कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
संसदमा कांग्रेस र राजपाको नाराबाजी



संसदमा कांग्रेस र राजपाको नाराबाजी

काठमाण्डाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले बोल्न समय नपाएको भन्दै प्रतिनिधिसभाको बुधबारको बैठक अवरूद्ध गरेका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । दुवै दलका सांसदहरुले उभिएर विरोध जनाईरहेका बेला सभामुखले बोल्नका लागि समय नदिइकनै बैठकको कार्यसूचि अगाडि बढाएका हुन् । 

कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि संसदीय व्यवस्था कायम गर्न माग गर्दे नारावाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए ।

सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । कांग्रेस र राजपा सांसदले उठेर विरोध गरिरहेपछि सभामुख महराले असार ३० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।



राष्ट्रिय समाचार
भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुर । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ...

कार्तिक १, २०७६
१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

काठमाडौं । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण ...

कार्तिक १, २०७६
एमबीबीएस अध्ययनको शूल्क निर्धारण

एमबीबीएस अध्ययनको शूल्क निर्धारण

काठमाडौं । एमबीबीएस अध्ययनको चिकित्सा शिक्षा आयोगले शूल्क बढाएको छ ।  आर्थिक वर्ष २०७५ मा ...

कार्तिक १, २०७६
राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

काठमाडौँ । असोज २९ गतेदेखि म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्मारको ...

कार्तिक १, २०७६
मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

पर्सा । तेजाव आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवालाई पर्सा जिल्ला अदालतको ...

कार्तिक १, २०७६
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार ...

कार्तिक १, २०७६