कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालगञ्जमा रामलीला शुरु



नेपालगञ्जमा रामलीला शुरु

साराखबर संवाददाता                              
नेपालगन्ज, असोज गते । विजयादशमीको घटस्थापनासँगै नेपालगञ्जमा रामलीला शुरु गरिएको छ । प्रत्येक वर्ष झैं विजयादशमीका अवसरमा यसपाली पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन शुरु गरिएको हो ।  असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज– १३ बाँके बगियामा  सोमबाररातीदेखि  रामलीला प्रारम्भ भएको हो । रामायणमा आधारित लीला प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुन्जेलसम्म जारी रहनेछ ।

 भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गर्नेछ । यो सँगै नेपालगञ्जको रामलीला महोत्सव १ सय ५२ औं वर्षमा प्रवेश गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका र नगर प्रमुख डा धवल शम्शेर राणाले संयुक्त रुपमा विधीवत पुजापाठ गरि रामलीला शुभारम्भ गर्नु भयो । 
प्रमुख जिल्ला अधिकारी खडका र नगर प्रमुख राणाले रामलीलाले धार्मीक र सांस्कृतिक सन्देश सँगै आपसी एकता तथा भातृत्व कायममा समेत मद्यत पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

बाँकेका प्रहरी प्रमुख विर वहादुर ओली, विशिष्ठ अथिती लगायतको उपस्थिती रहेको समारोहमा सञ्चालक समितीका कार्यबाहक अध्यक्ष सन्तोष कनोडिया, सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्य, नेपालगञ्ज उद्योग वाणिज्य संघका अधयक्ष नन्दलाल वैश्य लगायतले रामलीलाका विविध पक्षबारे बोल्नु भएको थियो । यस अघि दिउसो शोभायात्रा समेत गरिएको थियो ।

 ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन गिठत विभिन्न ६ वटा समिती क्रियाशिल छन् । पछिल्लो समय नयाँ पुस्ताले आफ्नो परम्परागत संस्कार भुल्दै गइरहेका बेला नेपालगन्जका रैथाने मधेसी समुदायले भने रामलीलाको संस्कारलाई जोगाउन सफल भएका छन् । 



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६