असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा



नेपालकाे नायिका पहिलाे पटक पेरिसकाे रेड कार्पेटमा

मे २० देखि २४ सम्म फ्रान्सकाे राजधानी पेरिसमा हुने  ‘क्यान्स फिल्म फेस्टिभल–२०१९’मा  नेपालले पनि सहभागीता जनाउने भएको छ । विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने याेे कार्यक्रमा नेपालकाे प्रतिनिधित्व गर्दै नायिका प्रियंका काक्रीले पहिलो नेपाली नायिकाको रुपमा सहभागीता जनाउँदै छिन् ।

महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेजदेखि बलिउडका नायिकाहरु प्रियंका चोपडा, दिपिका पादुकोण, कंगना रनावत, ऐश्वर्या राय, हुमा कुरेसी लगायतले सहभागीता जनाइरहेका छन् ।

नायिका कार्की भन्नु भयाे, ‘मलाई क्यान्सकाे टिमबाट नै निमन्त्रणा आएको हो । यहाँ आफै प्रवेश पाइदैन । क्यान्सका सदस्य नै मलाई भेट्न आउनुभएको थियो । मेरो इन्स्टाग्रामको सक्रियता हेरेपछि उहाँहरुले मलाई निमन्त्रणा गर्नुभयो ।’






पहिलो पटक विश्वकै ठूलो महोत्सवमा सहभागीता जनाउन लागेकी नायिका कार्की खुशी हुँदै भनिन्,‘यो मेरा लागि मात्र होइन, नेपालकै लागि पनि महत्वपूर्ण छ । किनकी, त्यहाँ म कुनै नेपाली चलचित्रको शोमा मात्र उपस्थित हुन लागेकी होइन । म मे २० देखि मे २४ सम्म हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछु ।’

प्रियंका आज बेलुकी फ्रान्स उड्दैछिन् । उनी भोली नै रेड कार्पेटमा उपस्थित हुनेछिन् । प्रियंकाले भनिन्–‘भोली त म रेड कार्पेटमा मात्र हिड्नेछु । यसपछि पिस नाइट नामक एउटा कार्यक्रम हुँदैछ । जसलाई माइकल ज्याक्सनको परिवारले स्थापना गरेको फाउन्डेशनले आयोजना गर्दैछ । यसमा आफ्नो देशको सँस्कृती झल्कने पहिरनमा प्रस्तुति हुनेछ । म यो कार्यक्रममा नेपाली कल्चरलाई विश्वमाझ चिनाउने प्रयास गर्नेछु ।’

प्रियंकाले अहिलेसम्म पनि आफूलाई कान्समा जान लागेको महशुश नभएको बताइन् । उनले भनिन्–‘म अझै पनि यो कुराको महशुश गरिरहेकी छैन । सायद, पेरिसमा पुगेपछि मलाई बल्ल त्यो कुराले छुन्छ होला ।’ प्रियंकाका अनुसार, उनी अक्सिनज भिल्लामा बस्नेछिन् । यो प्राइभेट भिल्ला हो । जसमा, चर्चित सेलिब्रिटीलाई मात्र राखिन्छ । प्रियंकाले आफ्नो उपस्थिती ‘रोयल गाला डिनर’मा पनि हुने बताइन् । ‘यो सुन्दा सामान्य लाग्ला, तर यसमा विश्वका निकै नै चर्चित सेलिब्रिटीहरुलाई निमन्त्रणा गरिएको हुन्छ । बलिउडदेखि हलिउडका कलाकारसँग मेरो यो डिनर पार्टीमा भेट हुनेछ ।’


नायिका कार्कीले आफू यो महोत्सवमा सहभागी हुन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् । गतबर्ष अन्जली लामाले यो फेस्टिभलमा सहभागीता जनाएकी थिइन् । प्रियंकाले उत्साहित हुँदै भनिन्–‘मलाई विश्वास छ, मैले नेपाललाई विश्वमाझ चिनाउनेछु । साथमा, म नेपाल र नेपाली कल्चरको पनि राम्रो प्रचार त्यहाँ गर्नेछु । अहिले बलिउडका सामान्य कलाकार पनि कान्समा उपस्थित हुन थालिसकेका छन् । मैले ढोका खोलेकी हुँ । म त अब हरेक बर्ष यो फेस्टिभलमा सहभागी हुनेछु । अरु कलाकार पनि सहभागी हुने वातावरण बनाउनेछु भन्ने आशा लिएकी छु ।’

क्यान्समा कलाकारले लगाउने पहिरनको पनि महत्व विशेष हुन्छ । प्रियंकाले नेपालको सँस्कृती झल्कने पहिरनदेखि आधुनिक पहिरन सम्म तयार पारेको बताइन् । उनले भनिन्–‘नेपाल पनि आधुनिक ड्रेसमा पछि छैन भन्ने खालको डिजाइन पनि मैले तयार पारेकी छु । साथमा, नेपालको संकृती झल्कने पहिरन पनि तयार छ ।’

नायिका कार्कीले आफू यो महोत्सवमा सहभागी हुन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् । गतबर्ष अन्जली लामाले यो फेस्टिभलमा सहभागीता जनाएकी थिइन् ।







विभिन्न एजेन्सीकाे तयार गरेकाे रिपाेर्टका अाधारमा  



अन्तर्राष्ट्रिय समाचार
कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

वासिङ्टन, एजेन्सी। साधारणतया एक रुखमा एक फल फल्ने गरेको हामीले सुन्दै वा देख्दै आएका छौं ...

जेठ ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली  बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

लन्डन । बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ...

जेठ २९, २०७६
अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

न्यूयोर्क,  अमेरिका ।  भारी वर्षा र खराब मौसमको कारण सोमवार मिडटाउन म्यानहट्टनमा एक ५१ तल्ले ...

जेठ २८, २०७६
स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

सिंगापुरको स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ गरेर उक्त विमानलाई ...

जेठ २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको  मन्त्रिपरिषदमा  ५८ सदस्यीय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको मन्त्रिपरिषदमा ५८ सदस्यीय

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता ...

जेठ १७, २०७६
बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइन । नेपाल तामाङ घेदुङकाे प्रवास शाखा बहराइनले महेन्द्र  तामाङकाे अध्यक्षतामा २५६३ औँ बुद्ध जयन्तिकाे ...

जेठ १२, २०७६