कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा फरक रणनीतिका साथ नेपाली सेना



चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा फरक रणनीतिका साथ नेपाली सेना

बडा दशैं, दिपावली, छठ लगायतका विभिन्न चाड पर्वहरुको आगमन सँगसँगै देशमा चोरी तस्करीहरुको कृयाकलाप बढ्ने गर्दछ ।  यही कुरालाई ध्यानमा राख्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको देखिएको हो ।

चाडबाडका बेला सर्वसाधारणको ध्यान रमाइलो गर्नेतर्फ जाने हुँदा यस्तो समयमा वन्यजन्तुमाथि हुनसक्ने खतरा रोक्न सुरक्षामा कडाइ गरिएको निकुञ्जको सुरक्षार्थ खटिएका बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठले बताएका छन् । 

उनी भन्छन््, “बडादशैँ, दीपावलीको अवसरमा संरक्षण कार्य अत्यन्तै चुनौती पूर्ण रहन्छ, सर्वसाधारणको ध्यान चाडबाडमा केन्द्रित हुन्छ, उक्त समयमा चोरी तस्कर सक्रिय हुन्छन्, त्यसैले निकुञ्जको संवेदनशील इलाकाको पहिचान गरी विशेष सुरक्षा योजना सञ्चालन गरिएको छ ।”

 

वन्यजन्तु चोरी, शिकारी र तस्करीमा हुन सक्ने सम्भावित गतिविधिलाई न्यून गर्न बटुकदल गण र निकुञ्जले निकुञ्जको क्षेत्रमा विशेष किसिमको अपरेशन सञ्चालन गर्दै आइरहेको छ ।

हाल निकुञ्जमा सेनाले उच्चस्तरीय प्रविधि सिसीक्यामरा, क्यामरा ट्र्यापिङ, ड्रोन क्यामरा, हात्ती, पैदल, साइकल, मोटरसाइकल, डुङ्गा र रात्रिकालीन एम्बुसको सङ्ख्यामा वृद्धि गरेको छ ।

यस्तै निकुञ्जको अति संवेदनशील क्षेत्रमा तालीम प्राप्त कुकुरका साथै हात्तीको प्रयोग गरी विभिन्न स्थानमा ‘सर्च, स्वीप’को कार्यमा जोड दिइएको छ ।

विगतको उपलब्धिलाई कायम राख्नसमेत चुनौती भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर विशेष टोली परिचालन गरिएको गणपति श्रेष्ठको भनाइ छ ।

 “तस्करको निगरानी त छुट्टै छ, जङ्गलबाट चर्दै बस्ती नजिक आएका वन्यजन्तुको सुरक्षामा समेत टोली रातभर नै खटाइने गरिएको छ, उनले भने । बस्ती नजिक आएका वन्यजन्तुबाट धनजनको क्षति हुने र तस्करले निशाना बनाउन सक्ने भएकाले त्यस्ता वन्यजन्तुका लागि टोली नै परिचालन गरेर रात्रि गस्ती शुरु भएको निकुञ्जले जनाएको छ ।

दुर्लभ एकसिङ्गे गैंँडा र पाटेबाघको मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो । विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका बटुक दल गण र निकुञ्ज कार्यालयका कर्मचारीले निकुञ्जको कडाइका साथ सुरक्षा गरिरहेका छन् । निकुञ्जको अवस्था थाहा हुने गरी दशैँको अवसरमा नेपाली सेनाको ४५ वटा पोष्ट र निकुञ्ज कार्यालयको १३६ वटा पोष्टका सेना र कर्मचारीले निकुञ्जमा ‘स्वीप अप्रेशन’ गरेका थिए ।

निकुञ्जको कसरा, जर्नेली, कछुवानी, सौराहा, खगेन्द्रमल्ली, अम्रिते, सुनाचुरी, वनकट्टा, बोटे सिमरा, बगई र इच्छानगरलगायतका पोष्टबाट निकुञ्जलाई घेरा हाली चुरे ‘अप्रेशन’ गरिएको थियो । सो क्रममा खाना पकाउने चुल्हो, मानिस हिँड्ने बाटो, खानेकुरा फाले नफालेको, सडेगलेका खानेकुरा, जडीबुटी उखेले नउखेलेको, जनावर मरेका जस्ता कुराको सूक्ष्म अध्ययन गरिएको छ ।

निकुञ्जमा दैनिक १५१ साइकल, नौवटा गाडी, १६ मोटरसाइकल, चार कुकुर, १७ वटा पोष्टबाट हात्तीले नियमित गस्ती गरिदै आएको छ । निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँंडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायत पाइन्छन् । निकुञ्जको तथ्याङ्कमा चितवनको पूर्वी क्षेत्रमा मात्रै ६० भन्दा बढी गैँंडा छन् । निकुञ्जमा पछिल्लो गणनामा ६०५ गैंँडा र ९३ पाटेबाघ रहेको तथ्याङ्क छ ।



राष्ट्रिय समाचार
भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुर । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ...

कार्तिक १, २०७६
१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

काठमाडौं । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण ...

कार्तिक १, २०७६
एमबीबीएस अध्ययनको शूल्क निर्धारण

एमबीबीएस अध्ययनको शूल्क निर्धारण

काठमाडौं । एमबीबीएस अध्ययनको चिकित्सा शिक्षा आयोगले शूल्क बढाएको छ ।  आर्थिक वर्ष २०७५ मा ...

कार्तिक १, २०७६
राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

काठमाडौँ । असोज २९ गतेदेखि म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्मारको ...

कार्तिक १, २०७६
मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

पर्सा । तेजाव आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवालाई पर्सा जिल्ला अदालतको ...

कार्तिक १, २०७६
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार ...

कार्तिक १, २०७६