कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालगन्जको प्रशिद्ध मन्दिर वागेश्वरीमा महाअष्टमी आज मनाईंदै



नेपालगन्जको प्रशिद्ध मन्दिर वागेश्वरीमा महाअष्टमी आज मनाईंदै

साराखबर संवाददाता                              
नेपालगन्ज, असोज गते । देखि घटस्थापनाको आठौं दिन नेपालगन्जको प्रशिद्ध मन्दिर वागेश्वरीमा महाअष्टमीको अवसर पारेर पञ्चवली दिएर आज बिहानै भब्य पुजापाठ गरिएको छ । जिल्ला प्रशासन कार्यालय लगायत बाँकेका सुरक्षा निकायले बागेश्वरी मन्दिरमा आज बिहानै पञ्चवली चढाएर पुजापाठ गरेका छन् । 

पञ्चवली चढाएपछि सर्वसाधारणले आ—आफ्नो भाकल अनुसार बोका र कुखुराको वली दिएर पुजापाठ गरेका छन् । राती १ बजेबाट बोका र कुखुराको वली दिन भक्तालुहरु लाईनमा बसेका हुन् । लाईन धम्बोझी चौक, सुर्खेत रोड र घरबारी टोल पिपल चौतारा देखि बागेश्वरी मन्दिर सम्म लामो लाईन छ । 

आजकै दिन हिन्दु धर्मालम्वीहरुले वागेश्वरी मन्दिरमा वली चढाउन बाँके लगायत छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यान, सुर्खेत, जाजरकोट, दैलेख लगायत छिमेकी मूलुक भारतबाट पनि श्रद्धालु भक्तजनहरु आएर वली चढाउन आउने गरेका छन् । राती १ बजेबाट लाईन बसेर पालो कुरी रहेको बताउछन् जाजरकोटबाट आएका श्रद्धालु इलम शाही । उनले ढिलो गरी वली चढाउने चलनले सर्वसाधारणलाई सास्ती भएको बताए ।
बाँकेको सितापुरबाट आएका मोहनलाल घर्तीमगरले आफू ३ बजेबाट लाईनमा बसेको बताए । उनले छोरा बिदेश गएकाले राम्रो होस भनेर वागेश्वरी मन्दिरमा बोका चढाउन आएको बताए । 
यस्तै बाँके बिलारीबाट आएकी सिता गिरी आफ्ना २ भतिजा बिदेश गएकाले उनीहरुलाई राम्रो होस भनेर वागेशवरी मन्दिरमा बोका चढाउन आएको बताईन् । 

जाजरकोट सुवानाउलीबाट आएका जयनन्द न्यौपाने आफ्नो छोराको नौ ग्रह राम्रो होस र पढाईमा राम्रो होस भनेर भाकल गरेकाले वागेशवरी मन्दिरमा बोका चढाउन आएको बताए ।  
वागेश्वरी मन्दिरमा नव दुर्गा अवधीभर बोका, कुखुरा चढाए आफूले चिताएको र भाकल गरे अनुसारको पुग्ने धार्मिक मान्यता रहेको छ ।

 अरु दिन भन्दा वागेश्वरी मन्दिरमा अष्टमीको दिन भक्तालु श्रद्धालुहरुको बढी घुंईचो रहनुका साथै बढी संख्यामा वली चढाउने प्रचन रही आएको छ । आजकै दिन  वागेश्वरी मन्दिरमा ५ हजार बढी बोका र कुखुराको वली चढाईएको छ ।



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६