जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे



नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे


काठमाडौँ । केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगाएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको हो । मूल नेतृत्व टुंगो लागेपछि जिल्ला कमिटिहरू बन्नेछन् । 

जिल्लाका अध्यक्ष र सचिवको नाम कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा सोमबार राजधानीमा हुने कार्यक्रममा घोषणा गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । पार्टी पोलिटब्युरोे गठन, भ्रातृसंगठनहरूको एकता भने पछि तर छिट्टै घोषणा गरिने श्रेष्ठले जनाए । 'पोलिटब्युरोको गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन एकैपटक हुन्छ,' उनले भने ।

जिल्ला तहको नेतृत्वमा कसको वर्चस्व रहने भन्ने छिनाझपटीमा अल्झिरहेको नेकपाका शीर्ष नेताहरूबीच विगतको नेतृत्वलाई प्राथमिकता दिने सैद्धान्तिक सहमतिपछि विवाद टुंगिएको हो । यो सहमतिले सांसद, मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतका पदमा रहेका पनि अध्यक्ष, सचिवलगायत नेतृत्वदायी पदमा रहने छन् । एउटै व्यक्तिले दोहोरो पद पाउने कि नपाउने भन्ने विवादले जिल्ला तहको नेतृत्व चयनमा समस्या थियो । सामान्य अवस्था नभई विशिष्ट खालको एकता भएकाले कमिटी-कमिटी नै एकता गर्नु ठीक हुने समझदारी नेताहरूबीच बनेपछि जिल्ला नेतृत्वको एकताको गाँठो फुकेको हो ।

७७ जिल्लामध्ये पूर्वएमालेले ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व लिनेछन् । पूर्वएमालेको भागमा अध्यक्ष परे सचिव पूर्वमाओवादी पक्ष्ाको हुनेछ । त्यस्तै पूर्वमाओवादी अध्यक्ष परे सचिव पूर्वएमाले हुने सैद्धान्तिक सहमति नेताहरूबीच भएको छ । विगतमा दुवै पार्टीमा जो-जो जिल्लाका अध्यक्ष थिए, उनीहरूलाई नै नेतृत्व दिने, उनीहरूले नमानेको वा नसक्ने अवस्थ्ाामा सम्बन्धित कमिटीको अर्को तहका नेतालाई जिम्मेवारी दिने सहमति भएको छ ।

यसअघि पार्टीको केन्द्रीय सचिवालयले सांसद, मन्त्री, स्थानीय तहको प्रमुख, उपप्रमुखलगायत अन्य जिम्मेवारीमा रहेका व्यक्तिलाई जिल्लाको नेतृत्व नदिने गरी सर्कुलर गरेको थियो । उक्त सर्कुलरपछि नेताहरूबीच मनमुटाव भएको थियो । माधव नेपाल पक्षधर नेताहरूले सिद्धान्त तय गरेर जिम्मेवारी दिनुपर्ने अडान राखेका थिए । निर्वाचित कमिटीमा रहेका अध्यक्षले जिम्मेवारी नपाउने स्थानमा त्यही कमिटीको दोस्राे तहमा रहेको व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने मापदण्डको माग नेपाल पक्षले गरेको थियो । सबै जिल्लामा एउटै मापदण्डबाट व्यक्ति छनोट हुनुपर्ने अडान उनीहरूको थियो ।

ओली पक्षले भने सबै जिल्लामा एउटै मापदण्ड लागू गर्दा कतै विशिष्ट योगदान भएका व्यक्ति छुट्न सक्ने भन्दै फरकफरक मापदण्ड बनाउन खोजेको थियो । एक व्यक्ति एक पदको मापदण्ड लागू हुनुपर्ने नेपाल पक्षको माग थियो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएपछि नेपाल पक्षले एक व्यक्ति एक पद लागू नभएको भन्दै आपत्ति जनाएको थियो । यही विवादका कारण जिल्ला तहको एकता टुंग्याउने काम लम्बिएको थियो । एकता प्रक्रिया लम्बिँदै जाँदा शीर्ष नेताहरूमाथि तीव्र दबाब बढेको थियो । तल्लो तहको दबाब थेग्न नसक्ने अवस्थामा पुगेपछि आइतबार शीर्ष नेताहरू विगतका कमिटी-कमिटी एकीकृत गर्नुपर्नेमा सहमत भए । आउँदो मंसिरभित्र जिल्ला तहको नेतृत्व चयनका लागि अधिवेशन गरिसक्ने गरी एकता गर्ने सैद्धान्तिक सहमति भएको हो ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सचिवालयका सबै नेताहरूबीच व्यक्तिगत रूपमा पनि सुझाव लिएका थिए । उनीहरूकै सुझावका आधारमा अध्यक्षहरूले प्रस्ताव तयार गरेका हुन् । त्यसपछि गत शुक्रबार र शनिबार वरिष्ठ नेता नेपालसँग छलफल गरेपछि सहमतिको वातावरण बनेको थियो । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले नेता नेपाल र महासचिव विष्णु पौडेललाई अन्तिम प्रस्ताव तयार गर्न भनेको थियो । दिउँसो प्रस्ताव तयार गरेपछि साँझ सचिवालयको बैठक राखेर निर्णय गरिएको हो ।

केन्द्रीय सदस्य विष्णु रिजालले जिल्ला तहको नेतृत्व चयनसँगै नेकपाको आधारभूत तहको एकताको काम सकिएको बताए । 'यसले अब जिल्ला तहमा पार्टी राम्ररी चल्न सक्ने वातावरण बनेको छ,' उनले भने । जिल्ला तहको एकता नहुँदा पार्टीको एकीकृत काम गर्न समस्या थियो ।

नेकपाको गत वर्ष जेठ ३ गते केन्द्रमा एकता भएको थियो । केन्द्रीय एकतापछि पार्टीको सचिवालय, स्थायी समिति, प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष टुंगो लगाइएको थियो । जिल्ला, भ्रातृ संगठनको भने एकता नहुँदा दुवै पार्टीका कमिटीहरू समानान्तर रूपमा चलिरहेका छन् ।



राष्ट्रिय समाचार
कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

काठमाडौँ —  कञ्चनजंघा हिमाल आरोहणको क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको काठमाडौंस्थित पीक ...

जेठ २, २०७६
मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका छन् ...

जेठ २, २०७६
त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि सुरू गरिएको छ।काठमाडाैँ । नुवाकोटको किस्पाङ ...

जेठ १, २०७६
मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

काठमाडाैँ । गणतन्त्र नेपालकाे संघीय संरचनामा अहिले प्रदेशकाे नाम र राजधानीका लागि धेरै विवाद भइरहेकाे छ ...

बैशाख २९, २०७६
नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

काठमाडौं,  सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएको छ । नेटवर्किङ व्यवसायकै कारण धेरै नेपाली ठगिने क्रम ...

बैशाख २९, २०७६
प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

काठमाडौं । प्रहरीको काम नियम पालना गराउनु र उलंघन गर्नेलाई कारबाही गर्नु हो । तर ...

बैशाख २६, २०७६