असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
थोइसम गोङफेलिङ संस्था बाैद्धमा ञ्युङने कार्यक्रम सम्पन्न



थोइसम गोङफेलिङ संस्था बाैद्धमा ञ्युङने कार्यक्रम सम्पन्न

संवाददाता पुनम ढुंगेल (प्रशिक्षार्थी)


काठमाडौं । काठमाडौको बौद्धमा रहेको थोईसम गोङफेलिङ संस्था विगत ३ वर्ष अगाडी सञ्चालनमा आएको हो । बुद्धको ज्ञान, गुणको कुराहरु लिएर आफ्नै देशमा शान्ति मार्ग फैलाउने उद्देश्यले खेम्बोहरू मिलेर यस संस्थाको सञ्चालन गरेका हुन् ।
  
नेपालमा दक्ष्य र शिक्षित गुरुहरु नभएका कारण बाहिर देश गएर शिक्षा हासिल गर्नु पर्ने हुनाले नेपालमै दक्ष्य र शिक्षित गुरुहरुको उत्पादन गर्ने, बौद्ध धर्म लोप हुदैँ गएकोले कसरी आफ्नो मौलिक धर्मलाई प्रचार-प्रसार गर्ने, कसरी आफ्नो मौलिक धर्मलाई जागरुता राख्ने, अरु धर्मका गुरुहरुलाई कुनै ठाउँमा लामाहरुको आवाश्कता पर्ने ठाउँमा कसरी सहयोग गर्ने, आफ्नो धर्ममा भएका कमिकमजोरीलाई सुधारदैँ अगाडी बढ्ने र आवाश्यक परेको खण्डमा सहयोग र शिक्षा दिने आदि उद्दश्य यस संस्थाको रहेको छ । थोइसम गुम्बाले ३ वर्षको अबधिमा नेपालको पूर्वको मेची देखि महाकालिका विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ । 

यस संस्थामा ञ्युङने नाम गरेको ध्यान कक्षा सञ्चालन भई रहेको छ । यस संस्थाका महासचिव खेन्पो फूर्वा तामाङ भनुहुन्छ, “ आफूले धर्तीमा जन्म लिए पछि मानिसको जिवन खेरा नजाहोस्, धमार्मि भएर, ज्ञान लिएर, राम्रो भएर यो जुनि सफलतापूर्ण होस्, ज्ञान, गुणले भरिपूर्ण भई आफूले एउटा पनि पाप नगरि चेङ्रसिको स्थानमा जन्म होस् भन्ने भावना लिएर हामीले ञ्युङने सञ्चालन गरेका हौँ ।”
 
त्यसैगरी यसै संस्थाका सचिव खेन्पो सोनाम छिरिङ तामाङका अनुसार ञ्युङने भित्र बस्ने समय विशेष तिथि अस्टमि र पूर्णिमाका दिन हुने गर्दछ । सागाधावा ( वैशाख पूर्णिमा ) लाई महत्वपूर्ण र शक्तिशालि मानिन्छ । त्यसैले त्यस दिन बसेको ञ्युङने १ महिना सम्म चल्दछ ।
 
 ञ्युङने विशेष विक्ष्नी कमला घेलुङ्गबाट सुरु भएको थियो । ञ्युङनेमा ध्यान तपस्या गर्दा कुष्ट रोग जस्तोे ठूलो रोग निको हुने आस्था मानिसमा रहेको पाइन्छ । महिलाहरु बढी ध्यान, तपस्यामा बढी विश्वास राख्ने भएकोले ञ्युङनेमा महिलाहरुको सहभागिता बढी पाइन्छ ।







कलाशैली
मृगाैला पीडित  सहयाेगार्थ स्वरूप भक्तपुरमा चलचित्र ''लाइफ पार्टनर'' प्रदर्शन

मृगाैला पीडित सहयाेगार्थ स्वरूप भक्तपुरमा चलचित्र ''लाइफ पार्टनर'' प्रदर्शन

काठमाडाैँ ।हाम्राे मिसन समृद्ध नेपाल , तामाङ चलचित्र संघ र छाेर्वाला काई काे पहलमा कालीदवी ...

जेठ ३२, २०७६
थोइसम गोङफेलिङ संस्था बाैद्धमा ञ्युङने कार्यक्रम सम्पन्न

थोइसम गोङफेलिङ संस्था बाैद्धमा ञ्युङने कार्यक्रम सम्पन्न

संवाददाता पुनम ढुंगेल (प्रशिक्षार्थी)काठमाडौं । काठमाडौको बौद्धमा रहेको थोईसम गोङफेलिङ संस्था विगत ३ वर्ष अगाडी ...

जेठ २९, २०७६
तेस्राे जनजाति चलचित्र महाेत्सव सम्पन्न, उत्कृष्ट अवार्ड कस्ले जित्याे ?

तेस्राे जनजाति चलचित्र महाेत्सव सम्पन्न, उत्कृष्ट अवार्ड कस्ले जित्याे ?

काठमाडाैँ । उपराष्ट्रपति नन्द किशाेर पुन ज्यूकाेले उदघाटन गर्नुभएकाे तेस्राे नेपाल आदिवासी जनजाति चलचित्र महाेत्सव-२०७६आइतबार ...

जेठ २७, २०७६
नेपाल कलाकार संघकाे अध्यक्षमा रविन्द्र खड्का विजयी

नेपाल कलाकार संघकाे अध्यक्षमा रविन्द्र खड्का विजयी

काठमाडाैँ । शनिवार भएकाे नेपाल कलाकार संघकाे निर्वाचनबाट रविन्द्र खड्का अध्यक्षमा विजय हुनुभएकाे छ । ...

जेठ २६, २०७६
बुढानिलकण्ठ नगरपालिकामा राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने

बुढानिलकण्ठ नगरपालिकामा राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने

काठमाडाैँ । कवि बैरागी काँईलाकाे प्रमुख आतित्थ्यतामा बाग्द्वार राष्ट्रिय काव्य गाेष्ठी-२०७६ हुने भएकाे छ  । बाग्द्वार ...

जेठ २२, २०७६