जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पौडीखेलमा गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण



 पौडीखेलमा गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण

साराखबर संवाददाता

नेपालगन्ज, स्वीमिङ अन्तर्गत नेपाल आर्मीकी गौरिका सिंहले दुई स्वर्ण हात पारेकी छन् । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीखेलको पहिलो दिन नै नेपाल आर्मी क्लबकी गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण पदक जितेकी छिन् । बाँकेको नेपालगञ्जमा आइतबार सम्पन्न खेलमा गौरिकाले ५० मिटर ब्याकस्ट्रोक र ८०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् ।

 उनले ५० मिटरमा भने स्वर्ण सहित राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । उनले ३०.८५ सेकेन्डमा दूरी पूरा गरिन् । त्यस्तै, नेपाल पुलिस क्लबकी अनुष्का पोख्रेल दोस्रो भइन् ।
 त्यस्तै, एपीएफकी युस्का महर्जन तेस्रो बनिन् ।

 त्यस्तै, उनले ८०० मिटर फ्रिस्टाइलमा ९ मिनेट ३९.२२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।आर्मीकै उपास्ती महर्जन दोस्रो हुदा समिरा सोभा थापा तेस्रो भइन् । त्यस्तै, पुरुषतर्फका ५० मिटर फ्रिस्टाइलमा एपीएफका तेन्जिङ गुरुङले नयाँ रेकर्डसहित स्वर्ण पदक जितेका छन् ।

 उनले ३२.८१ सेकेन्डमा पूरा गर्दै रेकर्ड राखे । त्यस्तै, प्रदेश तीनका जयन्त प्रकास गुरुङ दोस्रो हुदा नेपाल पुलिस क्लबका तरुण भण्डारी तेस्रो भए । पुरुषतर्फकै ८०० मिटर फ्रिस्टाइलमाएनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण पदक जिते । त्यस्तै, एपीएफका नासिर हुसेनले रजत पदक जित्दा एपीएफ क्लबकै उग्रेन महर्जनले कास्य पदक जिते । त्यस्तै, आजै भएको अर्को खेलमा एपीएफका सुभम श्रेष्ठले १०० मिटर ब्याकस्ट्रोकमा नयाँ रेकर्डसहित स्वर्ण पदक जितेका छन् 

उनले एक मिनेट ८.१५ सेकेन्डमा पूरा गर्दै नयाँ रेकर्ड राखेका हुन् । त्यस्तै, नेपाल पुलिस क्लबका सायद हाम्जा शाहले रजत पदक जित्दा पुलिसकै दिपांकर अवालेले कास्य पदक हात पारे ।
 त्यस्तै, यसै स्पर्धामा महिलातर्फ आर्मीकी दुएना लामाले स्वर्ण पदक जित्न सफल भए । एपीएकी तिसा शाक्यले रजत पदक हात पार्दा आर्मीकी उपास्ती महर्जनले कास्य जितिन् ।

 त्यस्तै, महिलातर्फका २०० मिटर बटरफ्लाईमा दुएना लामाले नै स्वर्ण पदक जितिन् । एपीएफकी श्रीबी महर्जन दोस्रो हुदा एपीएफकै दिया स्थापित तेस्रो बनिन् । पुरुषतर्फको यसै स्पर्धामा एनआरएनएका नाथन दोर्जे शेर्पा पहिलो बने । आर्मीका अनुभव सुब्बा दोस्रो हुदा नेपाल पुलिसका सायद हम्जा शाह तेस्रो बने ।



खेलकुद
पौडी खेलमा त्रिभुवन आर्मी क्लवले हालसम्म ९ स्वर्ण

पौडी खेलमा त्रिभुवन आर्मी क्लवले हालसम्म ९ स्वर्ण

साराखबर संवाददातानेपालगन्ज, राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा जारी पौडी खेलमा त्रिभुवन आर्मी क्लवले हालसम्म ९ ...

बैशाख ९, २०७६
 पौडीखेलमा गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण

पौडीखेलमा गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण

साराखबर संवाददातानेपालगन्ज,  स्वीमिङ अन्तर्गत नेपाल आर्मीकी गौरिका सिंहले दुई स्वर्ण हात पारेकी छन् । आठौं ...

बैशाख ८, २०७६
 आर्चरी प्रतियोगितामा अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्णलाई स्वर्ण

आर्चरी प्रतियोगितामा अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्णलाई स्वर्ण

साराखबर संवाददाता नेपालगञ्ज, आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिता को ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी ...

बैशाख ८, २०७६
नेपालगन्जमा आर्चरी छनोट चरण सम्पन्न

नेपालगन्जमा आर्चरी छनोट चरण सम्पन्न

साराखबर संवाददाता नेपालगन्ज आठौं अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु ...

बैशाख ७, २०७६
चन्द्रकलाको अर्को कीर्तिमान

चन्द्रकलाको अर्को कीर्तिमान

साराखबर संवाददाता नेपालगन्ज , आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी ...

बैशाख ७, २०७६
नेपालगञ्जमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन-राष्ट्रपति विद्यादेवी भण्डारी

नेपालगञ्जमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन-राष्ट्रपति विद्यादेवी भण्डारी

साराखबर संवाददाता नेपालगञ्ज, राष्ट्रपति विद्यादेवी भण्डारी ले  नेपालगञ्ज रंगशालामा बिहिवार साँझ ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको ...

बैशाख ५, २०७६