श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
चलचित्र विकास बाेर्डकाे 'मातृभाषी चलचित्र प्रवर्द्धन समिति'मा जयनकुमार माेक्तान मनाेनित



चलचित्र विकास बाेर्डकाे 'मातृभाषी चलचित्र प्रवर्द्धन समिति'मा  जयनकुमार माेक्तान मनाेनित

तामाङ चलचित्र संघ नेपालका महासचिव जयनकुमार माेक्तान 'आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन समिति'मा मनाेनित हुनु भएकाे छ । 

चलचित्र विकास बाेर्डकाे बैशाख २५ गते बसेकाे बैठकबाट निर्णय गरेकाे हाे । बाेर्डले सुर्य प्रकाश चेम्जाेङकाे संयाेजकमा ८ सदस्य रहने गरि मनाेनित गरेकाे आज प्रेस विज्ञप्ती जारी गरी सार्वजनिक गरेकाे छ । 

'तामाङ आवाज' मासिक पत्रिकाबाट पत्रकारिता शुरू गरेका जयनकुमार माेक्तानले 'तामाङ सिने एक्सप्रेस'काे प्रकाशक तथा सम्पादकका रूपमा लामाे समय काम गर्नु भयाे भने रेडियाे र्मिमिरे एफ एम र रेडियाे जनसंचार एफ एम हुँदै च्यानल नेपालबाट तामाङ चलचित्र सम्बन्धी तामाङ भाषाकाे कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे । उहाँले २०६३ सालमा 'लेङस्याला सेम जाे' चलचित्रबाट नृत्य र्निदेशकका रूपमा तामाङ भाषाकाे चलचित्रमा कार्य शुरू गर्नुभएकाे थियाे । त्यस पछि निरन्तर तामाङ चलचित्रमा याेगदान पुर्याइरहनु भएकाे छ  । 


हाल माेक्तानले 'आपा ङाछा' नामक तामाङ भाषाकै टेलिसिरियलकाे र्निदेशन गरिरहनु भएकाे छ । याे तामाङ भाषाकाे टेलिसिरियल डिस हाेमकाे रमाइलाे एच डि च्यानलबाट बिहिवार बेलुकी ७ बजेबाट प्रसारण भइरहेकाे छ । 

पत्रकारिता क्षेत्रबाट तामाङ चलचित्रमा हामफालेका माेक्तान हाल 'आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन समिति'मा मनाेनित हुनुभएकाेमा सारा खबर परिवार उहाँकाे कार्यकाल कुशल सफलताकाे हार्दिक शुभकामना व्यक्त गर्दछ। 



कलाशैली
गायक सुजनको बढदो लोकप्रियता

गायक सुजनको बढदो लोकप्रियता

साराखबर संवाददाता नेपालगञ्ज । देश तथा बिदेशका विभिन्न रमणीय शहरहरुमा खिचिएका गायक तथा मोडल सुजन ढकालको ...

असार २९, २०७६
सुन्दरीजलमा पाँचाै राष्ट्रिय महाेत्सव-२०१९ सम्पन्न,( भिडियाे सहित)

सुन्दरीजलमा पाँचाै राष्ट्रिय महाेत्सव-२०१९ सम्पन्न,( भिडियाे सहित)

काठमाडाैँ ।  गाेेकर्णेश्वर नगरपालिकामा रहेकाे सुन्दरीजल छाँगामा शनिवार २८ गते साहसिक क्यानाेनिङ खेल सम्पन्न भएकाे ...

असार २८, २०७६
नेपाल संगीत उद्योग संघकाे राष्ट्रिय  म्युजिक अवार्ड २०७६ हुने

नेपाल संगीत उद्योग संघकाे राष्ट्रिय म्युजिक अवार्ड २०७६ हुने

काठमाडौँ । नेपाल संगीत उद्योग संघकाे अायाेजनामा नेपाली संगीत उद्याेग बजारमा पहिलो पल्ट म्युजिक अवार्ड गर्न गइरहेको ...

असार २२, २०७६
पुजा तामांगको ' कोही छ की माया लगाउने ' गीतको भिडियो सार्वजनिक

पुजा तामांगको ' कोही छ की माया लगाउने ' गीतको भिडियो सार्वजनिक

काठमाडौँ । गायीका पुजा तामांगको स्वरमा रहएको ' कोही छ की माया लगाउने ' बोलको ...

असार २०, २०७६
पुर्वाञ्चलमा फेसन शो

पुर्वाञ्चलमा फेसन शो

तारा ब्लोन  तामाङ्ग इटहरी । इटहरीमा ‘नेपाल टुर  पुर्वाञ्चल  फेसन शो’ हुने भएको छ । ...

असार १८, २०७६