श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सेनाले गर्यो खानेपानी टयांकी र सत्तल हस्तान्तरण



सेनाले गर्यो खानेपानी टयांकी र सत्तल हस्तान्तरण

भक्तपुर । सूर्यविनायक नगरपालिका ९ पलासे पञ्चकन्या मन्दिर परिषरमा नेपाली सेनाका बीर दल गण सूर्यविनायकले निर्माण गरेको पाँच हजार लिटर क्षमताको खानेपानी टयाङ्की र सत्तल प्रतिनिधिसभाका सासंद महेश बस्नेत र नेपाली सेनाका उपत्यका पृतनापति निरञ्जन कुमार श्रेष्ठले उद्घाटन गरी हस्तान्तरण गरेका छन् । 
 यस कार्यक्रममा सांसद बस्नेतले आउँदो आर्थिक वर्षमा यस क्षेत्रमा सांसद कोषको ३५ लाख बजेट दिने घोषणा गर्दै उनले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक एवं बाह्य पर्यटनको आकर्षणको रुपमा लैजाने बताएका छन् । उनले आफू मन्त्री हुँदा पहिलो महिनाको तलब दिएर निर्माण सरु भएको पञ्चकन्या मन्दिर परिषदमा अहिले नेपाली सेनाले पानी टयांकी र सत्तल निर्माण गरेर हस्तान्तरण गर्नु गर्वको कुरा भएको बताए । 
कार्यक्रममा पृतनापति निरञ्जन कुमार श्रेष्ठले नेपाली सेनाले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै स्थानीयसँग हातेमालो गर्दै अगाडि बढेको बताएका छन् । त्यसैगरी बीर दल गणका गणपति एवं कर्णेल शिव पौडेलले मन्दिरमा मात्रै नभई खानेपानीको अभाव रहेको पलासेको स्थानीय बासिन्दालाई समेत खानेपानी वितरणमा सहज हुने गरि पाँच हजार लिटर क्षमताको पानी टयांकी निर्माण गरिएको बताए । वडा नं.९ का वडा अध्यक्ष उपेन्द केसीले विकास निर्माणमा नेपाली सेनाको सहयोग पाउनु खुसीको विषय भएको बताउदै नेपाली सेनासँग आगामी दिनमा पनि सहकार्य गरेर जाने बताए ।  
करिब ६ लाखको लागत अनुमान गरिएको उक्त संरचनाका लागि नेपाली सेनाको छिटो सम्पादन गर्ने योजना अन्तर्गतको १ लाख ५० हजार रुपैयाको बजेट, बीर दल गणको रु. ६० हजारको लागत, वडा कार्यालयको सहयोग र नेपाली सेनाको श्रमदानमा पानी टयांकी र सत्तल निर्माण गरिएको बताए । निर्माण सम्पन्न पानी टयांकी र सत्तल पञ्चकन्या मन्दिर विकास समितिलाई हस्तानतरण गरिएको पनि बताए ।



राष्ट्रिय समाचार
 मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

काठमाडौँ  ।  शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवाली अर्यालले आफ्नो मृत्युपश्चात ...

श्रावण ३, २०७६
सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

काठमाडौं । काठमाडौँ जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकिएको छ । सरकारले तोकेको रेटभन्दा ...

श्रावण ३, २०७६
गृहमन्त्री थापाद्वारा हजयात्रीलाई  बिदाइ

गृहमन्त्री थापाद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई बिदाइ गरेका छन् ...

श्रावण २, २०७६
बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बाढीपहिरो पीडितलाई आर्थिक ...

श्रावण १, २०७६
नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोट। पार्टीको नीतिप्रति असहमति जनाउँदै विप्लवका  कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।सरोज न्यौपाने र विष्णु भण्डारीले ...

असार ३१, २०७६
नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका ...

असार ३१, २०७६