कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
‘ह्याप्पी तिहार, चिसो बियर’ हटाएपछि दुर्गेश थापा छुटे



‘ह्याप्पी तिहार, चिसो बियर’ हटाएपछि दुर्गेश थापा छुटे

काठमाडौं । तिहारको अवसर पारेर बजारमा ल्याएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ विरुद्ध उजुरी परेपछि गायक दुर्गेश थापा आफ्नै गाडीमा प्रहरी परिसर पुगेका थिए । 

सम्पर्कमा आएका थापालाई महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सहकुल थापाले नियन्त्रणमा लिएको बताएका थिए ।

प्रहरीको नियन्त्रणमा रहेका गायक थापाले परिसरभित्रै मोबाइलबाट गीत डिलिट गरेपछि छुटेका छन् । 

उनका अनुसार प्रहरीले उनलाई गीतमा प्रयोग भएको ‘बियर’ र ‘गाँजा’ जस्ता शब्द हटाएर पुनः अपलोड गर्न अनुमति दिएको छ ।

गायक थापाले भने,‘कानूनबाट भाग्न सकिँदैन, जहाँ भए पनि समाउँछ, खासमा यो ठूलो इस्यु पनि थिएन, मिडियामा यो समाचार ठूलोजस्तो बनेर आयो ’। ‘काम गर्दै जाँदा कहिलेकाहीँ खुट्टा लरखराउँछ, त्यो गल्ती स्वीकार्नुपर्छ,’ उनले भने ।

गायक थापाले आफू गाडी लिएर प्रहरी परिसर पुगेको तर मिडियामा बालाजुबाट पक्राउ गरिएको भन्ने समाचार आएको गलत भएको बताए । 

यो घटनाले आफू थप सचेत भएको गायक थापाको भनाइ छ । प्रहरीले आफूलाई गाँजा शब्दको खुलेआम प्रचार नगर्न भनेको र आफूले अबका दिनमा थप सचेत बन्दै संगीत सिर्जना गर्ने बताए ।

‘उहाँहरुले गाँजा शब्दलाई खुलेआम प्रचार गर्न पाइँदैन, गीतका शब्द हटाएर पुनः अपलोड गर्नुस् भन्नुभयो,’ उनले भने, ‘मैले ती शब्द हटाएर चौबीस घण्टाभित्र अपलोड गर्छु ।’



कलाशैली
तेमाल काेर्वाः फूलमान बल

तेमाल काेर्वाः फूलमान बल

जानकारीका लागि कान्तिपुर दैनिकबाट साभार, झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू ...

कार्तिक २६, २०७६
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं ...

कार्तिक २४, २०७६
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ:  राष्ट्रपति विद्यादेवी भण्डारी

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ: राष्ट्रपति विद्यादेवी भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले ...

कार्तिक २१, २०७६
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर ...

कार्तिक १८, २०७६
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । ...

कार्तिक १४, २०७६
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ,  काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. ...

कार्तिक १३, २०७६