कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
शाहीद्वारा महराविरूद्ध प्रहरीमा उजुरी दर्ता



शाहीद्वारा महराविरूद्ध प्रहरीमा उजुरी दर्ता

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले महराले बलात्कार गर्न प्रयास गरेको विरूद्ध अन्तत: प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।

उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उजुरी दर्ता गराएकी हुन् ।

 प्रहरी उच्च स्रोतले भने,‘भोलि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’ ।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो। शाहीले भोलिपल्ट मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।

प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएको बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको छ ।

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत समान प्रहरीले बरामद गरेको थियो।

जाँचका लागि ती समान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ। र त्रिवि शिक्षण अस्पतालमा हिजो नै रोशनीको स्वास्थ्य परीक्षण गरिएको छ।



राष्ट्रिय समाचार
भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुर । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ...

कार्तिक १, २०७६
१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

काठमाडौं । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण ...

कार्तिक १, २०७६
एमबीबीएस अध्ययनको शूल्क निर्धारण

एमबीबीएस अध्ययनको शूल्क निर्धारण

काठमाडौं । एमबीबीएस अध्ययनको चिकित्सा शिक्षा आयोगले शूल्क बढाएको छ ।  आर्थिक वर्ष २०७५ मा ...

कार्तिक १, २०७६
राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

काठमाडौँ । असोज २९ गतेदेखि म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्मारको ...

कार्तिक १, २०७६
मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

पर्सा । तेजाव आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवालाई पर्सा जिल्ला अदालतको ...

कार्तिक १, २०७६
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार ...

कार्तिक १, २०७६