कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत



भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुर । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको नाम संसारभर फिँजाउने कार्यमा सवैको हातेमालो भइरहेको बताएका छन् ।

सांसद बस्नेतले भक्तपुर विकास र समृद्धिको फुलवारीको रुपमा स्थापीत गर्दै जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाहरु एक ढिक्का भई अघि बढेको बताउँदै एकता र सहकार्य नै भक्तपुरको समृद्धिको आधार भएको उल्लेख गरेका छन् । 

उक्त कार्यक्रममा सुस्त मनस्थिति, कल्याण बिद्यालयका वौद्धिक आपङ्गता भएका बालबालिकाहरुलाई स्कुल ब्याग, ब्ल्याङकेट,वितरण गरिएको थियो भने जेष्ठ नागरीकहरुलाई पनि ब्ल्याङकेट वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले संस्थाको तर्फबाट उक्त सामाग्री वितरण गरेका थिए । उनले सुस्त मनस्थिति अपाङ्गता भएका मानिसहरु संबिधानले दिएका मौलिक हकबाट बन्चित हुन नहुने बताए  । 

समाजमा पछि परेका बर्गलाई राज्यको मुलधारमा ल्याउने दायित्व सरकार र नागरिक समाजको हो र सरकार एक्लैको पहलबाट संबिधानले दिएका हक अधिकार बिशेष बर्गका नागरिकले प्राप्त गर्न नसक्ने बताउँदै यसमा सामाजिक संस्थाको सहयोग अपरिहार्य रहेको उनले बताएका छन् ।

जागिरे मानसिकताले कार्यालय समय मात्र ख्याल गर्ने र सरकारी काम कैले जाला घाम जस्तो मानसिकता पाल्ने तर समाजसेवी भावनाले समयको ख्याल नगरी परोपकारी कामलाई महत्व दिने गरेको उनले बताए । उनले सुस्त मनस्थिति अपाङगता भएका मानिसहरु शिक्षाबाट बन्चित हुन नपरोस भनेर नेपाल सरकारले यसलाई कार्यान्यन गर्ने सन्दर्भमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालएले विविध कार्यक्रमहरु ल्याएको बताएका छन् । 

उनले राज्यले दिने सेवा सुविधाहरुलाई सहज ढङगले लिने वातावरण बनाउने दायित्व राज्यको हो र एउटा फरक पहिचान र छुटै अस्तित्व लिएर जन्मिएका वौद्धिक अपाङगता भएका मानिसहरु समाजमा धेरै रहेको बताउँदै त्यस्ता मानिसहरुलाई राज्यले प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा अन्तराराष्ट्रिय फिड फाउण्डरका संस्थापक मातृ जि ,नेपालमा रहेको संस्था फिड नेपालकी अध्यक्ष आयुसा जान्छे ,भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुस्करराज बुढाथोकी ,गैर सरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा बर्जगाई , हिमाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिज्ञान राई,यो.यो.ब्यैङकेटका सञ्चालक श्रीभक्त कासिछ्वा ,समाजसेवी तथा नेकपाका नेता रोमन सिलाकार लगाएतको उपस्थित रहेको थियो । 

कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारीको सम्मान रितु सिल्पकारलाई गरिएको थियो । फिड नेपालले सम्पुर्ण अतिथिहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरेको थियो ।

सुर्यविनायकमा रहेको यो.यो.ब्यैङकेटमा उक्त कार्यक्रम भएको थियो ।



राष्ट्रिय समाचार
भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

काठमाडाैँ । अनेरास्ववियूका सचिवालय सदस्य तथा नेकपाका युवानेता जेनिस दाेङले राज्यकाे कुटनीतिक तह वा कुनै ...

कार्तिक २७, २०७६
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ...

कार्तिक २७, २०७६
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको ...

कार्तिक २६, २०७६
महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की  श्रीमती भनिने शारदा पाण्डे पक्राउ

महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की श्रीमती भनिने शारदा पाण्डे पक्राउ

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । ...

कार्तिक २५, २०७६
आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

काठमाडाैँ ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। मन्त्री हेरफेरको चर्चा चल्दै ...

कार्तिक २५, २०७६
कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः   प्रदेश सांसद रत्न ढकाल

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः प्रदेश सांसद रत्न ढकाल

काठमाडाैँ । २०७२ सालमा ''राष्ट्रिय जागरण'' अभियानकाे नेतृत्व गर्दै अखिल नेपाल क्रान्तिकारी अध्यक्षकाे हैसियतमा रत्न ...

कार्तिक २४, २०७६