कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटायाे तर विपक्षीदलकाे आपत्ति



सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई  हटायाे तर विपक्षीदलकाे आपत्ति

काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।


चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो ।

त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि सरकार रोकिएको थियो ।

संविधानमा के छ ?

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको उल्लेख छ । तर, संविधानको धारा १६५ ले सबै प्रदेशका प्रमुखहरु एकैसाथ पदमुक्त हुने परिकल्पना गरेको छैन ।

संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखहरुले राष्ट्रपतिसमक्ष लिदित राजीनामा दिएमा पदमुक्त हुने व्यवस्था छ । सोही धाराको उपधारा १ को (ख) मा प्रदेश प्रमुखको पदावधि सकिनुअगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेकी हुन् ।

तर, राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेसँग अब उनीहरुको कार्यभार कसले सम्हाल्ने भन्ने प्रश्न उब्जेको छ । तत्कालै नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति नभएमा संवैधानिक जटिलता आउने देखिएको छ ।

किनभने, संविधानको धारा १६५ को (२) मा भनिएको छ,’कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेशलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्नेछ ।’

अब राष्ट्रपतिले सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई एकसाथ पदमुक्त गरिसकेपछि रिक्त कार्यभार कसले निर्वाह गर्ने भन्ने संवैधानिक प्रश्न उब्जेको छ ।

तथापि सरकारले नयाँ प्रदेश प्रमुखहरू आजै नियुक्त गर्ने तयारी गरेकाले संवैधानिक रिक्तता नआउने नेकपा नेताहरू बताउँछन् ।

देश संघीय प्रणालीमा गएसँगै सातवटै प्रदेशमा प्रदेश प्रमुखको पद सिर्जना भएको हो । संविधानको धारा १६३ अनुसार प्रदेश प्रमुखलाई प्रत्येक प्रदेशमा सरकारको प्रतिनिधिका रुपमा हेरिन्छ । राष्ट्रपतिसँग सपथ खाने प्रदेश प्रमुखहरुलाई राष्ट्रपतिले जुनसुकै बेला पदमुक्त गर्न संविधानले छुट दिएको छ ।

राष्ट्रपतिले वीचैमा नहटाएको अवस्थामा प्रदेश प्रमुखको कार्यकाल ५ वर्षको हुनेछ । तर, सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई दुई वर्ष नपुग्दै हटाइएको छ ।

प्रदेश प्रमुखहरु एकसाथ हटाउनुको कारणबारे राष्ट्रपतिको विज्ञप्तिमा केही पनि उल्लेख छैन । तर, नेपाली कांग्रेसले सरकारले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि आपत्ति जनाएको छ। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेर एकलौटी शासनको अभ्यास गर्न खोजेको आरोप सरकारलाई लगाएका छन्। नेता पौडेलले सातवटै प्रदेश प्रमुख हटाएकोमा सामाजिक संजाल फेसबुकमार्फत आपत्ति जनाएका हुन्। 

उनले लेखेका छन्, 'प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावादतर्फ जाने कोशिष हो।' सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको छ।  



राष्ट्रिय समाचार
भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

भारतीय विस्तारबाद विरूद्धकाे आन्दाेलन राेकेकाे छैनः अनेरास्ववियू तथा 'नेकपा' युवा नेता जेनिस दाेङ

काठमाडाैँ । अनेरास्ववियूका सचिवालय सदस्य तथा नेकपाका युवानेता जेनिस दाेङले राज्यकाे कुटनीतिक तह वा कुनै ...

कार्तिक २७, २०७६
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ...

कार्तिक २७, २०७६
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई नेपाली सेनाले ''गार्ड अफ अनर'' प्रदान

काठमाडाैँ ।   बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार ५२ सदस्यीय प्रतिनिधि मण्डलको ...

कार्तिक २६, २०७६
महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की  श्रीमती भनिने शारदा पाण्डे पक्राउ

महानगरीय प्रहरी बृत्त बौद्धले ठगी आरोपमा 'अघोरी बाबा'की श्रीमती भनिने शारदा पाण्डे पक्राउ

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । ...

कार्तिक २५, २०७६
आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

आजको पत्रपत्रिका विशेषमा मन्त्रिपरिषद् हेरफेर र सेनाकाे चर्चा

काठमाडाैँ ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। मन्त्री हेरफेरको चर्चा चल्दै ...

कार्तिक २५, २०७६
कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः   प्रदेश सांसद रत्न ढकाल

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सेना परिचालन गरेर नेपालकाे उपस्थिति जनाउनु पर्छः प्रदेश सांसद रत्न ढकाल

काठमाडाैँ । २०७२ सालमा ''राष्ट्रिय जागरण'' अभियानकाे नेतृत्व गर्दै अखिल नेपाल क्रान्तिकारी अध्यक्षकाे हैसियतमा रत्न ...

कार्तिक २४, २०७६