श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
युएइकी रानी हया बिन्त अल हुसैन बेपत्ता



युएइकी रानी हया बिन्त अल हुसैन बेपत्ता

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) की रानी हया बिन्त अल हुसैन दुई बच्चासहित ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर बेपत्ता भएकी छिन् । उनी दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मक्तुमकी छैठौं पत्नी हुन् । उनी जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी समेत हुन् । शेख मुहम्मद युएइका उपराष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

उनी दुनियाँका धनी शासकहरुमध्ये एक मानिन्छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ । 

उनका साथमा ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायद रहेका छन् । जर्मनीमा उनले सरकारसँग राजनीतिक शरण मागेको हुन सक्ने समेत बताइएको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनी मे २० देखि सामाजिक सञ्जालहरुमा समेत देखिएकी थिइनन् । अरब मिडियाहरुको अपुष्ट समाचार अनुसार ह्यालाई दुबईबाट निकाला गरिएको हो ।

दुबईबाट उनलाई निकाल्न जर्मनीका एक कुटनीतिज्ञको समेत हात रहेको बताइएको छ । यसले गर्दा दुबई र जर्मनबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा हुने खतरा देखिएको छ । यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो ।

उनले आफ्नो पिताको अन्याय र अत्याचार खप्न नसकेर भाग्नुपरेको बयान दिएकी थिइन् । त्यसको केही समयपछि रानीले समेत देश त्याग्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।  रानीको खोजीमा लाग्न युएई रोयल फ्यामेलीले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जनाइएकाे छ । 



अन्तर्राष्ट्रिय समाचार
गैरसरकारी संस्था खोलेर रकम जम्मा गरेको आरोपमा पक्राउ, हाफिज सइद

गैरसरकारी संस्था खोलेर रकम जम्मा गरेको आरोपमा पक्राउ, हाफिज सइद

लाहोर । मुम्बई आक्रमणका अभियुक्त हाफिज सइद पाकिस्तानको लाहोरमा पक्राउ परेका छन्।सन् २००८ मा भारतको ...

श्रावण १, २०७६
इन्डोनेसियामा शक्तिशाली  ७.३ म्याग्निच्युड भूकम्प

इन्डोनेसियामा शक्तिशाली ७.३ म्याग्निच्युड भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। अन्तराष्ट्रिय समाचार संस्था अलजेरियाका अनुसार हालसम्म एक जनाकाे मृत्यु भएकाे ...

असार ३०, २०७६
युएइकी रानी हया बिन्त अल हुसैन बेपत्ता

युएइकी रानी हया बिन्त अल हुसैन बेपत्ता

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) की रानी हया बिन्त अल हुसैन दुई बच्चासहित ३१ ...

असार १६, २०७६
छोराको नाम गूगल

छोराको नाम गूगल

इन्डोनेशियामा एक दम्पती, २७ वर्षिया एला र एन्डी सपुत्रा, ३१, ले आफ्नो छोराको नाम गूगल ...

असार १६, २०७६
संसार हल्लाउने तस्विरकाे कथा

संसार हल्लाउने तस्विरकाे कथा

रियो ग्रान्डी नदीले दक्षिण-पश्चिम अमेरिका र मेक्सिकोको सीमा छुट्याउँछ। रियो ग्रान्डीदेखि नजिकै छ, मेक्सिकोको माटामोरोस ...

असार ११, २०७६
अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन ४ बुँदे घाेषणा पत्र सहित सम्पन्न

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन ४ बुँदे घाेषणा पत्र सहित सम्पन्न

बैंकक । अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन जुन २२ गते शनिवार अर्थात असार ७ गते ...

असार १०, २०७६