कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ



आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ, 

काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. डब्लु. एफ. नेपालकाे वरिष्ठ प्रबन्धक निर्देशक हुनुहुन्छ । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा लाेप्चनकाे निम्ताेलाई स्वीकार गर्दै उहाँ काभ्रे, तेमालकाे बाेल्दे-फेदिचेसम्मकाे यात्रामा निस्कनु भएकाे रहेछ । 

कार्तिक ८ गते शुक्रबार नेपाल कम्युनिष्ट पार्टी काभ्रेले आयाेजना गरेकाे तिहारकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अनि  ''सारथी'' संस्थाले आयाेजना गरेकाे कार्यक्रम सकेर बनेपामा म डब्लु. डब्लु. एफ. नेपालका निर्देशक डा.  गुरूङ र उहाँकाे जिवन संगिनी अनिता लामाकाे प्रतिक्षामा थिएँ ।  करिब ३ बजेतिर उहाँहरू बनेपामा आईपुग्नु भएकाे थियाे । 

बनेपामा भेट हुना साथ अनिता दिदीले बाटाे कस्ताे छ ? भन्दै प्रश्न गर्नु भयाे । तर निर्देशक गुरूङले ''भाई हामी ६ बजे त पुग्छाैँ हाेला नी ?"। केवल मैले टाउकाे मात्र हल्लाए । 

डा. गुरूङसँगकाे याे मेराे चाैथाे  भेट हाे । तर उहाँसँग नजिकिएर बाेलचाल गर्ने गर्न पाउने अवसर मिलेकाे थिएन। तेमालकाे यात्राले मलाई उहाँसँग नजिक हुने अवसर मिलाई दियाे । मैले मनमनै पर्यटन व्यवसायी तथा समाजसेवी लामा, अमेरिकामा होटल व्यवसाय संचालन गर्दै आएका युवा व्यवसायी सलाम सिं तामाङ लाेप्चनलाई धन्यवाद दिएँ । 

अति नै मिलनसार अनि ठट्टा गरि रहनु पर्ने डा. गुरूङकाे गफमा भुलिदै पाँचखाल पुगेकाे नै पत्तै भएनछ । तामाघाटबाट हामी तेमालका लागि बाेहरे दाेभानकाे कच्ची बाटाे हुँदै हुँइकियौं । अब भने म उहाँहरूका लागि गाइडकाे रूपमा प्रस्तुत हुन थालेँ । तामाघाट देखि सुनकाेशिकाे तिरै तिर हुँदै बाेल्देफेदिचेसम्मकाे यात्रामा आवश्यक जानकारीहरू दिँदै साँझ पाँचबजे हामी बाेल्देफेदिचेमा पुग्याैँ । 

तेमालकाे अन्तिम राजा ह्रिन्जेन दाेर्जेलाई मीत लगाउने निहुँ गरी हत्या गरेकाे स्थान, राजा ह्रिन्जेन दाेर्जेकाे औंला र घाटी काटेकाे ठाउँकाे कथा उहाँले ध्यान दिएर सुन्नु भयाे । 

अनिता दिदीले मलाई बेला-बेलामा गाेठपानी जाने पुल कता हाे ? भन्दै प्रश्न गर्नु हुन्थ्याे । म अलि तल छ भन्दै सुनकाेशि तिर औंला  देखाएर पच्वारघाटकाे पुल देखाउने दुश्साहस गरि रहन्थे । 

सुनकाेशिकाे तिर अनि पाखा पखेरामा हरियाली वन जंगल देखेर उहाँले मलाई यता पनि बाघ आउँछ ? भनेर साेध्नु भयाे । 

Image may contain 2 people including Tilak Lama Lopchan people smiling people standing mountain sky outdoor water and nature

''अहिले गाउँघरमा काम गर्ने युवाहरू नै छैन । प्राय सबै बिदेशमा छन् । त्यसकारणले वन-जंगल बढेकाे छ । अनि बाघ पनि आउँछ ।'' मेराे कुरा नटुङ्गिदै उहाँ बेस्सरी हाँस्नु भयाे । 

''याे त एलपि ग्याँसकाे कमाल हाे भाई । नेपालमा अहिले एलपि ग्याँस धेरै प्रयाेग भएकाे छ । अनि कुलमान घिसिङकाे कारणले पनि हाे ।अहिले लाेडसेडिङ हुँदैन । त्यसकारणले जंगलकाे बृद्धि भएकाे हाे । हामीले सन् २०२२ सम्ममा बाघकाे संख्या दाेब्बर बनाउने याेजना बनाएका छाैँ । सफल हुन्छ जस्ताे छ ।'' यात्राकाे क्रममा उहाँले याे खुशीकाे कुरा सुनाउनु भयाे । जहाँ गएपनि आफ्नाे लक्ष्य प्रति साेचि रहने उहाँकाे याे बानी मलाई साह्रै मन पर्याे । तर याे देशकाे राजनीतिक पद्धति प्रति भने असन्तुष्टि पाेख्नु भयाे । 

बाेल्देमा पुगेपछि हामीलाई ७८ वर्षीय सासु आमा, पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा लाेप्चन, युवा व्यवसायी सलाम सिं तामाङ लाेप्चन, राेजीना लामा, असली माया (मेराे प्यारी साली कृपा लामा) , रमिला लामा, अमिता लामा, नक्कली माया ( मेराे प्यारी छाेरी छाेइसाङ) ले स्वागत गर्नु भयाे । 

माथिल्लाे मुस्ताङ हुँदै स्वीजरल्याण्डमा नेचुरल साइन्समा पि. एच. डी. सकेर कहिले चितवन निकुञ्जमा, कहिले काेशी टापुमा भने कहिले चारकाेशे झाडीमा लुकेर बसेकाे बाघ खाेज्दै हिँड्ने डा. गुरूङलाई तेमालकाे यात्रा नाैलाे नलागे पनि ठाउँ नाैलाे लागेछ । किन भने गुरू रेम्पाेछेले ध्यान गरेकाे स्थान ''तेमाल'' कस्ताे छ ? देख्न उहाँलाइ आत्तुर नै रहेछ । उहाँले यात्राकाे क्रममा धेरै ठाउँमा पानीको अवस्था कस्ताे छ ?  भनेर साेध्नु भएकाे थियाे । मैले बृहत तेमाल खानेपानीकाे बारेमा जानकारी दिँदै चाँडै पानीकाे समस्या समाधान हुने जानकारी दिएर जिज्ञासा मेटाउन खाेजेको थिएँ । 

सुनकाेशिकाे तिरमा लहलह झुलेकाे धान खेत, मध्य लाेकमार्गले कुरूप बनाएकाे गाउँ, अनि विकासकाे नाममा जतासुकै काेतरिएकाे गाउँकाे उहाँले पर्यटन व्यवसायी तथा समाजसेवी लामाकाे सामु प्रशंसा गर्न चुकेनन् , लामा भने मुसुमुसु हाँस्दै उहाँलाई सत्कार गरिरहनु भएको थियो । 

पर्यटन व्यवसायी, प्रकृतिविद् , युवा व्यवसायी, पत्रकार अनि अन्य पारिवारिक सदस्यहरू,  लाग्छ हामी कतै टाढा हाेल-नाइटका लागि क्याम्प फायर गरिरहेका छाैँ ।

Image may contain 5 people including Neelam Lama Salam Singh Lama Bokchyo Dolmo Dong and Tilak Lama Lopchan outdoor 

बरिष्ठ प्रबन्धक निर्देशक डा. गुरूङ मादल बजाउँदै ''वारि जमुना पारी जमुना'' को भाकामा गीत गाउन थाले । पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा लाेप्चन अनि युवा व्यवसायी सलाम सिं तामाङ लाेप्चन कम्मर मर्काउदै नाँच्न थाले । ७८ वर्षे सासु आमा घरकाे बलेसीमा बसेर थपडी बजाउन थाल्नु भयो । अनिता दिदी र निलम दिदी हातमा गिलास बाेकेर युवा व्यवसायी सलाम सिं तामाङसँग नाँच्न प्रतिस्पर्धा गर्दै थिए । 







शनिबार ९ गते साँझकाे माहाेल साँच्चिकै पारिवारिक उत्सवले भरिएकाे थियाे । भाई निरज, भान्जि राेजि खसीकाे बारबीक्यु बनाउन व्यस्त थियाे । भाई निरजले मिठाे स्वादमा मासुकाे परिकार तयार गरेकाे हुनाले उनकाे सबैले प्रशंसा गरेका थिए । निरज लामा फिट्नेस तथा स्पा सम्बन्धी नेपालका राम्रा प्रशिक्षकहरु मध्ये एक हुन् । उनी ज्यास्मिन फिट्नेस तथा स्पाका संचालक पनि हुन् । 

यही उत्सव मनाउनका लागि युवा व्यवसायी सलाम सिं तामाङ लाेप्चन अमेरिकाकाे अलबामा देखि ७८ वर्षिय आमालाई लिएर एक महिनाकाे बिदामा नेपाल आउनु भएकाे थियाे । 


''आमाको खुसी नै परिवारकाे खुशी हाे । मेराे निम्ताेलाई स्वीकार गरेर तपाई पाल्नु भयाे । आजकाे याे माहाेल सायद अब मैले पुनः दाेहाेर्याउन सकिदैन हाेला । त्यसका लागि तपाई  लगायत सबैलाई धेरै धेरै धन्यवाद ।''   ''वारी जमुना पारी जमुना'' गीतमा नाँच्दै बरिष्ठ प्रबन्धक निर्देशक डा. गुरूङलाई पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा लाेप्चन धन्यवाद सुनाइ रहनु भएकाे थियाे । 

''हाे हामीले सब थाेक किन्न सक्छौँ तर आमाको खुशी किन्न सक्दै्नौँ । यदि सलाम भाईले चाहेकाे भए अमेरिकाकाे लसभेगसमा एक्लै आनन्द लिन सकिन्थ्यो । अनि तपाई बेलायतकाे कुनै टप फाईव स्टारमा गएर याे पल बिताउन सक्नु हुन्थ्याे तर याे खुसी मिल्न सकिदैन थियो। साे तिलक जी तपाईलाई धेरै धेरै धन्यवाद । मेराे जीवनकाे एक महत्वपुर्ण अवसर मध्य याे पनि एक हो । यो अवसरलाई म कहिले भुल्न सक्दिन ।'' बरिष्ठ प्रबन्धक निर्देशक डा. गुरूङले खुसीका आवाजहरू व्यक्त गरिरहे । 

जर्मनीमा ‘नमस्ते स्टिफ्टुङ’ नामक जर्मनी संस्थाकाे सहयाेगमा निर्माण भएकाे बोल्दे गाउँको ‘हेल्थ सेन्टर’ निर्माणमा पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा लाेप्चनले पुर्याएकाे याेगदानकाे बारेमा  बरिष्ठ प्रबन्धक निर्देशक गुरूङले खुलेर प्रशंसा गरेका थिए।

तेमालमा सुविधा सम्पन्न भने पनि अभाव  भै परेकाे अवस्थामा राम्राे अस्पताल भनेकाे नै त्यही ''हेल्थ सेन्टर'' हाे । अहिले त्यहाँ आवासीय डाक्टर, नर्ससहित, ल्याब, भिडियो एक्सरे र एक्सरे मेसिन लगायत सुविधा छ। स्वास्थ्य केन्द्रका चार भवन छन्। 

गाउँका चार विद्यालयमा पढ्ने सय विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ। अनि एक दशकदेखि निजी स्रोतका ९ शिक्षकलाई तलब व्यवस्था मिलाइएको छ। विद्यालयहरूमा आधुनिक भवन बनाइएको छ। यसबाहेक सिन्धुपाल्चोकको मानेखर्क र काभ्रेकै ढुँखर्कमा सञ्चालित स्वास्थ्य केन्द्रमा पनि स्टिफ्टुङकै सहयोग छ। यी सबै कार्यमा पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा लाेप्चनकाे ठुलाे याेगदान छ । 

अब ‘नमस्ते स्टिफ्टुङ’ कै सहयाेगमा  ‘छात्रवृत्तिमा पढेकाहरूलाई एसइईपछि सीपमुलक तालिम दिलाउने केन्द्र  र  ‘गाउँलाई एउटा एम्बुलेन्स पनि किन्ने योजना रहेकाे लामाले संवादकाे शिलशिलामा जानकारी दिनु भयाे । 

डब्लु डब्लु एफ नेपालकाे बरिष्ठ प्रबन्धक निर्देशक डा. गुरूङकाे मादलकाे तालमा गीत गाउन सक्ने कला, युवा व्यवसायी सलाम सिं तामाङ लाेप्चनकाे झ्याउरे भाका, पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा लाेप्चनकाे ''वारी जमुना पारी जमुना, जमुनाकाे फेदैमा मनकामना'' गीतमा नाँचेकाे नृत्य अनि ७८ वर्षीय सासु आमाकाे तामाङ भाकाकाे सेलाे गीत याे यात्रामा कहिले बिर्सन नसक्ने क्षण हाे ।
 

सुर्यकाे आयु एक दिनकाे 
मान्छेकाे आयु एक छिनकाे 
घामै लाग्याे गमाइलाे 
गरेर राखाैं रमाइलाे 
साँचरी बाेक्ने नाेलमा 
एक फेर लिने चाेलामा-२ 

७८ वर्षीय सासु आमाले गाउनु भएकाे तामाङ सेलाे अहिले पनि कानमा गुन्जिरहेकाे छ । सायद डब्लु डब्लु एफ नेपालका वरिष्ठ प्रबन्धक निर्देशक डा. गुरूङकाे कानमा पनि गुन्जिरहेको हाेला । 

कार्तिक १० गते समुन्द्री सतह देखि करिब १७ सय मिटर माथि ''तेमाल'' पुग्दा डब्लु. डब्लु. एफ. नेपालका वरिष्ठ प्रबन्धक निर्देशक डा. गुरूङले मुस्ताङ सम्झे ।

''सुनकाेशि र राेशीकाे संगम स्थल तेमाल साँच्चिकै स्वर्ग रहेछ । पर्यटन वर्ष २०२० मा यहाँ धेरै भन्दा धेरै पर्यटन भित्र्याउनका लागि हामी सबै मिलेर पहल अनि प्रचार-प्रसार गर्नु पर्छ ।'' निर्देशक डा. गुरूङले माला जप्दै यसाे भनिरहँदा अनिता दिदीले राजा ह्रिन्जेन दाेर्जेकाे दरबार चाँहि कता छ त भाइ ? भनेर साेध्नु भयाे । 

''दिदी राजा ह्रिन्जेन दाेर्जेकाे दरबार त छैन । तर इट्टाकाे भग्नाशेषहरू चाँहि छ । अहिले याे नमाेबुद्ध नगरपालिकामा पर्छ ।'' मैले मन खिन्न पारेर जवाफ फर्काए । किन नी ? म नतमस्तक भएर सुनिरहेँ । 


यात्राकाे क्रममा निर्देशक डा. घनश्याम गुरूङले साेधि रहेकाे गुम्बा अनि गुरू रेम्बाेछे दर्शन पछि हामी ताेम्सुङ कुण्डकाे दर्शन गरी तेमालकाे यात्रालाई अविस्मरणीय बनाउँदै काठमाडाैँ तिर हुँइकि्यौँ । त्यत्ति बेला उहाँले सानाे उमेरमा उपल्लाे मुस्ताङमा  लामा ज्ञान सिकेकाे कुरा सुनाउनु भयाे । 

वास्तबमा डब्लु. डब्लु. एफ. नेपालका बरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ, पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा लाेप्चन हाम्राे समाजका एक उदाहरणीय प्रतिनिधि पात्र हुन् ।  जस्ले आफुलाई चिनाउँदैनन् तर समाजको हितका लागि रातदिन काम गरिरहेका हुन्छन् । 


    



कलाशैली
तेमाल काेर्वाः फूलमान बल

तेमाल काेर्वाः फूलमान बल

जानकारीका लागि कान्तिपुर दैनिकबाट साभार, झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू ...

कार्तिक २६, २०७६
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं ...

कार्तिक २४, २०७६
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ:  राष्ट्रपति विद्यादेवी भण्डारी

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ: राष्ट्रपति विद्यादेवी भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले ...

कार्तिक २१, २०७६
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर ...

कार्तिक १८, २०७६
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । ...

कार्तिक १४, २०७६
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ,  काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. ...

कार्तिक १३, २०७६