कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
के म राम्री छु र ? : माेडल निरन्जली लामा



के म राम्री छु र ? : माेडल निरन्जली लामा

काठमाडाैँ । सेलो म्युजिक भिडियोमा नयाँ अनुहारका रुपमा देखा परेका निरन्जली लामा अहिले सबैको नजरमा पर्न सफल भएकी छिन् । 

यही कार्तिक ९ गते ङाला लिला गुङरी च्यागो यूट्युबमा सार्वजनिक हुँदैछ। बिहिन लामा र जितु लोप्चनको स्वर रहेको उक्त म्युजिक भिडियोमा मोडल निरन्जली लामा र नव मोडल हेमन्त लामाले अभिनय गरेका छन् । छोर्वाला काई गेताङको यो पहिलो म्युजिक भिडियो हो । 

गायक शेखर तामाङको “सान्नानी किन हो किन?” म्युजिक भिडियोबाट डेब्यु गरेकी उनीले  चर्चित गायक राजु लामाको “घर मेरो पुर्व” म्युजिक भिडियोबाट चर्चा कमाएकी हुन् । त्यसपछि भने निरञ्जलीले आजसम्म पछि फर्केर हेर्नु परेकोे छैन । 

छोटो समयमा सबैको नजरमा पर्न सफल मोडल निरन्जली लामासँग सारा खबरले छोटो संवाद गरेको थियो । संवादका क्रममा उनले आफू सिंगल नै रहेको बताएकी छिन् । 

सेलो म्युजिक भिडियोमा उदाउने र अस्ताउनेहरुको यहाँ कुनै गन्ती नै छैन तर मोडल निरन्जली लामा भने मासिक कम्तिमा ४ वटा म्युजिक भिडियोमा व्यस्त रहने गरेकी छिन् । 

''जुन पायो त्यही गीतमा अभिनय गर्ने हो भने मैले महिनामा १० वटा म्युजिक भिडियोहरुमा अभिनय गर्न सक्छु तर म म्युजिक भिडियो छानेर मात्र खेल्ने गर्छु त्यसैले महिनाको ४, ५ वटा मात्र हुन्छ'' संवादको क्रममा उनीले बताइन् ।

अहिले उनी बौद्धमा बुटिक संचालनको तयारीमा छिन् । मोडलिङबाट जीवन जिउन गाह्रो भयो ? भन्ने प्रश्नमा उनी हाँस्दै भन्छिन् “होइन, बरु मोडलिङबाट कमाएको पैसालाई सदुपयोग गर्नका लागि चाहिंँ बुटिक खोलेको हो ।” उनीले हाँस्दै प्रश्नको उत्तर दिईन् ।





हुन त मोडल निरन्जली लामाले खेलेको कुनै पनि म्युजिक भिडियो असफल भएको छैन ।  

संवादकै क्रममा उनीले बताइन् “मलाई फिल्म खेल्नका लागि अफर नआएको होइन तर म फिल्म खेल्दिन , म म्युजिक भिडियोमा निर्देशकको रुपमा काम गर्न चाहन्छु । यो मेरो पहिलादेखिको सपना पनि हो ।”

करिब डेढ वर्षको अन्तरालमा दुई सय भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी निरन्जली लामा तामाङ गीत, संगितको क्षेत्रमा मात्र हाेइन आम नेपाली सांगितिक क्षेत्रमा नै प्रबल सम्भावना बाेकेकी माेडल हुन् ।

यत्ति धेरै  राम्री हुनुकाे कारण के हाेला ? भन्ने हाम्रो प्रश्नमा हांँस्दै प्रतिप्रश्न गर्छिन्, ' के म राम्री छु र ?' बाँकी के के कुरा भए जान्न भिडियाे हेर्नु हाेला ।  

((https://youtu.be/kzAtFDsDW3c))





कलाशैली
तेमाल काेर्वाः फूलमान बल

तेमाल काेर्वाः फूलमान बल

जानकारीका लागि कान्तिपुर दैनिकबाट साभार, झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू ...

कार्तिक २६, २०७६
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं ...

कार्तिक २४, २०७६
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ:  राष्ट्रपति विद्यादेवी भण्डारी

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ: राष्ट्रपति विद्यादेवी भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले ...

कार्तिक २१, २०७६
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर ...

कार्तिक १८, २०७६
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । ...

कार्तिक १४, २०७६
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ,  काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. ...

कार्तिक १३, २०७६