कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
बालुवाटारमा टीका थाप्नेका भीड, मन्त्री विष्टले ९ वर्ष पछि आमाकाे हातबाट टीका लगाए



बालुवाटारमा टीका थाप्नेका भीड, मन्त्री विष्टले ९ वर्ष पछि आमाकाे हातबाट टीका लगाए

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाइन् । त्यसपछि उनले आफन्त र सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरे । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट उनले दशैंको टीका लगाएका हुन् ।

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् । बालुवाटारमा आफूले टीका लगाएपछि उनले पत्नी राधिकालाई टीका लगाइदिएका थिए । त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाइदिएका थिइन् ।

भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी थिइन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिइन् । त्यसैगरी प्रधानमन्त्री ओलीले अपरान्ह चार बजेदेखी राति ७ बजेसम्म टीका लगाईदिनु भएको थियो । टीका ग्रहणका लागि पुगेका उच्च पदस्थ अधिकारी तथा सर्वसाधारणको भीडले बालुवाटर पनि खचाखच भएको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले गृह जिल्ला गुल्मी आएर आमाको हातबाट टीका लगाएका छन् । इस्मा गाउँपालिका–४ स्थित घरमा आएर मन्त्री बिष्टले ८९ वर्षीया आमा चिन्ताकला बिष्टको हातबाट टीका, जमरा र आर्शिवाद लिएका हुन् ।

विभिन्न कारणले ९ वर्षपछि मात्रै आमाको हातको टीका लगाउन पाएको मन्त्री विष्टले बताए । उनले आमाको आग्रह अनुसार दशैंको टीका लगाउनका लागि आएको पनि जनाए । बिष्टले आमासँगै दाइ इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको हातबाट पनि टीका लगाए । परिवारसँगै टीका लगाएपछि मन्त्री बिष्टले इच्छुक कार्यकर्ताहरुलाई पनि टीका लगाइदिएका थिए ।

टीका लगाएपछि पर्वहरुले पारिवारिक मेलमिलाप, सद्भाव, भातृत्व बढाउने विष्टले बताए । दशैं पर्व खुसी साट्ने पर्व भएकाले यस्तै खुसी आम नागरिकको मुहारमा सधैभरि ल्याउनका निम्ति सरकार पनि लागि परेको उनले जनाए ।


अमेरिकी राजदूत र्‍याडी बेरीले दसैं मनाए

नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले दसैं मनाएका छन्।


मंगलबार टीका र जमरा ग्रहण गर्दै राजदूत बेरीले दसैं मनाएका हुन्। बेरी सुट र ढाका टोपीमा सजिएका थिए। टीका ग्रहण पश्चात उनले नेपाली भेषभूषा लगाएकासँग फोटो सेसन गरेका थिए।

उनले आफ्ना फोटा ट्वीटरमा सार्वजनिक गर्दृै सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।





राष्ट्रिय समाचार
भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुर । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ...

कार्तिक १, २०७६
१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

काठमाडौं । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण ...

कार्तिक १, २०७६
एमबीबीएस अध्ययनको शूल्क निर्धारण

एमबीबीएस अध्ययनको शूल्क निर्धारण

काठमाडौं । एमबीबीएस अध्ययनको चिकित्सा शिक्षा आयोगले शूल्क बढाएको छ ।  आर्थिक वर्ष २०७५ मा ...

कार्तिक १, २०७६
राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

काठमाडौँ । असोज २९ गतेदेखि म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्मारको ...

कार्तिक १, २०७६
मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

पर्सा । तेजाव आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवालाई पर्सा जिल्ला अदालतको ...

कार्तिक १, २०७६
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार ...

कार्तिक १, २०७६