कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु



कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

वासिङ्टन, एजेन्सी। साधारणतया एक रुखमा एक फल फल्ने गरेको हामीले सुन्दै वा देख्दै आएका छौं । संसारभर भर सत्य यही हो भन्ने मानिँदै आएको भए पनि हाल आएर यो गलत सावित भएको छ । दुनिँयामा यस्तो पनि स्थान छ जहाँ एकै रुखमा ४० थरीका फलहरु लाग्ने गर्दछन् । अमेरिकामा एक भिजुअल आर्टसका प्रोफेसरले यस्तो अनौठो र अद्भुत बिरुवा तयार पारेका हुन् । ४० भिन्न प्रकारका फलहरु लाग्ने सो बिरुवाले ट्री अफ ४० नामले च र्चा पाउँदै आएको छ । जसमा आरु, आलुबखडा, खुर्पानी, चेरी, नेक्टराइन जस्ता फल लाग्ने गर्दछन् ।

यो अचम्मको जादुमयी बोटको मुल्य करीब $ ३०,००० (३३ लाख रुपैंया) पर्ने बताइएको छ । ४२ वर्षिय प्रोफेसर भान एकेनले फण्डको अभावमा बन्द हुन लागेको बगैंचा, जहाँ कयन प्राचिन र दुर्लभ प्रजातिका बिरुवाहरु छन्, मा ग्राफ्टिङ प्रविधिबाट उक्त बिरुवा तयार गर्न सफल भएका हुन् । भानको जन्म कृषिसँग सम्बन्धित परिवारमा भएको कारण खेतीपातीमा उनको सदा रुचि रहेको थियो । उनले सो बगैँचा लीजमा लिए र ग्राफ्टिङ प्रणालीको मद्दतले उनले ट्री अफ ४० जस्तो अलौकिक कामलाई अन्जाम दिए । यसलाई विश्वभर कृषि क्रान्तिको एक अनुपम नमूनाको रुपमा हेरिएको छ ।

ग्राफ्टिङ प्रणाली अनुसार विरुवा तयार पार्न जोड्नु पर्ने बोटहरुको कलमी जाडो महिनामा तयार गरिन्छ । तत्पश्चात् मुख्य रुखमा घाउ पारेर वा प्वाल पारेर ती कलमीहरु जोडिन्छन् । जोडिएका स्थानहरुमा पोषक तत्वको लेप लगाएर जाडोयाम भरी पट्टी बाधेर छोडिन्छ । त्यसपछि कलमीहरु बिस्तारै बिस्तारै मुख्य बिरुवासँग जोडिन्छन् र त्यसमा कलमी अनुसारका फूल र फल लाग्दछ ।

हालसम्म १८ वटा यस्ता रुखहरु तयार भएर अमेरिकाको विभिन्न स्थानहरुमा पुर्याइएका छन् । नयाँ र अनौठो भएकोले होला विभिन्न ठाउँहरुबाट यसको माग बढ्दै गएको छ ।

 




अन्तर्राष्ट्रिय समाचार
फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

मनिला । फिलिपिन्समा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ  भने ...

आश्विन ३०, २०७६
सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने ...

आश्विन ३०, २०७६
साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा ३५ को मृत्यु

साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा ३५ को मृत्यु

रियाद् । साउदी अरेबियामा बुधबार साँझ ७ बजेतिर साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा ...

आश्विन ३०, २०७६
हङकङका लोकतन्त्र पक्षधर नेता शाममाथि सांघातिक आक्रमण

हङकङका लोकतन्त्र पक्षधर नेता शाममाथि सांघातिक आक्रमण

हङकङ । हङकङका लोकतन्त्र पक्षधर नेता सडकमा रगतले लत्पतिएको अवस्थामा भेटिएका छन्  ! सामाजिक सञ्जालमा ...

आश्विन ३०, २०७६
विश्वो चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता फिनिक्सको कार दुर्घटना

विश्वो चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता फिनिक्सको कार दुर्घटना

अमेरिका । चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्स कार दुर्घटनामा परेका छन् । ...

आश्विन २९, २०७६
जापानमा ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु

जापानमा ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु

 काठमाडौँ । जापानमा आएको ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु भएको छ भने २११ जना ...

आश्विन २८, २०७६