श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु नेपाली कांग्रेसले ‘जय नेपाल’ भन्नुजस्तै भएको : मन्त्री बाँस्कोटा



राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु नेपाली कांग्रेसले ‘जय नेपाल’ भन्नुजस्तै  भएको : मन्त्री बाँस्कोटा

काठमाडाैँ । मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शब्दावलीमा सरकार र प्रतिपक्षी बहस चलिराखेको अवस्थामा  राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु नेपाली कांग्रेसले ‘जय नेपाल’ भन्नुजस्तै भएको बताएका छन्। 

गत शुक्रबार नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपतिले मेरो सरकार भनेपछि प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ नेकपाभित्रैबाट पनि नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेकोमा विरोध हुँदै आएको छ।

‘मेरो सरकारकै कुरामा पनि किन जानुपर्‍यो? यो सबै नेपालीको साझा सरकार हो। तपाईं, मेरो र सम्माननीय राष्ट्रपतिको पनि सरकार हो,’ उनले भने।

पहिले मेरो सरकार कसले भनेको थियो, त्यो शब्द शब्दकोषबाटै डिलिट गर्नुपर्ने हो भनेर पनि उनले पत्रकारहरुलाई प्रश्न गरेका छन्। ‘मेरो सरकार’ त शब्दकोषबाट डिलिट गर्नुपर्‍यो। कि परेन?,’ उनले भने, ‘त्यो त नेपाली शब्दकोषमा राख्नैभएन। त्यस्तै हेर्नु हुन्छ भने जय नेपाल पनि राख्न भएन।’

राजतन्त्र हुँदा मेरो सरकार भनेको भन्दै प्रतिपक्षी दल कांग्रेस, राजपा र सामाजिक सञ्जालमा विरोध भएको थियो।

उनले जय नेपाल प्रहरीले पनि भन्ने गरेको तर त्यो शब्द प्रहरीको मात्रै नभएको बताए।

‘जय नेपाल पुलिसले भन्छ। पुलिसको मात्रै हो त्यो? सम्बोधनको अन्तिमतिर प्राय: प्रतिपक्ष (नेपाली कांग्रेस) ले भन्ने गर्छ। जय नेपालको अभिवादन भन्ने गर्छ,’ उनले भने।

राजा महेन्द्रले २०१७ सालमा पञ्चायत लागू गर्दा जय नेपाल भनेको भन्दै उनले कांग्रेसले त्यही महेन्द्रवादी जय नेपाल बोकेर हिडेकाे हो भनेर प्रश्न गरेका छन्।

‘२०१७ सालमा वीपीको दुई तिहाइको सरकार अपदस्त गर्दा लोकतन्त्र निलिसकेपछि महेन्द्रले जय नेपाल। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् भनेका थिए,’ उनले भने, ‘कांग्रेसले त्यही जय नेपाल अहिलेसम्म बोकेरै हिँडेको छ। के कांग्रेस महेन्द्रको जय नेपालवादी हो?’

महेन्द्रले जय नेपाल शब्द प्रयोग गरेको पुस १ गते कालो दिनको रूपमा नेपालको लोकतान्त्रिक आन्दोलन र इतिहासले स्मरण गर्दै आएको प्रवक्ता बाँस्कोटाले बताए।

वीपी चीन जाँदा मेरो सरकार, मेरा जनता र मेरो देश भनेको उल्लेख गर्दै उनले थपे, ‘वीपीले पनि मेरो सरकार भन्नुभएकै छ।  त्यो बेला सरकार त कांग्रेसको थियो। कम्युनिष्टको चार सिट थियो। खै त कम्युनिष्टले मेरो सरकार किन भनेको भनेको सुनिएन,’ उनले भने।

विपक्षीले विरोध गर्ने र निहुँ खोज्ने सामान्य प्रक्रिया भएको मन्त्री बाँस्कोटाले उल्लेख गरे। उनले प्रमुख प्रतिपक्ष दल कांग्रेस वार्ता गर्नुपर्ने गरी सम्बन्ध नबिग्रिएको दाबी गर्दै लोकतान्त्रिक अभ्यासमा विरोध गरिरहने र सरकारले सदन चलाउने काम हुने बताए।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ११ बजेका लागि बोलाइएको छ। 



राष्ट्रिय समाचार
 मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

काठमाडौँ  ।  शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवाली अर्यालले आफ्नो मृत्युपश्चात ...

श्रावण ३, २०७६
सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

काठमाडौं । काठमाडौँ जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकिएको छ । सरकारले तोकेको रेटभन्दा ...

श्रावण ३, २०७६
गृहमन्त्री थापाद्वारा हजयात्रीलाई  बिदाइ

गृहमन्त्री थापाद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई बिदाइ गरेका छन् ...

श्रावण २, २०७६
बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बाढीपहिरो पीडितलाई आर्थिक ...

श्रावण १, २०७६
नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोट। पार्टीको नीतिप्रति असहमति जनाउँदै विप्लवका  कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।सरोज न्यौपाने र विष्णु भण्डारीले ...

असार ३१, २०७६
नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका ...

असार ३१, २०७६