कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
चालकको लापरबाहीका कारण सुकुटेमा बस दुर्घटना भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलासा



चालकको लापरबाहीका कारण सुकुटेमा बस दुर्घटना भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलासा

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा १७ जनाको मृत्यु  हुने गरी भएको बस दुर्घटनाको कारण चालकको लापरबाही भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

कालोपत्रे सडक भए पनि घुम्ती र साँघुरो स्थानमा पनि तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रारम्भिक निष्कर्ष निकालेकाे छ । 

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले चालकले संयमित भएर सवारी चलाएको नदेखिएको बताए ।का प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालकाे अनुसार  ‘घुम्ती र साँघुरो बाटोमा होसियारीपूर्वक सवारी चालाउनुपर्नेमा तीब्र गतिमा चलाइएको देखिन्छ ।’

रक्ताम्मे अवस्थामा चालकको उद्दार गरिएको थियो । तर, प्रारम्भमा स्वास्थ्य उपचार नै महत्वपूर्ण हुने भएकाले अहिले बयान नलिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एक अधिकृतले बताए ।

मृतकको संख्या १७ पुग्यो

दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् ।

उनका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०÷५१ वर्षीया रक्तकुमारी रावत छन् ।

त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्दार कार्यमा खटिएका थिए । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार बस सडकबाट ३५ मिटर तल खसेको थियो ।

दुर्घटनाका एक घाइतेको बयानले दुर्घटनामा परेको बा २ ख ७२४५ नम्बरको बसमा यात्रिन्क समस्या पनि हुनसक्ने देखिन्छ । घाइते निराग श्रेष्ठले यसरि घटननकाे बारे सुनाएकाे छ। 

दुर्घटनाभन्दा अगाडि पनि गाडी विग्रिँदा खेरि चक्का कि के छोयो भनेर बनाउन लागेको थियो । त्यतिवेला पेच थिएन रे । त्यो पांग्राको भन्थ्यो । पछि आधा बनाएर हिँड्यौं । खाना खाएर हिँड्ने वित्तिकै ५ मिनेट जति हिँडेपछि घच्याक्क गर्‍यो । अनि, सबै गन्ट्याङ् गुन्टुङ्ग पस्यौं ।

दुर्घटना स्थलबाट म उठ्दा एक जना बच्चा छेऊ मरेको थियो । अरु सानो सानो बच्चाहरु गाडीमाथि रोइरहेका थिए । मेरा साथीहरु चाहिँ निस्किँदै थिए । कोहीलाई बगाइरहेको थियो । बगाइ रहेकाहरुलाई र्‍याफिटिङबाट आएकाले निकालिरहेका थिए ।

पहिले सुरुमा धेरै चोटपटक भएकालाई पठाइदियो । हामी चाहिँ अलिकम घाइते भएकाले दोस्रो पटक एम्बुलेन्समा हालेर पठाइएको थियो । हामी दोलखाको देउरालीबाट काठमाडौंका लागि बसमा बढेका थियौं ।




स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६