कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
मिडिया हबद्धारा सक्किगोनीको टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी



मिडिया हबद्धारा सक्किगोनीको टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी

काठमाडौं ।  नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला सक्किगोनीको टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ ।

मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा कपिराइटको उजुरी दर्ता गरेको हो । यसअघि पनि मिडिया हबले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै उसले प्रहरीमा उजुरी गरेको बुझिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुले यस विषयमा छलफल गर्न कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को समूहलाई बोलाएको छ ।

कलाकार अर्जुन घिमिरेले आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै आफूहरुविरुद्ध कपिराइटको उजुरी हालेको उनले पुष्टि गरे ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले सक्किगोनीको टिम विरुद्ध आफ्ना क्यारेक्टरहरुको प्रयोग गर्न रोकियोस भनेर उजुरी हालेको बताएका छन् । उनले भने ती सबै क्यारेक्टर आफूहरुको सिर्जना भएकाले मिडिया हबले कुनै दाबी गर्न नमिल्ने प्रष्ट पारे ।

यसअघि भद्रगोलमा काम गरेका जिग्री–पाँडेको समूहले हास्य टेलिश्रृंखला सक्किगोनी निर्माण थालेका थिए । भद्रगोल टिमबाट छुट्टिएर जिग्री–पाँडे समूहले अर्को टेलिश्रृंखला निर्माण गरेपछि मिडिया हबसँगको सम्बन्ध चिसिएको थियो ।




कलाशैली
तेमाल काेर्वाः फूलमान बल

तेमाल काेर्वाः फूलमान बल

जानकारीका लागि कान्तिपुर दैनिकबाट साभार, झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू ...

कार्तिक २६, २०७६
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं ...

कार्तिक २४, २०७६
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ:  राष्ट्रपति विद्यादेवी भण्डारी

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ: राष्ट्रपति विद्यादेवी भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले ...

कार्तिक २१, २०७६
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर ...

कार्तिक १८, २०७६
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । ...

कार्तिक १४, २०७६
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ,  काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. ...

कार्तिक १३, २०७६