कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
मानव कल्याण समाज सेवा घरद्वारा ६० को उद्दार



मानव कल्याण समाज सेवा घरद्वारा ६० को उद्दार

भक्तपुर । भक्तपुर चागुनारायण सातमा रहेको मानव कल्याण समाज ९ सेवा घरले दसैंको समयमा सडकमा कोही पनि बेवारीसे नरहुन भन्ने उद्देश्यले गत भदौ २३ गतेबाट प्रत्येक दिन राती ९ बजेदेखी १२ बजेसम्म सञ्चालन गरिरहेको रात्रीकालिन सडक अध्ययन, अवलोकन तथा उद्दार कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रमबाट ६० जनाको उद्दार गरिएको थियो भने ३५ जनालाई सडकबाट नै परिवारमा फर्काउनको लागि मनोपरामर्श प्रदान गरिएको थियो । ६० जना मध्य १५ जनालाई आफन्त आएर जिम्मा लिएर गएका छन भने ९ जनालाई शनिबार सामुहिक पुनस्थापना गरिएको छ ।

अध्ययन प्रतिबेदन प्रस्तुत कार्यक्रमका बिच महानगरिय प्रहरी परीसर भक्तपुरका प्रमुख सविना प्रधानले फुलको गुच्छा दिदै सडकमा नआउनको लागि परमर्श सहित ९ जनालाई सामुहिक पुनस्थापना गरिएको थियो ।

प्रदेश नं तीनका सांसद प्रतिमा श्रेष्ठ र सरस्वती बाटिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सूर्यबिनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेत, मध्यपुर नगरपालिकाको उपप्रमुख अन्जनादेवी मधिकर्मी, गैर सरकारी सस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाइको आतिथ्यता भएको थियो ।

प्रमुख अतिथीद्वय सांसद प्रतिमा श्रेष्ठले मानवीय कल्याणको कार्यमा भक्तपुरका माथिल्लो निकायबाट पनि साथ दिने हो भने भक्तपुर छिट्टै सडक मानव मुक्त हुनेमा दुई मत नरहेको प्रमुख अतिथीद्वय सांसदले बताइन । उनले मानव कल्याण समाजले सञ्चालन गरिरहेको रात्रीकालिन अभियानमा निरन्तर आफुले पनि साथमा हिडिरहेको जानकारी दिदै यस्तो महान मानवीय कार्यमा प्रदेशबाट भरपुर साथ हुने समेत बताएकी छन् ।

कार्यक्रमका समन्वय समितिका प्रमुख नवराज गेलालले मानव कल्यण समाजको कार्यको उच्च प्रसम्शा गर्दै अब चरण बद्द रुपमा भक्तपुरलाई सडक मानवमुक्त बनाउने अभियानमा लाग्नको लागि समन्वय समिती तयार रहेको बताए । त्यसैगरी,महानगरिय प्रहरी पेरिसर भक्तपुरका प्रमुख सविना प्रधानले यस्ता सडक मानवहरुबाट सोच्नै नसकिने घटनाहरु समेत हुने गरेको र सडक मानवहरु माथिनै दुर्व्यबहार र अपराध पनि हुने गरेकोले केहि गरी भक्तपुरलाई अपराध मुक्त बनाउने हो भने सडक मानवको व्यवस्थापना हुनै पर्ने र मानव कल्याण समाजको उद्दार कार्यको प्रशंसा गर्दै महानगरिय प्रहरी परिसर जस्तो सुकै कठिन अवस्थामा मानव कल्याण समाजको साथमा रहने बताएका छन् ।

कार्यक्रममा प्रतिबेदन प्रस्तुती मानव कल्याण समाजको अध्यक्ष सुमित्रा चौलागाइले गरेकी थिइन ।



राष्ट्रिय समाचार
भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुर । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ...

कार्तिक १, २०७६
१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

काठमाडौं । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण ...

कार्तिक १, २०७६
एमबीबीएस अध्ययनको शूल्क निर्धारण

एमबीबीएस अध्ययनको शूल्क निर्धारण

काठमाडौं । एमबीबीएस अध्ययनको चिकित्सा शिक्षा आयोगले शूल्क बढाएको छ ।  आर्थिक वर्ष २०७५ मा ...

कार्तिक १, २०७६
राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

काठमाडौँ । असोज २९ गतेदेखि म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्मारको ...

कार्तिक १, २०७६
मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

पर्सा । तेजाव आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवालाई पर्सा जिल्ला अदालतको ...

कार्तिक १, २०७६
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार ...

कार्तिक १, २०७६