कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सांसद श्रेष्ठद्वारा सबै बजेटलाई सदुप्रयोग हुने हिसाबमा प्रयोग गर्न आग्रह



सांसद श्रेष्ठद्वारा सबै बजेटलाई सदुप्रयोग हुने हिसाबमा प्रयोग गर्न आग्रह

पुनम ढुंगेल, भक्तपुर । सांसद डा.राजेन्द्रमान श्रेष्ठले सबै बजेटलाई सदुप्रयोग हुने हिसाबमा प्रयोग गर्न आग्रह गरेका छन् । शनिबार उपभोक्ता समिति गठन तथा बडा दशैँको कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सबै बजेटलाई सदुप्रयोग गर्न आग्रह गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्षयता मध्यपुर थिमी धुन्चो हाइटका वार्ड नं.७ का वार्ड अध्यक्ष कृष्ण कुमार प्रजापति र प्रमुखअतिथि ३ नं प्रदेशका सांसद डा. राजेन्द्रमान श्रेष्ठ रहेका थिए । 


कार्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्दै सांसद श्रेष्ठले बाटो मेरो मात्र नभएर हाम्रो हो भनेर बाटो बनाउन मिलेर अगाडि बढ्न आग्रह गरे । साथै उनले बाटोको उपभोक्ता समिति गठन गर्दा पैंसा खाने र पार्टीगत भनेर झमेला गर्ने व्यक्तिलाई राखेर भन्दा पनि बाटो बनाउन कुनै पनि समय दिन सक्ने र काम गरेको गलत भए काम गराई गलत भयो भनी सल्लाह दिन सक्ने व्यक्तिलाई समितिमा राख्नु ठीक हुन्छ भनी सल्लाह दिए । 

त्यस्तै उनले धुन्चे हाइटमा बाटोको साथ–साथ खानेपानीको लागि नि बनेट छुट्टाएर खानेपानीको व्यवस्था छिट्टै गर्ने भनी वाचा गरे । उनले बाटो निमार्णको लागि प्रदेश नं ३ बाट रु ५० लाख विनियोजन गरिएको पनि बताए । त्यसैले उनले सबै बजेटलाई सदुप्रयोग हुने हिसाबमा प्रयोग गर्न आग्रह गरेका छन् । 

उक्त भेलाले मुक्ति अधिकारीको अध्यक्ष्तामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो । कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष्य अधिकारीले आफ्नो टोलमा बाटो ल्याउन दिन–रात, घाम–पानी, नजिक–टाढा नभनि बाटोको लागि नगरपालिकादेखि लिएर जरुरत भएको हरेक ठाउँमा धाउन तयार रहेको बताए । साथै यनले सम्पूर्ण टोल बासिलाई विजया दशमीको शुभकामना दिएका छन् ।

उक्त कार्यक्रमको विसर्जन गर्दै प्रजापतिले बडा दशैँको शुभकामना तथा गठन भएको कमिटिलाई बधाई दिएका छन् । उनले बाटोको लागि कुनै झगडा नगरी बाटो बनाउन आग्रह गर्नुका साथै खानेपानीको सुबिधाको लागि केही चरण सुरु भई सकेको बताएका छन् । उनले सक्पूर्ण टोल बासिलाई बाटोको लागि जे जस्तो सिफारिस चाहिन्छ त्यसमा भरपूर्ण सहयोग गर्ने वाचा गरेका छन् ।

उक्त कार्यक्रमको सचालन पुण्य प्रसाद ढुंगेलले गरेका थिए । 







राष्ट्रिय समाचार
भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुर । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ...

कार्तिक १, २०७६
१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

काठमाडौं । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण ...

कार्तिक १, २०७६
एमबीबीएस अध्ययनको शूल्क निर्धारण

एमबीबीएस अध्ययनको शूल्क निर्धारण

काठमाडौं । एमबीबीएस अध्ययनको चिकित्सा शिक्षा आयोगले शूल्क बढाएको छ ।  आर्थिक वर्ष २०७५ मा ...

कार्तिक १, २०७६
राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

काठमाडौँ । असोज २९ गतेदेखि म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्मारको ...

कार्तिक १, २०७६
मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

पर्सा । तेजाव आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवालाई पर्सा जिल्ला अदालतको ...

कार्तिक १, २०७६
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार ...

कार्तिक १, २०७६