भदौ ३, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त



प्रधानमन्त्री केपी शर्मा ओली  बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

लन्डन । बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ओलीले एकै दिन समकक्षी टेरेजा मे, राजकुमार ह्यारी, प्रतिपक्षी दलका नेता जेरेमी कोर्बिनसहित भूतपूर्व गोर्खा, एनआरएन र व्यापारीको बेग्लाबेग्लै समूहसँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री ओलीसँग एनआरएनहरुले हाल संसदमाविचाराधिन नागरिकता सम्बन्धी विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधान छिटो, छरितो र झन्झटमुक्त बनाउन आग्रह गरेका थिए ।

एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मुलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसँग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह गरेका थिए ।

गैर आवासीय नेपाली संघ यूकेले प्रधानमन्त्री ओलीलाई उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीका तर्फबाट नागरिक अभिनन्दन समेत गर्‍यो ।

उता, प्रधानमन्त्री ओलीले भूतपूर्व गोर्खाहरुको समस्यामा गम्भीर चासो देखाउँदै गोर्खा भर्ती नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सम्झौताका आधारमा हुँदै आएकामा अब नेपाल र बेलायतबीच द्विपक्षीय सम्झौताबाट हुनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले समकक्षी मेसँग पनि सन्धी पुनरावलोकन गर्न जोड दिएको बताइएको छ ।

भेटघाटमा गोर्खा भूतपूर्व सैनिकका संस्थाहरु गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), गोर्खा सत्याग्रह र नेपाल भूतपूर्व सैनिक संघ (नेसा) सहभागी थिए । ब्रिटिश गोरखा वेलफेयर सोसाइटी भने भेटघाटमा सहभागी थिएन ।

सो अवसरमा गेसो सभापति कृष्णकुमार राई र गोर्खा सत्याग्रहका तर्फबाट निर्देशक ज्ञानराज राईले गोर्खा भूतपूर्व सैनिकका समस्याबारे प्रधानमन्त्री र उनको टोलीलाई अवगत गराएका थिए ।

भूतपूर्व गोर्खाहरुले गतवर्ष प्राविधिक समितिले बनाएको १३ बुँदे प्रतिवेदन कार्यान्वयनका लागि दुईपक्षीय उच्चस्तरीय समिति गठनका लागि प्रधानमन्त्री ओलीसित माग गरेको गेसो सभापति कृष्णकुमार राईले जनाए ।

प्रधानमन्त्री ओलीसँग नेकपाका यूकेस्थित भातृसंगठनको नेतृत्वले पनि भेटघाट गर्‍यो । भेटघाटमा नेकपाका यूकेस्थित भातृसंगठनहरु प्रवासी नेपाली मञ्च यूके र जनप्रगतिशील मञ्च यूकेका नेतृत्वको उपस्थिति थियो ।

त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित दुवै संगठनको टोलीले छलफल गरेको थियो । छलफलका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाका प्रवासस्थित संगठनहरुको एकता केही हप्तामै टुंगिने जानकारी दिएका थिए ।

छलफलका सहभागीले प्रवासस्थित विज्ञहरुबाट लाभ लिन, प्रवासी नेपालीहरुको नागरिकता निरन्तरता, पुस्तान्तरण, पछिल्लो पुस्ता विदेशमै पलायन हुनसक्ने चिन्ता, गोर्खा समस्या, वैधानिक बाटोबाट रेमिट्यान्स नेपाल भित्र्याउने लगायत विषय उठाएका थिए ।

उता, बेलायतका लगानीकर्ताहरुले प्रधानमन्त्री ओलीसँग दोहोरो कर प्रणाली चाँडो हटाउन अनुरोध गरेका छन् ।

ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिस, भारतीय मूलका ब्रिटिस र नेपाली डायस्पोराका करिब २० जनाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसित मंगलबार नेपाली दूतावास लण्डनमा भेटी सो अनुरोध गरेको हो ।

भेटपछि प्रतिक्रिया दिंदै अध्यक्ष कँडेलले नेपालमा लगानी गर्ने ब्रिटिश कम्पनीले अहिले नेपाल र बेलायत दुवै देशमा कर तिर्नु परिरहेको उल्लेख गर्दै दुई देशबीच हुन लागेको डबल ट्याक्स अभोइडेन्स एग्रिमेण्ट (डीटीएए) मा छिटो हस्ताक्षर गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको जनाए ।

ओलीले बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो कर लगायतका अन्य झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।


एजेन्सीको सहयोगमा 



अन्तर्राष्ट्रिय समाचार
 २ सय ३३ जना यात्रु बोकेको रुसी जहाज मकैबारीमा आपतकालीन अवतरण

२ सय ३३ जना यात्रु बोकेको रुसी जहाज मकैबारीमा आपतकालीन अवतरण

मस्काे । २ सय ३३ जना यात्रु बोकेको रुसी जहाज मस्को नजिकै आपतकालीन अवतरण गराइएको ...

भदौ २, २०७६
भारतीय पूर्वविदेशमन्त्रीको निधन, नेपाली नेताद्वारा समवेदना व्यक्त

भारतीय पूर्वविदेशमन्त्रीको निधन, नेपाली नेताद्वारा समवेदना व्यक्त

काठमाडौं । भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा ...

श्रावण २२, २०७६
भारतले गर्यो धारा ३७० खारेज, राष्ट्रसंघमा कुरा उठाउने पाकिस्तानको चेतावनी

भारतले गर्यो धारा ३७० खारेज, राष्ट्रसंघमा कुरा उठाउने पाकिस्तानको चेतावनी

इस्लामावाद । भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरले पाउँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने आफ्नो ...

श्रावण २१, २०७६
कायरोमा सवारी दुर्घटना, कम्तीमा १९ को मृत्यु

कायरोमा सवारी दुर्घटना, कम्तीमा १९ को मृत्यु

इजिप्टको राजधानी शहर कायरोको क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामापरी कम्तीमा १९ जनाको मृत्यु भएको ...

श्रावण २०, २०७६
अमेरिकामा गोली चल्यो, ९ जनाको मृत्यु

अमेरिकामा गोली चल्यो, ९ जनाको मृत्यु

अमेरिकामा गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।अमेरिकाको ...

श्रावण १९, २०७६
कार दुर्घटनाका आरोपी चालक सागर भट्टराई सिड्नी विमानस्थलबाट पक्राउ

कार दुर्घटनाका आरोपी चालक सागर भट्टराई सिड्नी विमानस्थलबाट पक्राउ

अस्ट्रेलियाको दक्षिण न्यूसाउथवेल्समा गत हफ्ता भएको कार दुर्घटनाका आरोपी चालक सागर भट्टराई सिड्नी विमानस्थलबाट पक्राउ ...

श्रावण १९, २०७६