श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अभिभावक र सन्तानबिच घट्दै गइरहेको अन्तरघुलनमा आधारित छ चलचित्र “एटीन”



अभिभावक र सन्तानबिच घट्दै गइरहेको अन्तरघुलनमा आधारित छ चलचित्र “एटीन”

 काठमाडाैँ । परिवारमा अभिभावक र सन्तान बिच दिनप्रतिदिन घट्दै गइरहेको अन्तरघुलनमा आधारित “एटीन – Eighteen” नामक नेपाली कथानक चलचित्र निर्देशक प्रेम घिसिङले  तयार पारेका छन् । मानव जीवनको लागि अपरीहार्य बन्दै गएको पैसा कमाउन र अवसरको खोजिमा बेलायत पलायन भएका परिवारहरुको यथार्थ चित्र यस चलचित्रले पस्कन खोजेको छ ।

हुन त एटीनले उठान गर्न खोजेको मुद्दा केवल बेलायतमा रहेका नेपाली परिवारको मात्र होईन । यो समस्या त हालको परिवेशमा समग्र विश्वका हरेक बिकसित समाजको नै हो । पैसामूखी समाज र संस्कारले हरेक घरको अवस्था यस्तै बनाएको छ । एउटै छतमुनि रहेर पनि हप्तौंसम्म अभिभावकहरुलाई नभेट्दा एक बाल मनोविज्ञानमा पर्न जाने नकारात्मक असरको सजिव चित्र यस चलचित्र मार्फत निर्देशक घिसिङ देखाउन सफल भएका छन् । 

आफ्नो सन्तानको सुखका लागि भन्दै प्राय: अभिभावकहरु आवश्यकता भन्दा बढी कामप्रति केन्द्रित रहने गरेका छन् । पर्याप्त समय र स-साना खुशी सन्तानलाई दिन नसक्दा त्यसले निम्त्याउन सक्ने खतरा एटीनले उजागर गरेको पाइन्छ । सानो परिवारभित्र घुमेको यो चलचित्रको कथावस्तुले परिवारमा सन्तान र बाबुआमा बिच सुमधुर सम्बन्ध बनाउने उपाय र बिग्रीने कारणहरु कुशल रुपले प्रस्तुत गरिएकोले सबैले यो चलचित्र एक पटक हेर्नै पर्ने देखिन्छ । एटीन हेरेर विग्रँदै गरेको कुनै परिवार सम्हालिन्छ वा यस्तै परिवेशका कारण कुनै युवा अपराध गर्न र गलत बाटोतर्फ हिड्नबाट जोगिन्छ भने आफ्नो चलचित्र सही अर्थमा पूर्ण सफल हुने निर्देशक घिसिङको धारणा छ ।

नेपाली भाषाको अतिरिक्त अंग्रेजी भाषामा पनि धेरै संवाद र सव टाइटल दिइएको हुँदा विश्वमा जो कोहीले पनि यो चलचित्र सहज रुपले बुझ्न सक्दछ ।  अभिभावकको माया र समय बाल बच्चाकोलागि कति आवश्यक छ ? भन्ने विषयमा विदेशी भुमिमा रहेका केटाकेटीको कथालाई समेटेर बनाएको सत्य घटनाबाट प्रेरित यस चलचित्रको विशेष प्रदर्शन नेपालमा पहिलो पटक हिजो शनिवार बागबजारस्थित सिटि म्याक्समा गरिएको थियो र छिट्टै नै नेपाली हलहरुमा प्रदर्शन गरिने निर्देशक घिसिङले जनाएका छन् ।

प्रेमिश भिजन युकेको प्रस्तुतिमा बनेको उक्त चलचित्रको नायक, कथा लेखन र निर्देशक प्रेम घिसिङ नै  हुन् ।

पेमा डोल्कर र तारादेवी लामाले निर्माण गरेको यस चलचित्रमा प्रसुना कँडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, प्रतिक दुधराज, रितेश चाल्म्स, क्रिस एप्लेन्टन, राजा मियाँ, इन्दु सुब्बा, गोविन्द अर्मजा, तिया गुरुङ, एलबी सुब्बा, स्टेफन सानचेज, मिली एनडरसन, तारा दुमी राई र स्वयं निर्देशक प्रेम घिसिङ लगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।

चलचित्रको गीतकार चन्द्रकुमार दोङ र अञ्जु श्रेष्ठ हुन् भने यसमा गायिका निर्मला घिसिङ र गायक ताराप्रकाश लिम्बुले स्वर भरेका छन् ।

चलचित्र निर्माण पश्चात् लगत्तै पहिलो पटक युकेको हयारोस्थित सफारी सिनेमा हल लन्डनमा यसको प्रदर्शन भईसकेको पनि निर्देशक घिसिङले बताएका छन् ।


 (नाेटः सारा खबरकाे कलाशैली संवाद हेर्न नभुल्नुहाेला)


- बिकास बाबु श्रेष्ठ / सारा खबर 



कलाशैली
गायक सुजनको बढदो लोकप्रियता

गायक सुजनको बढदो लोकप्रियता

साराखबर संवाददाता नेपालगञ्ज । देश तथा बिदेशका विभिन्न रमणीय शहरहरुमा खिचिएका गायक तथा मोडल सुजन ढकालको ...

असार २९, २०७६
सुन्दरीजलमा पाँचाै राष्ट्रिय महाेत्सव-२०१९ सम्पन्न,( भिडियाे सहित)

सुन्दरीजलमा पाँचाै राष्ट्रिय महाेत्सव-२०१९ सम्पन्न,( भिडियाे सहित)

काठमाडाैँ ।  गाेेकर्णेश्वर नगरपालिकामा रहेकाे सुन्दरीजल छाँगामा शनिवार २८ गते साहसिक क्यानाेनिङ खेल सम्पन्न भएकाे ...

असार २८, २०७६
नेपाल संगीत उद्योग संघकाे राष्ट्रिय  म्युजिक अवार्ड २०७६ हुने

नेपाल संगीत उद्योग संघकाे राष्ट्रिय म्युजिक अवार्ड २०७६ हुने

काठमाडौँ । नेपाल संगीत उद्योग संघकाे अायाेजनामा नेपाली संगीत उद्याेग बजारमा पहिलो पल्ट म्युजिक अवार्ड गर्न गइरहेको ...

असार २२, २०७६
पुजा तामांगको ' कोही छ की माया लगाउने ' गीतको भिडियो सार्वजनिक

पुजा तामांगको ' कोही छ की माया लगाउने ' गीतको भिडियो सार्वजनिक

काठमाडौँ । गायीका पुजा तामांगको स्वरमा रहएको ' कोही छ की माया लगाउने ' बोलको ...

असार २०, २०७६
पुर्वाञ्चलमा फेसन शो

पुर्वाञ्चलमा फेसन शो

तारा ब्लोन  तामाङ्ग इटहरी । इटहरीमा ‘नेपाल टुर  पुर्वाञ्चल  फेसन शो’ हुने भएको छ । ...

असार १८, २०७६