श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको पुन:सुचारु



गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको पुन:सुचारु

काठमाडौं । तारबार भत्काएपछि स्थगित रहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको पुननिर्माण कार्य सुरु हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले विज्ञप्ति जारी गर्दै रंगशाला निर्माण कार्यलाई सुचारु गर्ने जानकारी दिएको छ ।
 
चितवनको भरतपुरमा रंगशालाको तारबार जेठ १५ गते स्थानीय केही व्यक्तिले डोजर लगाएर भत्काइदिएपछि निर्माण कार्य रोकिएको थियो । रोकिएको निर्माण सुरु गर्ने र निर्माणमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न फाउण्डेसनले अपिल गरेको छ । 

फाउण्डेशनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रंगशाला निर्माण स्थलमा डोजर चलाउने अराजक काम भएपछि हाम्रा कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर निर्माण कार्य तत्काल स्थगित गर्ने निर्णय गरेका थियौं ।

अहिले परियोजना सुचारु गर्न जिल्लाको तर्फबाट गठित पाँच सय एक मूल सहयोग समितिले समेत गरेको आग्रह र जिल्लामा पनि सहज वातावरण बनेकाले पुनः निर्माण कार्य सुचारु गर्ने निर्णय गरेका छौं ।’ फाउण्डेशनले रंगशाला निर्माणमा अवरोध गर्ने जस्ता गतिविधि नदोहोरियोस् भन्ने उद्देश्यले सबैलाई सजग भइदिनसमेत अनुरोध गरेको छ । 



राष्ट्रिय समाचार
 मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

काठमाडौँ  ।  शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवाली अर्यालले आफ्नो मृत्युपश्चात ...

श्रावण ३, २०७६
सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

काठमाडौं । काठमाडौँ जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकिएको छ । सरकारले तोकेको रेटभन्दा ...

श्रावण ३, २०७६
गृहमन्त्री थापाद्वारा हजयात्रीलाई  बिदाइ

गृहमन्त्री थापाद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई बिदाइ गरेका छन् ...

श्रावण २, २०७६
बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बाढीपहिरो पीडितलाई आर्थिक ...

श्रावण १, २०७६
नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोट। पार्टीको नीतिप्रति असहमति जनाउँदै विप्लवका  कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।सरोज न्यौपाने र विष्णु भण्डारीले ...

असार ३१, २०७६
नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका ...

असार ३१, २०७६