श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू



त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि सुरू गरिएको छ।

काठमाडाैँ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादन गृहदेखि काठमाडौंको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो। परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ।

परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर (विद्युत् उत्पादन) दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारीसमेत छ।

प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुइ) का प्राविधिक विस्तार भएको खम्बा र तारमा स्थलगत रूपमा खटिएर परीक्षण सुरू गरेका छन्।

परीक्षण अवधिमा विद्युतीय खम्बा, अर्थिङ तार र विद्युतीय प्रसारण तारलगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ १५–१५ मिटर आसपासमा नजान आयोजनाले सूचना निकालेर सर्वसाधारणलाई सचेत गराएको छ।

प्रसारण लाइनको परीक्षणमा खटिएका प्राविधिक (चिनियाँ नागरिक)को मंगलबार यहाँको लिखु गाउँपालिका–३ सूर्यमतीमा मृत्यु भएको थियो। परीक्षण अवधिमा प्रसारण लाइन आसपासको क्षेत्र ‘विद्युतीय सुरक्षाको दृष्टिकोणले जोखिम’ रहेको बताइएको छ।

नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण सुरू भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो।

उक्त प्रसारण लाइनमा १४० खम्बा निर्माण गरिएको छ। यसैगरी प्रसारण लाइन निर्माणमा यस आयोजनाअन्तर्गत नेपालमा पहिलोपटक काठमाडौंको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक किमी दूरीमा विद्युतीय तार विस्तारको कार्य भूमिगत (अन्डरग्राउण्ड) गरिएको छ।

उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ।

उक्त प्रसारण लाइन निर्माणमा चीन सरकारको सहुलियत ऋण सहयोगमा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ।

आयोजना निर्माणमा रु दुई अर्ब ५० करोड लागेको प्रारम्भिक अनुमान छ।



राष्ट्रिय समाचार
 मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

काठमाडौँ  ।  शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवाली अर्यालले आफ्नो मृत्युपश्चात ...

श्रावण ३, २०७६
सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

काठमाडौं । काठमाडौँ जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकिएको छ । सरकारले तोकेको रेटभन्दा ...

श्रावण ३, २०७६
गृहमन्त्री थापाद्वारा हजयात्रीलाई  बिदाइ

गृहमन्त्री थापाद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई बिदाइ गरेका छन् ...

श्रावण २, २०७६
बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बाढीपहिरो पीडितलाई आर्थिक ...

श्रावण १, २०७६
नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोट। पार्टीको नीतिप्रति असहमति जनाउँदै विप्लवका  कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।सरोज न्यौपाने र विष्णु भण्डारीले ...

असार ३१, २०७६
नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका ...

असार ३१, २०७६