मंसिर ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा



१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

काठमाडौं । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा  सभापति शेरबहादुर देउवा बोल्दै आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षडयन्त्र गरेको बताएका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमको प्रक्राउलाई कांग्रेसविरुद्धको षडयन्त्र भन्दै देउवाले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए ।

कार्यक्रममा उनले भने, ‘कम्युनिस्ट र कांग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, कांग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिस्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई राम्रो गरेर जनताको मन जित्न निर्देशन दिए ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए । उनले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए 

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यम समेत षडयन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको र पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना भएको बताए ।

कांग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए । 

प्रशिक्षण शनिबार सम्पन्न हुने कांग्रेसले जनाएको छ ।



राष्ट्रिय समाचार
मोहमद अफताब आलम पुर्पक्षका लागि थुनामा

मोहमद अफताब आलम पुर्पक्षका लागि थुनामा

काठमाडाैँ । संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद ...

कार्तिक २९, २०७६
भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

काठमाडाैँ । अनेरास्ववियूका सचिवालय सदस्य तथा नेकपाका युवानेता जेनिस दाेङले राज्यकाे कुटनीतिक तह वा कुनै ...

कार्तिक २७, २०७६
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ...

कार्तिक २७, २०७६
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको ...

कार्तिक २६, २०७६
महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की  श्रीमती भनिने शारदा पाण्डे पक्राउ

महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की श्रीमती भनिने शारदा पाण्डे पक्राउ

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । ...

कार्तिक २५, २०७६