श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रसंग विद्युतको आपूर्ति सहज गर्न माग



नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रसंग विद्युतको आपूर्ति सहज गर्न माग

साराखबर संवाददाता 
नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले आज मंगलबार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रसंग विद्युतको आपूर्ति सहज गर्न माग गरेको छ ।

अध्यक्ष नन्दलाल बैश्यको नेतृत्वमा गएको टोलीले प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवलाई भेटेर बिद्युत समस्याका बिषयमा ध्यानार्कषण गराएको हो ।

संघले अति गर्मी हुने ठाउँको उपमा पाएको नेपालगन्जमा गर्मीमा विद्युत आपूर्तिमा अनियमितता भई उद्योगधन्दाको सञ्चालन अस्तव्यस्त हुनुका साथै सर्वसाधारण नागरिकको जनजीवन कष्टकर बन्न पुगेको छ जनाएको छ ।

 संघका अध्यक्ष बैश्यले जेष्ठ महिनामा मुस्लिम समुदायको महान चाड रमजान९ईद० पनि भएकोले नेपालको मुख्य प्रसारण लाईनबाट कम्तिमा १५ मेघा वाट विद्युत नियमित आपूर्तिका पुन आग्रह गरेको बताउनुभएको छ ।

त्यसका लागि यसअघि पटक पटक अनुरोध गर्दा गत वर्ष विद्युत उपलब्ध भएता पनि यस वर्ष फेरी त्यही अवस्था दोहिरिएकाले १५ मेघा वाट विद्युत तत्काल कोहलपुर सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनको आपूर्ति क्षमतामा अभिबृद्धि गरी नेपालगन्जमा विद्युत आपूर्ति सहज र नियमित बनाउन माग गरिएको छ ।

 प्राधिकरण बितरण केन्द्र नेपालगन्जका प्रमुख यादवले बिगत भन्दा अहिले बिद्युत आपूर्ति सहज भएपनि आगामी दिनमा थप सुधारका काम गरिने बताउनुभयो ।

संघको टोलीमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी,उपाध्यक्ष दुर्गा भण्डारी, कोषाध्यक्ष शतिश अग्रवाल, प्रवक्ता अभय बस्नेत, बरिष्ठ सदस्य बसन्त लामिछाने, नारायाण ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।



स्थानीय समाचार
तेमाल गाउँपालिका वडा न. छ ठुलाे पर्सेलकाे बृहत बजेट विनियाेजन,

तेमाल गाउँपालिका वडा न. छ ठुलाे पर्सेलकाे बृहत बजेट विनियाेजन,

मिलन लामा दाेङ,  काभ्रे । तेमाल गाउँपालिका वडा न. ६ ठुलाे पर्सेलकाे आर्थिक वर्ष २०७६/०७७ ...

श्रावण ३, २०७६
ललितपुरको  महालक्ष्मी नगरपालिकामा बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुरको महालक्ष्मी नगरपालिकामा बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर ।   महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङमा बाढीका कारण प्रभावित १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, ...

श्रावण ३, २०७६
प्लास्टिक झोलामुक्त नगर घोषणा, नगरबासिले गरे प्लास्टिकको प्रयोग नगर्ने संकल्प

प्लास्टिक झोलामुक्त नगर घोषणा, नगरबासिले गरे प्लास्टिकको प्रयोग नगर्ने संकल्प

तिलोत्तमा । तिलोत्तमा नगरपालिका एक उत्कृष्ठ र नमुना नगरपालिका बनाउन प्लास्टिक झोलामुक्त नगर घोषणा गरिएको ...

श्रावण ३, २०७६
वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

काठमाडाैं । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले आफ्नो आँगनको फूल टिपेको निहुँमा छिमेकी नौ ...

श्रावण ३, २०७६
प्रसूति गृहमा सुत्केरीको निधन, बच्चा लुकाएको आरोप

प्रसूति गृहमा सुत्केरीको निधन, बच्चा लुकाएको आरोप

काठमाडौं । सुत्केरी आमाको मृत्यु भएपछि थापाथलीस्थित प्रसूति गृहमा तनाव उत्पन्न भएको छ । नुवाकोट ...

श्रावण २, २०७६
शान्तिक्षेत्र लुम्बिनीमै बुद्धका मूर्ति तोडफोड

शान्तिक्षेत्र लुम्बिनीमै बुद्धका मूर्ति तोडफोड

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ ...

श्रावण २, २०७६