कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
बत्तीस जिल्लाको निर्वाचनको समीक्षा गर्दै उत्साहका साथ वाम गठबन्धन दुईतिहाई काभ्रेको जनमत वामपन्थीको पक्षमा उर्लिदै



बत्तीस जिल्लाको निर्वाचनको समीक्षा गर्दै उत्साहका साथ वाम गठबन्धन दुईतिहाई  काभ्रेको जनमत वामपन्थीको पक्षमा उर्लिदै


बनेपा ।  प्रतिनिधिसभा र प्रदेशसभाको पहिलोचरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा छिटफूट घटना बाहेक आम मतदाताको अमूल्य मतदान कार्य सम्पन्न भएको छ । लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन संपन्न हुँदै गर्दा अस्ति १० गते आइतबार सम्पन्न भएको ३२ जिल्लाको निर्वाचनमा वाम गठबन्धनलाई खसेको मतको आंकलन गर्दै वामपन्थीहरु निकै उत्साहित देखिएका छन् । 

निर्वाचनको संघारमा देशरभर गठबन्धन गरी दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुई तिहाई मत प्राप्त गर्ने र देशलाई राजनीतिक स्थायित्व दिएर स्वाधिनता, संवृद्धि, सुशासनका साथ समाजवादमा पुग्ने लक्ष्यका लिएर जनपक्षीय सरकार गठन गर्न वाम गठबन्धनले सम्पूर्ण ध्यान केन्द्रित गरेको देखिएको छ ।  यसैअनुरुप पहिलो चरणमा भएको प्रतिनिधिसभा सदस्यको ३७ सिट र प्रदेशसभा सदस्यका लागि भएको ७४ सिटमा वाम गठबन्धनले सोचेभन्दा राम्रो परिणाम आएको निष्कर्ष निकाल्दै दोस्रो चरणको निर्वाचनमा पनि आम मतदाताले लोभलालच, भय र त्रासमा नपरी विवेकपूर्ण ढंगले वामपन्थीको पक्षमा मत जाहेर गर्ने र देशलाई राजनीतिक स्थायित्व प्रदान गरी प्राप्त उपलब्धीको संस्थागत विकासका लागि बल प्रदान गर्ने विश्वास वाम गठबन्धनले गरेको छ । वाम गठबन्धनका केन्द्रीय नेताले भने, ‘देशमा शान्ति, स्थिरता र सम्पन्नताका लागि जनताले विवेक पु¥याएर निर्णय गर्नेछन् ।’  

प्रतिनिधिसभा सदस्यका लागि देशभर १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिएको छ भने ७ वटा प्रदेशमा विभाजन गरिएको नयाँ संरचनाअनुसार प्रदेशसभा सदस्यका लागि ३ सय ३० निर्वाचन क्षेत्र कायम गरिएको छ । त्यसैगरी मिश्रित निर्वाचन प्रणाली अपनाइएको निर्वाचनमा प्रतिनिधिसभामा १ सय १० समानुपातिक सांसद कायम हुनेछन् भने प्रदेशसभाका लाग २ सय २० सिटमा समानुपातिक सांसद चुनिनेछन् । प्रत्यक्ष सदस्यका लागि जस्तै आम मतदाताले समानुपातिक सदस्यका लागि समेत मतदाता गर्नेछन् । नयाँ संरचनाअनुसार तीन तहमध्ये स्थानीय तहको ७ सय ५३ तहमा निर्वाचन सम्पन्न भई अधिकांश तहमा वामपन्थीहरु निर्वाचित भएका छन् । यसकै आधारमा दुई ठूला वाम दलहरुको गठजोडका कारण देश वामपन्थीमय भएर वाम गवठबन्धनको पक्षमा जनलहर देखिएको छ ।  

वाम गठबन्धनसँग भिड्न नेपाली कांग्रेसको अगुवाईमा लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई गठबन्धनकै बीचमा तीब्र प्रतिष्पर्धा हुनेछ । यसबाहेक अन्य साना दलहरु पनि निर्वाचनमा सहभागी छन् । काभ्रेमा भने लगभग वामपन्थीहरुको सझा प्रतिनिधिको रुपमा वाम गठबन्धन नै देखिएका छन् । वामपन्थीहरुको राम्रो जनमत भएको काभ्रेमा वाम गठबन्धनले लालकिल्ला बनाएर पुरानो अवस्थामा काभ्रेलाई फर्काउनका लागि सबै शक्ति केन्द्रित गरी अभियानलाई तीब्रता दिएको पाइएको छ । तुलनात्मक रुपमा वाम गठबन्धनका साझा उम्मेद्वारहरु चरित्रका हिसाबले पनि अरुभन्दा अब्बल देखिएका छन् ।  प्रतिनिधिसभाका लागि काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार एवं नेपाली कांग्रेस काभ्रेका सभापति तथा केन्द्रीय प्रशिक्षण विभागका निर्देशक मधुप्रसाद आचार्य वाम गठबन्धनको प्रतिष्पर्धी भए पनि जनमतको हिसाबले उनी निक्कै पछाडि देखिन्छन् । उनका प्रतिपष्र्धी वाम गठबन्धनका गोकुल बास्कोटाले काभ्रे क्षेत्र नं. २ का मतदाताको व्यापक समर्थन पाइरहेका छन् । 

वास्कोटा एमाले काभ्रेका प्रभावशील नेता र प्रष्टताका साथ विपक्षीको भ्रम चिरफार गर्ने क्षमता राख्छन् । विद्यार्थी राजनीति, पत्रकारिता हुँदै पार्टी केन्द्रमा समेत बलियो पहुँद स्थापित गर्न सफल उनी एमालेको केन्द्रीय स्कूल विभागका सदस्य र एमाले काभ्रेको ३ कार्यकाल चालाएका अध्यक्ष समेत हुन् । प्रकाश, दृष्टि, सम्बोधन लागायतका वाम साप्ताहिक पत्रिकाहरुमा सक्रिय पत्रकारिता गर्दैगर्दा पार्टी राजनीति हावी हुँदै बलियो पक्कड जमाउन सफल वास्कोटा यसपटकको प्रतिनिधिसभाका लागि सर्वसम्मत वाम उम्मेद्वार समेत हुन् । प्रतिनिधिसभाका लागि उनको यो दोस्रो पटकको प्रतिष्पर्धा हो । एमाले, माओवादी केन्द्र, नेकपा माले, नयाँ शक्ति पार्टी नेपाल, साध्यबहादुर भण्डारी लगायतका वामपन्थी शक्तिहरुले उनलाई सहयोग पु¥याइरहेका छन् । 

नयाँ शक्तिमा डा. बाबुराम भट्टराई आत्म केन्द्रित भएको निष्कर्ष निकाल्दै देशभर रहेका ७० भन्दा बढी केन्द्रीय कार्यकारिणी र परिषद सदस्यहरु वाम गठबन्धनलाई समर्थन गरी स्थायी सरकार र विकासको ढोका उघार्न चुनावी मैदानमा होमिएका छन् । यससँगै काभ्रेमा पनि नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार नेता तथा कार्यर्कर्ताहरुले वाम गठबन्धनलाई समर्थन गरी वाम गठबन्धनसँगै घरदैलो अभियानमा जुटेको नयाँ शक्ति पार्टी नेपालका डा. भरत लामिछानेले बताएका छन् । त्यसैगरी नेकपा मालेका रणबहाुदर बोहोरा पनि सँगै चुनावी मैदानमा वाम गठबन्धनलाई सघाइरहेका छन् । वामहरु फेरिएको व्यवस्थालाई जनताले परिवर्तनको अनुभूत गर्ने गरी देश र जनतालाई विकास र सुशासन दिन अग्रसर देखिएको विश्लेषण गरिएको छ । त्यसका लागि काभ्रेका अधिकांश वाम शक्तिहरु केन्द्रित भएका छन् । 

वामपन्थीहरु धु्रवीकृति हुँदै एकिकृत शक्तिको रुपमा आएपछि लोकतान्त्रिक गठबन्धन बनाएर शक्ति आर्जन गर्दै विचलित मनस्थितिमा देखिएको नेपाली कांग्रेस चुनावी मैदानमा आफ्नो फितलो उपस्थिति देखाइरहेको छ । पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा वाम गठबन्धनले ३७ सिटमा ३० सिटको आंकलन गरेको छ । त्यसैगरी दोस्रो चरणको आगामी मंसिर २१ गते सम्पन्न हुन गइरहेको १ सय २८ सिटका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा पनि वाम गठबन्धनले अधिकांश स्थानमा जित हाँसिल गर्ने अनुमान गरिएको छ । त्यसमा काभ्रेको प्रदेशसभा र प्रतिनिधि सभा गरी ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित हुने निश्चित देखिएको छ । वाम गठबन्धनको मत केन्द्रित हुँदा काभ्रमा नेपाली कांग्रेस विचलित अवस्थामा पुगेको विश्षेषकहरुको भनाई छ । त्यसो त काभ्रेका फरक पृष्ठभूमिका कांग्रेका उम्मेदवारका कारण पनि वाम गठबन्धनलाई विजयी बन्न सहज भएको बताइन्छ । 

लोकतान्त्रिक गठबन्धनका मधुआचार्य पनि पत्रकारिताको अनुभव संगालेका शालिन सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । कसैप्रति छुद्र हिसाबले प्रस्तुत नहुने भद्र नेताको गुण भएका आचार्य काभ्रे कांग्रेसका आदर्श पात्र भए पनि वामहरुको बलियो उपस्थिलाई चिर्न सक्ने अवस्थामा नभएको उनी निकटका नेता कार्यकर्ताकै विश्लेषण छ । त्यसो त उनलाई पूर्व जिल्ला सभापति शिवप्रसाद हुमागाईको समेत सहयोग नहुने अनुमान गरिएको छ । नेपाली कांग्रेसभित्र वौद्धिक नेताको रुपमा आफ्नो स्थान सुरक्षित गरेका आचार्यलाई पूर्वसभापति हुमागाई विगतको झोंक फेर्ने दाउमा रहेको बुझिएको छ । आचार्य संविधानसभाको पहिलो निर्वाचनमा पनि काभ्रेको निर्वाचन क्षेत्र नं. १ बाट धेरै मतअन्तरले पराजित भएका थिए । उनलाई त्यतिबेला पनि हुमागाई पक्षधरका नेता कार्यकर्ताले खुलेरै असहयोग गरेका थिए । 



अन्तरबार्ता
विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते

भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।सोमवार ...

आश्विन २९, २०७५
फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

फेक रेस्क्युले गर्दा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालकै बदनाम - पर्यटन तथा घर जग्गा ब्यबसायी छेटुप तामाङ

काभ्रे तिमाल स्थायी निवासी छेटुप तामाङ्ले स्थानीय पन्च कन्या मा. बि. मा एसएलसी सकाएर क्याम्पस ...

आश्विन ५, २०७५
बिपी - माओको महत्वपूर्ण  वार्ता (इतिहास )

बिपी - माओको महत्वपूर्ण वार्ता (इतिहास )

चिनियाँ नेता माओत्सेतुङले ५८ वर्षअघि, १८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री ...

जेठ १९, २०७५
काभ्रे क्षेत्र न. १ प्रदेश न. १ का सभासद रत्न ढकाल  सारा खबरसंगको कुराकानी ।

काभ्रे क्षेत्र न. १ प्रदेश न. १ का सभासद रत्न ढकाल सारा खबरसंगको कुराकानी ।

सभासद रत्न ढकालले अबको ४ वर्ष भित्रमा महाभारत गाउँपालिका , रोशी गाउँपालिका , नमोबुद्द ...

बैशाख ७, २०७५
आर्थिक विकास नै बामपन्थी सरकारको मूल मुद्धा –डा. दिनेशचन्द्र देवकोटा

आर्थिक विकास नै बामपन्थी सरकारको मूल मुद्धा –डा. दिनेशचन्द्र देवकोटा

अबको केही साता पछि वामगठवन्धनको सरकार निर्माण हुने पक्का पक्की भईसकेको छ । यति बेला ...

माघ २४, २०७४
बत्तीस जिल्लाको निर्वाचनको समीक्षा गर्दै उत्साहका साथ वाम गठबन्धन दुईतिहाई  काभ्रेको जनमत वामपन्थीको पक्षमा उर्लिदै

बत्तीस जिल्लाको निर्वाचनको समीक्षा गर्दै उत्साहका साथ वाम गठबन्धन दुईतिहाई काभ्रेको जनमत वामपन्थीको पक्षमा उर्लिदै

बनेपा ।  प्रतिनिधिसभा र प्रदेशसभाको पहिलोचरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा छिटफूट घटना ...

मंसिर १४, २०७४