कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
गायक केशव राईको 'हितैको माया' सार्वजनिक



गायक केशव राईको 'हितैको माया' सार्वजनिक

काठमाडौँ । गायक केशव राईले 'हितैको माया' नामक तेस्रो गीतिसंग्रह सार्वजनिक गरेका छन् ! 
 
बिगत २५ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक राईको यो भन्दा अगाडि 'अजम्बरी फुल' र 'जुत्ता चाइनाको' गीतिसंग्रह सार्वजनिक भैसकेको छ ! काठमाण्डौको फलैंचा रेष्टुरेन्टमा ‘हितैको माया गीतिसंग्रह पृथक तवरले लोकार्पण गरिएको हो । तर गायक स्वयम् भने मकाउमा कार्यरत छन् !

गायकको अनुपस्थितमा लोकार्पण भएको कार्यक्रमको आयोजक सेवा इण्टरटेन्मेण्ट  रहेको थियो भने कार्यक्रम संयोजक गीतकार जीवन मुकारुङ्ग रहेका थिए । उक्त गीति संग्रह लोकार्पणमा गायक ,संगीतकार ,कलाकार तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । यस कार्यक्रममा  विशेष अतिथिहरु प्राग्य शसि लुमुम्बू,साहित्यकार राजन मुकारुङ्ग,गीतकार संघ उपाध्यक्ष्य तथा चर्चित गीतकार शुभ मुकारुङ्ग,चर्चित कवि चन्द्र रानाहंछा ,गीतकार टिका चाम्लिङ्ग,कवि गीतकार रविन्द्र दिखुक्पा,कवि शुक्र राई लगाएतका अन्य गायक गायीकाहरु रहेका थिए ।

'हितैको माया 'गीतिसंग्रहमा लोक, आधुनिक र फ्युजन दोहोरि गीत गरि ६ वटा गीतहरु समावेश गरिएको छ । 'हितैको मायालाई ,झममा झम ,हाँसेर बोलिदेउ सानु,जुगजाने माया,खोले हुन्थ्यो सोल्टिनिले र साकेला नाचौं ' गीतहरु गीतिसंग्रहमा समावेश रहेका छन् ! यस गीतिसंग्रहमा गायक केशव राईलाई सुनिता थेगिम,सरु कोयु,सशी राई,श्रेयसि चेम्जोङ्ग,राजु आङ्ग्देम्बे लगाएतले स्वरमा साथ् दिएका छन् भने शव्द लव्ली तुलसी,जिविहांग राई,सरु कोयु,कुमार राई ,टिका चाम्लिङ्ग र केशव राई समेतको रहेका छन् ।

कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा गायक उमेश राइले ‘ मिठो स्वरका धनि गायक केशव लगातार रुपमा २५ वर्षदेखि नेपालि सांगीतिक क्षेत्रमा सक्रिय हुनु नै सकारात्मक पक्क्ष लिन सकिन्छ ! उनको यो निरन्तरतालाई उच्च सम्मानको खाँचो रहेको र उनको यो गीतिसंग्रहाले सफलताको बाटो अघि बढ्दै भविष्यमा आजै प्रगति गर्दै जान गायक केशव राईलाई शुभकामना दिए ।

यसैगरी अन्य विशेसअथितिहरुले पनि गायक केशव राईको स्वरको प्रसंशा गर्दै शुभकामना दिएका थिए !




    





कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६