श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
तेमालकाे ठुलाे पर्सेलमा साहसिक क्यानाेनिङ खेल सम्पन्न (भिडियाे सहित)



तेमालकाे ठुलाे पर्सेलमा साहसिक क्यानाेनिङ खेल सम्पन्न (भिडियाे सहित)

मिलन लामा दाेङ,

काभ्रेः तेमाल गाउँपालिका वडा न. ६ ठुलाे पर्सेलमा रहेकाे बन्दिब खाेलाकाे टाङटुङ झर्नामा साहसिक  क्यानाेनिङ खेल २०१९ काे वर्कसप २५ गते बुधबार सम्पन्न भएकाे छ । केही वर्ष अगाडी उक्त स्थानमा क्यानाेनिङ एशाेसिएसन नेपालका अध्यक्ष राजेन्द्र बहादुर तामाङकाे टिमले सफल परिक्षण गरिएकाे थियाे । 

बुधबार भएकाे साहसिक क्यानोनिङ खेलमा गाइडको सहयोगमा गाउँपालिकाका अध्यक्ष सलाम सिं लामा र उप प्रमूख दुर्गा माया तामाङले टाङटुङ झर्नामा क्यानोनिङ खेलको मज्जा लिए । तर उपाध्यक्ष दुर्गा माया तामाङले सफल भने हुनु भएन 

वडा कार्यालयको आर्थिक सहयोगमा आयाेजना गरिएकाे उक्त खेल सफल भएपछि क्यानोनिङ खेल तेमाल भेगमा पर्यटनहरुका लागि अर्को महत्वपूर्ण केन्द्र्को रुपमा लिइएको छ ।


तेमालको पर्यटन विकासमा क्यानोनिङ खेलले महत्वपूर्ण भूमिका खेल्ने तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह लामाले बताए । 

‘गाउँपालिकामा रहेको प्राकृतिक सौन्दर्यलाई देश तथा विदेशमा चिनाउन क्यानोनिङ सफल भएको छ, पालिका प्रमूख लामाले भने ‘यसलाई अझ प्रभावकारि बनाउन प्रचारप्रसारको खाँचो छ, हामी त्यता तिर लाग्छौँ ।’

पालिका उपप्रमूख दुर्गामाया तामाङले क्यानोनिङको तालिम नै दिने गरी योजना बनिरहेको जानकारी दिइन् । ‘हामीले यहाँका युवालाई तालिम दिएर दक्ष बनायौँ भने यहीँका मानिसले रोजगार पाउँछन्, जसले गर्दा तेमालमा आउने पैसा अन्यत्र जादैँन्, हामी कसरी हुन्छ तेमालाई समृद्ध बनाउने ध्याउन्नमा छौँ ।’ उनले तेमालमा साँस्कृतिक पर्यटनसँगै क्यानोनिङ खेललाई पनि प्रवद्र्धन गरेर अघि बढ्दा स्थानीयहरुको आयआर्जनमा समेत बृद्धि हुने बताइन् ।

वडा नम्बर ६ का वडाध्यक्ष बिकु लाल मोक्तानले वडाको मात्रै नभएर सिँगो तेमाल भेगकै पर्यटनलाई क्यानोनिङले जोडेको बताए । उनले परीक्षणका लागि १ लाख रुपैयाँ विनियोजन गरेको समेत बताए । ‘टाङटुङ झर्नालाई हामीले हासिक खेलका रुपमा विकास गर्न खोजेको हौ, उनले भने सफल पनि भयो, अब यसलाई थप ब्यवस्थित योजना बनाएर अघि बढ्ने छौँ ।’

क्यानोनिङ परीक्षणमा ४२ जनाले सहभागिता जनाएका थिए । तेमालमा क्यानोनिङको परीक्षण गर्न प्रशिक्षक रत्नमान तामाङको टोली पुगेको थियो । तामाङले सन् २००६ देखि क्यानोनिङ खेलमा आबद्ध छन् । ‘यो झर्नामा क्यानोनिङको सफल परीक्षण भयो, उनले भने ‘हामी पनि सहयोग गर्छौ, तेमालको पर्यटन विकासलाई ।’ उनले तेमालमा क्यानोनिङ जस्तै हाइकिङ, प्याराग्याइडिङ, र्याप्टिङको समेत उत्तिकै सम्भावना रहेकाले त्यहि अनुसार योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यसैगरी नेकपाका स्थानीय युवा नेता शैलेन्द्र तामाङले ठाउँकाे पहिचान गरी तेमाललाइ क्यानाेनिङ खेलका लागि थप पहल गर्नु पर्ने बताउनु भयाे भने नेपाली कांग्रेसका स्थानीय युवा नेता मान बहादुर तामाङले नयाँ खेलकाे अनुभुतिसँगै २०२० का लागि तेमाल पनि पर्यटनहरूका लागि अकार्षणकाे केन्द्र विन्दु बनाउन सकिने बताएकाे छ । 

भिडियाे हेर्नका लागि यहाँ क्लिक गर्नु हाेला ।
((https://youtu.be/GAj5F2ecXhk?t=3)) 





स्थानीय समाचार
तेमाल गाउँपालिका वडा न. छ ठुलाे पर्सेलकाे बृहत बजेट विनियाेजन,

तेमाल गाउँपालिका वडा न. छ ठुलाे पर्सेलकाे बृहत बजेट विनियाेजन,

मिलन लामा दाेङ,  काभ्रे । तेमाल गाउँपालिका वडा न. ६ ठुलाे पर्सेलकाे आर्थिक वर्ष २०७६/०७७ ...

श्रावण ३, २०७६
ललितपुरको  महालक्ष्मी नगरपालिकामा बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुरको महालक्ष्मी नगरपालिकामा बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर ।   महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङमा बाढीका कारण प्रभावित १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, ...

श्रावण ३, २०७६
प्लास्टिक झोलामुक्त नगर घोषणा, नगरबासिले गरे प्लास्टिकको प्रयोग नगर्ने संकल्प

प्लास्टिक झोलामुक्त नगर घोषणा, नगरबासिले गरे प्लास्टिकको प्रयोग नगर्ने संकल्प

तिलोत्तमा । तिलोत्तमा नगरपालिका एक उत्कृष्ठ र नमुना नगरपालिका बनाउन प्लास्टिक झोलामुक्त नगर घोषणा गरिएको ...

श्रावण ३, २०७६
वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

काठमाडाैं । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले आफ्नो आँगनको फूल टिपेको निहुँमा छिमेकी नौ ...

श्रावण ३, २०७६
प्रसूति गृहमा सुत्केरीको निधन, बच्चा लुकाएको आरोप

प्रसूति गृहमा सुत्केरीको निधन, बच्चा लुकाएको आरोप

काठमाडौं । सुत्केरी आमाको मृत्यु भएपछि थापाथलीस्थित प्रसूति गृहमा तनाव उत्पन्न भएको छ । नुवाकोट ...

श्रावण २, २०७६
शान्तिक्षेत्र लुम्बिनीमै बुद्धका मूर्ति तोडफोड

शान्तिक्षेत्र लुम्बिनीमै बुद्धका मूर्ति तोडफोड

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ ...

श्रावण २, २०७६