कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सेल्फी खिच्दा चार जनाकाे मृत्यु



सेल्फी खिच्दा  चार जनाकाे मृत्यु

एजेन्सीकाे सहयाेगमा,

काठमाडाैँ ।  नेपालमा पनि सेल्फी खिच्दा दुर्घटन नभएका हाेइनन् तर दक्षिण भारतकाे तमिलनाडु राज्यमा आइतबार भने सेल्फी खिच्दा ४ जनाकाे मृत्यु भएकाे छ । 

जोखिमपूर्ण ठाउँमा उभिएर सेल्फी खिच्दा दुर्घटना भएर ज्यान गुमाउने क्रम बढेको छ। दक्षिण भारतको तमिलनाडु राज्यमा आइतबार यस्तै घटना भयो। यहाँको एउटा सरोवरमा सेल्फी खिच्दा एक नवविवाहित महिला र परिवारका तीन सदस्यको डुबेर ज्यान गएको द हिन्दु पत्रिकाले लेखेको छ।

उक्त पत्रिकाका अनुसार छ जनाको समूह एकअर्काको हात समातेर पानी जम्मा भएको ठाउँमा सेल्फी खिच्दै थिए। यस क्रममा सेल्फी खिच्ने व्यक्ति पानीमा चिप्लिए। सबैले हात समातेका हुँदा एक जना चिप्लिनेबित्तिकै अरू पनि सँगसँगै तानिए। नवविवाहित महिलाका पति र उनकी बहिनीबाहेक बाँकी चार जना सरोवरमा डुबे।

द हिन्दु पत्रिकाका अनुसार कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी आफन्त भेट्न जाँदा यो दुर्घटना भएको हो।


भारतमा यस्ता सेल्फी दुर्घटना धेरै बढेका छन्। सन् २०११ र सन् २०१७ मा संसारभरि २५९ जनाको सेल्फी खिच्दा मृत्यु भएको उक्त पत्रिकाले लेखेको छ। तीमध्ये आधा मृत्यु भारतमा भएको थियो। भारतपछि रुस, अमेरिका र पाकिस्तान धेरै सेल्फी दुर्घटना हुने देशमा पर्छन्।

भारतको हरियाणा राज्यमा रेल्वे मार्गमा सेल्फी खिच्दा तीन किशोरलाई विपरीत दिशाबाट आएको रेलले ठक्कर दिएको थियो। उता, उडिसामा एक पुरूषले हात्तीसँग सेल्फी खिच्दा ज्यान गुमाएका थिए। उनलाई हात्तीले सुँढले कसेर ज्यान लिएको थियो।



अन्तर्राष्ट्रिय समाचार
फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

मनिला । फिलिपिन्समा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ  भने ...

आश्विन ३०, २०७६
सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने ...

आश्विन ३०, २०७६
साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा ३५ को मृत्यु

साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा ३५ को मृत्यु

रियाद् । साउदी अरेबियामा बुधबार साँझ ७ बजेतिर साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा ...

आश्विन ३०, २०७६
हङकङका लोकतन्त्र पक्षधर नेता शाममाथि सांघातिक आक्रमण

हङकङका लोकतन्त्र पक्षधर नेता शाममाथि सांघातिक आक्रमण

हङकङ । हङकङका लोकतन्त्र पक्षधर नेता सडकमा रगतले लत्पतिएको अवस्थामा भेटिएका छन्  ! सामाजिक सञ्जालमा ...

आश्विन ३०, २०७६
विश्वो चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता फिनिक्सको कार दुर्घटना

विश्वो चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता फिनिक्सको कार दुर्घटना

अमेरिका । चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्स कार दुर्घटनामा परेका छन् । ...

आश्विन २९, २०७६
जापानमा ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु

जापानमा ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु

 काठमाडौँ । जापानमा आएको ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु भएको छ भने २११ जना ...

आश्विन २८, २०७६