जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
८ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आउने



 ८ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आउने

काठमाडौं । जेठबाट ८ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आउने भएको छ । संचालनमा आएसँगै अहिले ट्राफिकले धुलाे खाँदै गर्नुपरेकाे काम लाइटले गर्नेछ ।

प्रजिल कन्स्ट्रकले ठेक्का लिएको उक्त ट्राफिक लाइट जडान गर्ने काम अन्तिम चरणमा रहेको छ । 

कन्स्ट्रकका प्रोजेक्ट प्रमुख रामचन्द्र खड्काका अनुसार अब ३ स्थानमा ट्राफिक लाइट जडान गर्न बाँकी रहेको छ । गौशला, मित्रपार्क र पुरानो बानेश्वरमा ट्राफिक लाइट बैशाख २७ गते जडान गर्ने उनले जानकारी दिए । 

‘हामी जडानको अन्तिम चरणमा छौँ, अब गौशला मित्रपार्क र पुरानो बानेश्वरमा मात्र ट्राफिक लाइट राख्न बाँकी छ, ती स्थानमा भोलिबाट लाइट राख्ने काम थालिने छ,’ खड्काले मेरोअटोसँग भने । 

ट्राफिक लाइट जडान सम्पन्न भइसकेपछि उक्त लाइटको परिक्षण गरि यातायात विभाग स्थित सडक सुरक्षा तथा ट्राफिक शाखामा हस्तान्त्रण गरिने उनले बताए । उनले जेठ १ गतेसम्ममा सडक विभागलाई हस्तान्त्रण गरिसक्ने जानकारी दिए । 

सडक विभाग अन्तर्गत रहेको ट्राफिक शाखाले उक्त हस्तान्त्रणपछि ८ स्थानका ट्राफिक प्रहरीलाई तालिम दिने छ । 

उक्त तालिम सकिए लगतै परिक्षणका रुपमा १ हप्ता सञ्चालन गरिने र फंसनको चेक जाँच गरिने शाखाका सिनियर डिभिजनल इन्जिनियर दीप बाराहीले जानकारी दिए । 

‘हामी हस्तान्त्रण लगतै ट्राफिकलाई लाइटको विषयमा तालिम दिएर यसलाई सञ्चालनमा ल्याउने छौँ, ट्राफिक लाईटमा समस्या नआओस भनेर १ हप्ता परिक्षणका रुपमा प्रयोगमा ल्याइने छ,’ बाराहीले भने । 

निर्माण कम्पनीले ८ स्थानमा ट्राफिक लाइट राख्ने ठेक्का लिएको हो । हालसम्म सिंहदरबार, पद्मोदयमोड, तिनकुने, कालिमाटी, बागबजार र पुरानो बानेश्वरमा ट्राफिक लाइट जडान गर्ने काम सम्पन्न भइसकेको प्रोजेक्ट प्रमुख खड्काले जानकारी दिए । 

सडक सुरक्षा तथा ट्राफिक शाखाले ९७ लाख ५० हजार रुपैयाँमा उक्त टेन्डर प्रजिल कन्स्ट्रक्सनलाई दिएको हो ।





समाचार स्राेत मेराे अटाे



राष्ट्रिय समाचार
कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

काठमाडौँ —  कञ्चनजंघा हिमाल आरोहणको क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको काठमाडौंस्थित पीक ...

जेठ २, २०७६
मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका छन् ...

जेठ २, २०७६
त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि सुरू गरिएको छ।काठमाडाैँ । नुवाकोटको किस्पाङ ...

जेठ १, २०७६
मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

काठमाडाैँ । गणतन्त्र नेपालकाे संघीय संरचनामा अहिले प्रदेशकाे नाम र राजधानीका लागि धेरै विवाद भइरहेकाे छ ...

बैशाख २९, २०७६
नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

काठमाडौं,  सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएको छ । नेटवर्किङ व्यवसायकै कारण धेरै नेपाली ठगिने क्रम ...

बैशाख २९, २०७६
प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

काठमाडौं । प्रहरीको काम नियम पालना गराउनु र उलंघन गर्नेलाई कारबाही गर्नु हो । तर ...

बैशाख २६, २०७६