भदौ ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
जिम्बु बेचेर खाना तयार हुन्छन् तर देश बेच्ने धब्बा आदिवासी जनजातिहरूमा हुँदैनन्: पूर्व कानुनमन्त्री शेरबाहादुर तामाङ



जिम्बु बेचेर खाना तयार हुन्छन् तर देश बेच्ने धब्बा आदिवासी जनजातिहरूमा हुँदैनन्: पूर्व कानुनमन्त्री शेरबाहादुर तामाङ

युग शताब्दी पुरूष तथा साँस्कृतिविद  सत्यमाेहन जाेशीकाे प्रमुख आतित्थ्यतामा राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार अन्तराष्ट्रिय तामाङ स्वतन्त्र फिल्म फेस्टिवल २०१९ काे शुरू भएकाे छ । 

अन्तराष्ट्रिय तामाङ स्वतन्त्र फिल्म फेस्टिवल २०१९ काे युग शताब्दी पुरूष तथा साँस्कृतिविद  सत्यमाेहन जाेशीले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार उद्घाटन गर्नुभएकाे छ । महाेत्सव २९ र ३० गरी दुईदिनसम्म हुनेछन् । 

युग पुरूष जाेशीले गणतन्त्रमा अब आदिवासी जनजातिहरूले अधिकारका लागि लुकेर लड्नु पर्ने दिन गएकाे बताउनु भयाे । उहाँले आदिवासी जनजातिहरूले समाजका हरेक काममा अग्रसर भएर लाग्नु पर्ने आवश्यकता अउल्याउनु भएकाे छ । तामाङ समुदायले अन्तराष्ट्रिय तामाङ स्वतन्त्र फिल्म महाेत्सव आयाेजना गरेर नयाँ कार्य गरेकाेमा सफलताकाे शुभकामना दिनुभयाे । 

कार्यक्रममा पूर्व सांसद शेरबहादुर तामाङले राज्य अझ पनि आदिवासी जनजातिहरूका लागि उचित स्थान नदिएकाे आराेप लगाउनुभएकाे छ ।

तामाङ समुदायले फिल्म महाेत्सवकाे माध्यमबाट समुदाय र राज्यकाे लागि सन्देश दिन खाेजेता पनि राज्य सत्ताले जहिले पनि आदिवासी जनजातिहरूलाई विश्वास नगरेकाे आक्राेश पाेख्नु भयाे । 

कार्यक्रममा पूर्व कानुनमन्त्री तथा सांसद  तामाङले 'जिम्बु बेचेर खाना तयार हुन्छन् तर देश बेच्ने धब्बा आदिवासी जनजातिहरूमा हुँदैनन्' भन्नु भयाे । उहाँले आदिवासीहरूकाे इमानदारीताकाे चर्चा गर्नु भएकाे थियाे ।
 
नेकपाका केन्द्रीय सदस्य तथा पूर्व नेपाल तामाङ घेदुङका अध्यक्ष पर्शुराम तामाङले तामाङ समुदायले निर्माण गरेकाे चलचित्रमा माैलिता झल्किनु पर्ने सुझाव दिनुभयाे ।
 
महाेत्सवमा वृत्तचित्र, सर्ट फिल्म गरी करिव २० वटा चलचित्रहरू प्रदर्शन गरिने आयाेजकले जानकारी दिनुभएकाे छ । 

सेलाे फाउन्डेसन, तामाङ आवाज।कम र एस. सि. आर. सि. काे सयुक्त प्रयासमा महाेत्सवकाे आयाेजना गरेकाे हाे । 






राष्ट्रिय समाचार
इन्द्रजात्रामा महानगरको निमन्त्रणा स्वीकारदै १३ वटा नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

इन्द्रजात्रामा महानगरको निमन्त्रणा स्वीकारदै १३ वटा नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

काठमाडौं । यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ ...

भदौ ३, २०७६
नेपाल एअरलाइन्सको जापान उडान भदौ १२ देखि

नेपाल एअरलाइन्सको जापान उडान भदौ १२ देखि

काठमाण्डौ । नेपाल वायुसेवा निगम (एनएसी)ले भदौ १२ गतेदेखि जापानमा गरिने  हवाई उडानको तयारी पूरा ...

भदौ ३, २०७६
 सिंहदरबारभित्रै  कर्मचारीकाे सव भेटियाे

सिंहदरबारभित्रै कर्मचारीकाे सव भेटियाे

काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी ...

भदौ ३, २०७६
भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक भाँसिदा ७ घर जाेखिममा

भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक भाँसिदा ७ घर जाेखिममा

काठमाडाैँ । जथाभावी सडक निर्माण र जग्गा प्लटिङका कारणले भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक ...

भदौ ३, २०७६
मनोरञ्जन कर तिर्न चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय

मनोरञ्जन कर तिर्न चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय

काठमाडौं । मनोरञ्जन कर तिर्न आउन चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय दिएको छ । ...

भदौ २, २०७६
२५औँ तामाङ प्रसारण दिवसको अवसरमा रेडियो सगरमाथालाई सम्मान

२५औँ तामाङ प्रसारण दिवसको अवसरमा रेडियो सगरमाथालाई सम्मान

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एशिया कै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा ...

भदौ २, २०७६