कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
निजामुदिन ईद्रिसीले दुर्गामा पूजाको लागि फलफुल तथा दक्षिणा बितरण



निजामुदिन ईद्रिसीले  दुर्गामा पूजाको लागि फलफुल तथा दक्षिणा बितरण


 साराखबर संवाददाता                              
नेपालगन्ज, असोज गते । हिन्दू समुदायको बडा दशैको अवसरमा नेपालगञ्ज १७ परसपुर क्षेत्रमा स्थापना गरिएका दुर्गाका मुर्तीमा पूजाको लागि फलफुल तथा दक्षिणा बितरण गरिएको छ ।

नेपालगञ्ज–१७ परसपुरका निजामुदिन ईद्रिसीले सो वडाका थुकैला, नदोईगाउ, परसपुर र ढोडेगाउलगायतका स्थानमा स्थपना गरिएका देवी दुर्गाको मूर्तीमा पूजा गर्नको लागि आवश्यक पर्ने अगरबत्ति, फलफुल र दक्षिणा वितरण गरेका हुन । उनी आफू ईस्लाम धर्मप्रति आस्था राख्ने भए पनि सबै धर्मको सम्मान गर्दै केही वर्षदेखि यसरी नै दुर्गा पूजामा सहभागि हुने गरेको बताए ।
‘बितेका ४÷५ वर्ष यता हरेक वर्ष बडा दशैको बेलामा स्थापना हुने दुर्गा भगवतीको मुर्तीमा पूजाको लागि फलफुल र दक्षिणा चढाउने गरेको छु । म सबै धर्म र समुदायलाई समान र बराबर सम्मान गर्ने भएकोले यस्तो कार्य गर्न सुरु गरेको हुँ’–उनले भने ।
उनले सो वडाका सबै गाउमा स्थापना गरिएको दुर्गा पूजाको पण्डालमा पुगेर त्यहाँका दुर्गा पूजा समितिलाई भेटेर सो सामाग्री हस्तान्त्रण गरेका थिए ।



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६