित अस्पताल पुर्याइएको थियो।

गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप लाग्दै आएको थियो । तर उनले सो आरोप वारम्वार अस्वीकार गर्दै आएका थिए।

जब सो आरोपको सम्बन्धमा उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरू उनको निवासमा पुगे तब उनले एउटा फोन गर्न भन्दै अर्को कोठामा गएर ढोका बन्द गरी आफैँलाई गोली हानेको पेरुका आन्तरिक मामिलामन्त्री कार्लोस मोरानले पत्रकारहरूलाई बताएका छन् ।

निवासमा प्रहरी आएपछि फोन गर्न भन्दै एउटा कोठामा गएर ढोका बन्द गर्न भ्याएको केही मिनेट मै गोली चलेको थियो । तत्काल प्रहरीले ढोका खोल्दा टाउकोमा गोली लागेको अवस्थामा उनी कुर्सीमा बसिरहेका थिए।

त्यसपछि उनलाई तुरुन्त लिमास्थित एउटा अस्पताल पुर्याइयो जहाँ उनको शल्यक्रिया भयो, तर पनि उनलाई बचाउन भने नसकेको बताइएको छ ।

बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

यो घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पतालबाहिर जम्मा भए पनि प्रहरी प्रशासनले उनीहरूलाई अगाडि बढ्नबाट भने रोकेका थिए।




अन्तर्राष्ट्रिय समाचार
नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

मे २० देखि २४ सम्म फ्रान्सकाे राजधानी पेरिसमा हुने  ‘क्यान्स फिल्म फेस्टिभल–२०१९’मा  नेपालले पनि सहभागीता ...

जेठ ५, २०७६
नायिकाकाे नाम किन फेर्न लगाए सलमान खानले ?

नायिकाकाे नाम किन फेर्न लगाए सलमान खानले ?

बलिउड अभिनेत्री कियरा अाडवाणीले अाफ्नाे नाम परिवर्तन गरेकी छिन् । नायक सलमान खानको सल्लाहमा आफ्नो ...

बैशाख २७, २०७६
 शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले  लियाे

शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियाे

काठमाडाैँ ।  आइतबार तीन सयभन्दा बढीको ज्यान जाने गरि श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको ...

बैशाख १०, २०७६
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५