कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण



नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । डम्फु मिडिया हाउँस प्रा लिकाे प्रस्तुतिमा नायक तथा माेडल अमिर दाेङले धेरै म्युजिक भिडियाेहरू खेलेका छन् । तामाङ चलचित्रमा नायक अमिर दाेङ एक सफल पात्र हुन् भन्दा फरक नपर्ला ।
 
अब नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू भएकाे छ । प्राप्त जानकारी अनुसार मंसिर २० गते देखि नायक अमिर दाेङले अभिनित नेपाली कथानाक चलचित्र ''सुर्य किरण'' नेपाली चलचित्र बजारमा आउँदै छन् । 

नेपाली चलचित्रमा राम्रै पहिचान कमाएका के के अधिकारीकाे साथमा नायक अमिर दाेङ नेपाली चलचित्र क्षेत्रमा उदाउन खाेजेका छन् । 

तामाङ चलचित्र क्षेत्रमा उनलाई धेरैले महानायककाे रूपमा पनि तुलना गर्ने गरेका छन् । हुन त नायक अमिर दाेङले तामाङ चलचित्र जगतमा धेरै याेगदान पुर्याएका छन् । उनले खेलेका धेरै तामाङ चलचित्रहरू अहिले पनि तामाङ समुदायमा चर्चित नै छन् । 

मंसिर २० गते देखि ''सुर्य किरण'' चलचित्र नेपाली चलचित्र हलहरूमा लाग्ने भएकाछन् । नेपाली चलचित्र ''सुर्य किरण''काे युटुबमा ट्रेलर पनि सार्वजनिक भैसकेकाे छ । अब नेपाली चलचित्र क्षेत्रमा नायक अमिर दाेङले सफलता प्राप्त गर्न सक्ला ? नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू भैसकेकाे छ । 

याे चलचित्रमा सविन श्रेष्ठ, मेलिना चेपाङ, केकी अधिकारी र रन्जित तामाङ, हाँस्य कलाकार कुइसाङ रूम्बाकाे राम्रै अभिनय रहेकाे देख्न सकिन्छ भने अति सिमान्तकृत एवं अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो पटक मेलिना चेपाङले नेपाली चलचित्र ''सुर्य किरण'' निर्माण गरेकी हुन् । उनले यस अघि चेपाङ जातिको भाषा, संस्कृतिमा आधारित  म्युजिक भिडियोहरू निर्माण गर्दै आइरहेकी थिइन् । 


''सुर्य किरण'' नेपाली कथानक चलचित्रमा तामाङ सँस्कृतिकलाई चिनाउन भने सफल भएकाे ट्रेलरमा देख्न सकिन्छ । केकी अधिकारीलाई तामाङ ड्रेसमा साँच्चिकै राम्री देखेकी छिन् । 

नेपाली चलचित्र क्षेत्रमा ''सुर्य किरण'' सफल भएमा अमिर दाेङलाई तामाङ चलचित्र क्षेत्रले दिएकाे महानायककाे उपाधि त्यसै दिएकाे हाेइन रहेछ भन्ने प्रमाणित हुने छन् । 

ट्रेलरका लागि यहाँ क्लिक गर्नु हाेला । 
((https://youtu.be/Y4I976ByXu4?t=2))





कलाशैली
तेमाल काेर्वाः फूलमान बल

तेमाल काेर्वाः फूलमान बल

जानकारीका लागि कान्तिपुर दैनिकबाट साभार, झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू ...

कार्तिक २६, २०७६
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं ...

कार्तिक २४, २०७६
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ:  राष्ट्रपति विद्यादेवी भण्डारी

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ: राष्ट्रपति विद्यादेवी भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले ...

कार्तिक २१, २०७६
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर ...

कार्तिक १८, २०७६
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । ...

कार्तिक १४, २०७६
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ,  काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. ...

कार्तिक १३, २०७६