कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पदयात्रीकाे उद्धारमा नयाँ प्रविधि ड्राेनकाे प्रयाेग



पदयात्रीकाे उद्धारमा  नयाँ प्रविधि ड्राेनकाे प्रयाेग



पोखरा। साथीसँग पदयात्रामा मार्दी हिमाल गएकी काठमाडौंकी विपना उप्रेती २०७४ माघ २५ मा हराइन् । समूहभन्दा पछि परेकी उनी देउरालीनजिकै हिउँमा चिप्लिएर खोंचमा खसेको आशंका गरियो । मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्ष अध्ययन गरिरहेकी २१ वर्षीया उप्रेतीको अहिलेसम्म पत्तो छैन । 

त्यही वर्ष चैतमा डच नागरिक कोर्री भेन भेग्गेल अन्नपूर्ण क्षेत्रबाट हराइन् । मार्दी हिमालको हाइक्याम्पबाट सिदिङ झर्ने छोटो बाटो फर्किंदा बीचैबाट बेपत्ता भएकी उनी पनि भेटिएकी छैनन् ।

यस्ता यात्रीको उद्धार र खोजीका लागि अब ड्रोन प्रयोग गरिने भएको छ । ट्र्याकिङ डिभाइस, ड्रोन, रेडियोसेटलगायत सामग्रीमार्फत हिमाली क्षेत्रमा फसेकाको उद्धार गर्ने प्रविधि नेपाल भित्रिएको हो । कोरियाली टेलिकम, उम होङ गिल ह्युमन फाउन्डेसन र नेपाल पर्वतारोहण संघले ४ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिकास्थित माछापुच्छ्रे आधार शिविरमा अन्नपूर्ण उद्धार केन्द्र स्थापना गरेका छन्, जसले बिहीबार उद्धार ड्रोनको परीक्षण उडान गर्‍यो । पदयात्रीले केन्द्रबाट जीपीएस जडित ट्र्याकिङ डिभाइस लिन सक्छन् । यसैको सहयोगमा पदयात्री पुगेको स्थान गुगल म्यापमार्फत कम्प्युटरबाट अनुगमन गर्न मिल्छ । पदयात्री घाइते भए वा उद्धार आवश्यक परे डिभाइसमा रहेको बटन थिच्नेबित्तिकै केन्द्रमा जानकारी पुग्छ । ड्रोन अपरेटर विष्णु कल्पितका अनुसार ड्रोन औषधोपचार, खानेकुरालगायत १० किलो बराबरका सामग्री बोकेर घाइतेसम्म पुग्न सक्छ । पदयात्री अचेत भए खोज्न इन्फ्रारेड क्यामेरा जडित ड्रोन प्रयोग हुन्छ । उक्त ड्रोनले रगतको ताप सेन्सरमार्फत परीक्षण गरेर जिउँदो भए/नभएको थाहा पाउँछ । त्यस क्रममा ड्रोनले खिचेको तस्बिर सिधै उद्धार केन्द्रमा राखिएको कम्प्युटरमा जान्छ ।

कोरियाली टेलिकमले सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार केन्द्र बनाउन सहयोग गरेको हो । टेलिकमले केन्द्रलाई दुई वर्षसम्म सघाउनेछ । पर्यटक उद्धारका लागि स्थानीय युवाले तालिम लिनेछन् । नेपालकै अन्य हिमाली क्षेत्र र तराईमा हुने आपतकालीन उद्धारका लागि समेत यो प्रविधि लैजान मिल्ने गरी ३ संस्थाबीच सम्झौता भएको छ ।

कोरियाली टेलिकमका उपनिर्देशक म्युङ गन चुङ उद्धार केन्द्र स्थापनासँगै पर्यटक हराउने अवस्था नदोहोरिने विश्वास गर्छन् । पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा विश्वमै पहिलोपल्ट यत्तिको उचाइमा सुविधा सम्पन्न उद्धार केन्द्र स्थापना भएको दाबी गर्छन् । अन्नपूर्ण क्षेत्रमा पर्वतारोही र पदयात्रीको सुरक्षाका लागि नयाँ प्रविधि भित्रिएको उनको भनाइ छ । ‘विगतमा हराइसकेपछि मात्र खोजी गरिने भएकाले समय लाग्थ्यो,’ उनी भन्छन्, ‘अब ट्र्याकिङ सिस्टमसमेत प्रयोगमा आएकाले त्यस्तो अवस्था रहँदैन ।’

उद्धार केन्द्रको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा उद्घाटन गरे । उद्धार केन्द्र स्थापनासँगै अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पर्यटक सुरक्षित हुने उनले बताए । ‘नेपालमै पहिलोपल्ट उच्च हिमाली क्षेत्रमा आधुनिक प्रविधियुक्त उद्धार केन्द्र स्थापना भएको छ,’ उनले भने, ‘अब आपत्विपत्मा परेका पर्यटकको बेलैमा उद्धार हुन्छ । यसले विश्व पर्यटन बजारमा नेपालको पदयात्रा सुरक्षित रहेको सन्देश जान्छ ।’

फाउन्डेसनका कार्यकारी निर्देशक उम होङ गिलले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहण निकै जोखिमपूर्ण भएको बताए । अन्नपूर्ण आरोहण गर्दा आफ्ना धेरै साथीको ज्यान गएको उनले सम्झिए । उद्धार केन्द्र स्थापनापछि पदयात्रा क्षेत्र सुरक्षित हुने उनको विश्वास छ ।

सगरमाथा आरोही दक्षिण कोरियाली नागरिक गिलले आफ्नै नाममा फाउन्डेसन स्थापना गरी नेपालमा सहयोग गरिरहेका छन् । उनले विश्वका ८ हजार मिटरभन्दा माथिका १४ र अरू २ गरी १६ हिमाल आरोहण गरेका छन् । उनले नेपालका हिमाली क्षेत्रमा विद्यालय पनि बनाएका छन् । अन्नपूर्ण आधार शिविर पुग्ने प्रवेशस्थल कास्कीको वीरेठाँटीमा रहेको वीरेठाँटी माविको भवन बनाइदिएका छन् ।

फाउन्डेसनकै सहयोगमा मनाङमा अत्याधुनिक माउन्टेनियरिङ स्कुल बन्दै छ । यसका लागि फाउन्डेसन र पर्वतारोहण संघबीच सम्झौता भइसकेको छ । फाउन्डेसनले १२ जिल्लामा १५ विद्यालय भवन बनाउन ३५ करोड खर्चिसकेको छ ।




(पाेखराबाट कान्तिपुरका लागि दिपक परियारले तयार पारेकाे रिपाेर्ट) 



राष्ट्रिय समाचार
भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

काठमाडाैँ । अनेरास्ववियूका सचिवालय सदस्य तथा नेकपाका युवानेता जेनिस दाेङले राज्यकाे कुटनीतिक तह वा कुनै ...

कार्तिक २७, २०७६
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ...

कार्तिक २७, २०७६
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको ...

कार्तिक २६, २०७६
महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की  श्रीमती भनिने शारदा पाण्डे पक्राउ

महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की श्रीमती भनिने शारदा पाण्डे पक्राउ

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । ...

कार्तिक २५, २०७६
आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

काठमाडाैँ ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। मन्त्री हेरफेरको चर्चा चल्दै ...

कार्तिक २५, २०७६
कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः   प्रदेश सांसद रत्न ढकाल

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः प्रदेश सांसद रत्न ढकाल

काठमाडाैँ । २०७२ सालमा ''राष्ट्रिय जागरण'' अभियानकाे नेतृत्व गर्दै अखिल नेपाल क्रान्तिकारी अध्यक्षकाे हैसियतमा रत्न ...

कार्तिक २४, २०७६