भदौ ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको मन्त्रिपरिषदमा ५८ सदस्यीय



प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको  मन्त्रिपरिषदमा  ५८ सदस्यीय

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तँ भएको हो ।

भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

Nepal PM KP Oli to attend PM Modis swearing-in ceremony

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनको ५७ सदस्यीय मन्त्रिपरिषदले सपथग्रहण गरेको १३ घण्टाभन्दा बढी भैसक्दा पनि मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवारी बारे औपचारिक घोषणा गरिएको छैन।

भारतीय सञ्चार माध्यमहरुले स्रोतहरुलाई उद्धृत गर्दै मन्त्रिपरिषदका सदस्यहरुको प्राप्त गरेको जिम्मेवारीबारे समाचारहरु प्रकाशित गरेका छन्।

मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका राजनाथ सिंहले फेरि गृहमन्त्रालयका जिम्मेवारी पाउने उल्लेख छ। मोदीको पहिलो कार्यकालमा पनि सिंह गृहमन्त्री नै थिए।

भाजपाका अध्यक्ष अमित शाहले अर्थ मन्त्रालयका जिम्मेवारी पाउने भएका छन्। प्रधानामन्त्री मोदी गुजरातका मुख्यमन्त्री हुँदा शाहले गृह मन्त्रालयका जिम्मेवार सम्हालेका थिए। मोदीलाई दोस्रो कार्यकालको जीतका योजनाकारमा शाहलाई मानिन्छ। शाहलाई मोदीको उत्तराधिकारीको रुपमा हेरिएको छ। भाजपाका पूर्व अध्यक्ष रहेका नीतिन गडकरीले पूर्ववत जिम्मेवारी पाउने भएका छन्। उनले सडक यातायात तथा राजमार्ग, पानीजहाज, जलस्रोत, गंगा पुनर्जीवन नै गडकरीका भागमा परेको छ।

डिभी सदानन्द गौव्डाले तथ्यांक तथा कार्यक्रम कार्यान्वयन तथा निर्मला सितारमणलाई रक्षा मन्त्रालयका जिम्मेवारी पाउने छन्। सितारमण भारतको पूर्ण जिम्मेवारीसहित रक्षामन्त्री हुने पहिलो  महिला हुन्।

यसअघि इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा रक्षा  मन्त्रालयका पनि जिम्मेवारी सम्हालेकी थिइन्। मोदीको दोस्रो कार्यकालको सबैभन्दा ठूलो सरप्राइजका रुपमा लिइएका एस जयशंकरलाई विदेश मन्त्रालयका जिम्मेवारी पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। मोदीको पहिलो कार्यकालमा जयशंकरलाई विदेश सचिव बनाएका थिए। उनी २०७५ माघ १४ सम्म भारतको विदेश सचिव रहेका थिए।

रविशंकर प्रसादले पनि पुरानै जिम्मेवारी प्राप्त गरेका छन्। उनलाई न्याय तथा कानुन, विद्युतीय तथा सञ्चार प्रविधि मन्त्री बनाइएको छ। उत्तराखण्डका पूर्व मुख्यमन्त्री रमेश पोखरियालले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका जिम्मेवारी पाएका छन्।

यसअघि सो जिम्मेवारी जेपी नड्डाले पाएका थिए। नड्डाले पार्टी अध्यक्ष हुने अनुमान गरिएको छ। एक व्यक्ति एक पद रहेको भाजपामा शाह मन्त्री बनेपछि नयाँ अध्यक्ष चयन हुनेछ। विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई अमेठीबाट पराजित गर्ने स्मृति इरानी महिला तथा बालबालिका विकास मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।

मोदीका पहिलो कार्यकालमा सो मन्त्रालय जिम्मेवारी मेनका गान्धीले प्राप्त गरेकी थिइन्। नरेन्द्र सिंह तोमार संसदीय मामिला, ग्रामिण विकास र पञ्चायती राज मन्त्रालय जिम्मेवारी पाएको बताइएको छ। थवार चन्द्र गेहलोतले सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मोदी मन्त्रिपरिषदको जिम्मेवारी औपचारिक भने होइन। सञ्चारमाध्यमहरूको स्रोतहरुलाई उदृत गर्दै सञ्चार माध्यमहरु गरेको दाबी हो।

भारतीय प्रधानमन्त्री मोदीसहित ५८ जना मन्त्रीहरुले बिहीबार साँझ सपथग्रहण गरेका थिए। उनको मन्त्रिपरिषदमा २४ मन्त्री, ९ जना राज्यमन्त्री (स्वतन्त्र जिम्मेवारी) र २४ जना राज्यमन्त्री रहेका छन्। मोदीका मन्त्रिपरिषदमा ४० प्रतिशत नयाँ सदस्य हुन्।





अन्तर्राष्ट्रिय समाचार
 २ सय ३३ जना यात्रु बोकेको रुसी जहाज मकैबारीमा आपतकालीन अवतरण

२ सय ३३ जना यात्रु बोकेको रुसी जहाज मकैबारीमा आपतकालीन अवतरण

मस्काे । २ सय ३३ जना यात्रु बोकेको रुसी जहाज मस्को नजिकै आपतकालीन अवतरण गराइएको ...

भदौ २, २०७६
भारतीय पूर्वविदेशमन्त्रीको निधन, नेपाली नेताद्वारा समवेदना व्यक्त

भारतीय पूर्वविदेशमन्त्रीको निधन, नेपाली नेताद्वारा समवेदना व्यक्त

काठमाडौं । भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा ...

श्रावण २२, २०७६
भारतले गर्यो धारा ३७० खारेज, राष्ट्रसंघमा कुरा उठाउने पाकिस्तानको चेतावनी

भारतले गर्यो धारा ३७० खारेज, राष्ट्रसंघमा कुरा उठाउने पाकिस्तानको चेतावनी

इस्लामावाद । भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरले पाउँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने आफ्नो ...

श्रावण २१, २०७६
कायरोमा सवारी दुर्घटना, कम्तीमा १९ को मृत्यु

कायरोमा सवारी दुर्घटना, कम्तीमा १९ को मृत्यु

इजिप्टको राजधानी शहर कायरोको क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामापरी कम्तीमा १९ जनाको मृत्यु भएको ...

श्रावण २०, २०७६
अमेरिकामा गोली चल्यो, ९ जनाको मृत्यु

अमेरिकामा गोली चल्यो, ९ जनाको मृत्यु

अमेरिकामा गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।अमेरिकाको ...

श्रावण १९, २०७६
कार दुर्घटनाका आरोपी चालक सागर भट्टराई सिड्नी विमानस्थलबाट पक्राउ

कार दुर्घटनाका आरोपी चालक सागर भट्टराई सिड्नी विमानस्थलबाट पक्राउ

अस्ट्रेलियाको दक्षिण न्यूसाउथवेल्समा गत हफ्ता भएको कार दुर्घटनाका आरोपी चालक सागर भट्टराई सिड्नी विमानस्थलबाट पक्राउ ...

श्रावण १९, २०७६