कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
असाेज २५ मा सी जीनपिंगकाे नेपाल भ्रमण तालिका सार्वजनिक



असाेज २५ मा सी जीनपिंगकाे नेपाल भ्रमण तालिका सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले  चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने जानकारी गराएको छ। उनको भ्रमण दुई दिने रहने उल्लेख गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सीले प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछन्। परराष्ट्रले ती सम्झौता र समझदारीबारे भने खुलाएको छैन।


नेपालमा रहँदा सीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। उनी असोज २६ गते स्वदेश फर्कनेछन्।

सन् २०१३ मा चीनका राष्ट्रपति बनेका सी राष्ट्रपतिका रूपमा पहिलो पटक नेपाल आउन लागेका हुन्। उनको भ्रमणको तयारीस्वरूप एक महिनाअघि विदेश मन्त्री वाङ यी काठमाडौं आएका थिए। नेपालले उत्तरी छिमेकीका राष्ट्रप्रमुखलाई स्वागत गर्न काठमाडौंमा सरसफाइ र सिंगारपटार गरिरहेको छ।

सी भारत हुँदै नेपाल आउन लागेका हुन। सी काठमाडौं उत्रनुअघि भारतको चेन्नई नजिकैको ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच दुई दिने अनौपचारिक समिट हुँदैछ।

No photo description available





अन्तर्राष्ट्रिय समाचार
फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

मनिला । फिलिपिन्समा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ  भने ...

आश्विन ३०, २०७६
सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने ...

आश्विन ३०, २०७६
साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा ३५ को मृत्यु

साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा ३५ को मृत्यु

रियाद् । साउदी अरेबियामा बुधबार साँझ ७ बजेतिर साउदी अरेबियामा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा ...

आश्विन ३०, २०७६
हङकङका लोकतन्त्र पक्षधर नेता शाममाथि सांघातिक आक्रमण

हङकङका लोकतन्त्र पक्षधर नेता शाममाथि सांघातिक आक्रमण

हङकङ । हङकङका लोकतन्त्र पक्षधर नेता सडकमा रगतले लत्पतिएको अवस्थामा भेटिएका छन्  ! सामाजिक सञ्जालमा ...

आश्विन ३०, २०७६
विश्वो चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता फिनिक्सको कार दुर्घटना

विश्वो चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता फिनिक्सको कार दुर्घटना

अमेरिका । चर्चित हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्स कार दुर्घटनामा परेका छन् । ...

आश्विन २९, २०७६
जापानमा ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु

जापानमा ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु

 काठमाडौँ । जापानमा आएको ‘हागिबिस’ आँधीका कारण ५८ जनाको मृत्यु भएको छ भने २११ जना ...

आश्विन २८, २०७६