कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
तेमाल गाउँपालिकाकाे सहयाेगमा ९२ वर्षीय आमाकाे ब्लड टेष्ट गरी संचालनमा ल्यायाे ''ल्याव टेष्ट'' भिडियाे सहित



तेमाल गाउँपालिकाकाे सहयाेगमा ९२ वर्षीय आमाकाे ब्लड टेष्ट गरी संचालनमा ल्यायाे ''ल्याव टेष्ट'' भिडियाे सहित

काभ्रे । तेमाल गाउँपालिकाकाे सहयाेगमा आईतबारबाट पाेखरी नारायणस्थान स्वास्थ्य चाैकीमा ल्याव टेष्ट संचालनमा ल्याएकाे छ  । 

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले ल्याव काे उद्घाटन गर्नु भएकाे थियाे भने आइतबार नै  वडा नं. ४ का ९२ वर्षीय कान्छीमाया तामाङकाे ब्लड टेष्ट गरी सेवा शुभारम्भ गरेका छन् ।

तेमाल गाउँपालिका भित्र रहेका कुनै पनि स्वास्थ्य चाैकीमा ल्याव टेष्ट गर्ने प्रबिधि थिएन । सामान्य रगत जाँच गर्नका लागि पनि बनेपा या काठमाडाैँमा नै आइपुग्नु पर्ने तेमाल बासीकाे बाध्यता थियाे । 

ल्यावकाे उदघाटन गर्दै गापा अध्यक्ष सलाम सिं तामाङले भन्नु भयाेः ''हामीले स्वास्थ्यकाे क्षेत्रमाे याे सानाे प्रयासकाे थलानी गरेका छाैँ । आजबाट कुनै पनि राेगकाे बारेमा जान्नका लागि ल्याव टेष्ट गर्न बनेपा वा काठमाडाैँ पुगिरहनु पर्दैन । अब समस्याकाे समाधान तेमालमा नै हुने भयाे । ल्याव टेष्ट गर्ने स्टाफ पनि तेमालकाे नै भएकाे हुँदा बिरामीलाई खासै समस्या हुँदैन । अब स्वास्थ्य रहनका लागि बेलैमा राेग पत्ता लगाउनलाई ल्याव टेष्ट गर्न म तेमालबासीमा विनम्र अनुराेध गर्न चहान्छु ।'' 


यसैगरी उपाध्यक्ष दुर्गमाया तामाङले लामाे समयकाे प्रयास पछि सामुदायिक स्वास्थ्य चाैकीबाट तेमालका जनतालाई सस्ताे र  निशुल्क सेवा सुविधा दिन सफल भएकाे बताएकी छिन् । उपाध्यक्ष तामाङले प्रत्येक वडामा ४० वर्ष कटेका आम नागरीककाे स्वास्थ्य जाँचका लागि चाँडै शिविर संचालन गर्ने जानकारी पनि दिनुभएकाे थियाे । 

''भाैगाेलिक हिसाबले बिकट भएता पनि बनेपा र काठमाडाैँ पुग्नु भन्दा गाउँमा नै सुविधा दिन सफल हुनु तेमाल गाउँपालिका र तेमाल बासीका लागि खुशीकाे खबर हाे'' संवादका क्रममा तेमाल गाउँपालिकाका प्रशासकीय प्रमुख लक्ष्मण कुइकेलले बताउनु भयाे । 


वडा नं. ६ का  वडा अध्यक्ष विकुलाल माेक्तानले गाउँपालिकाले स्वास्थ्य चाैकीमा ल्यावकाे व्यावस्था गरेता पनि गाउँपालिकाकाे भाैगाेलिक अवस्थालाई मध्य नजर गरी एउटा एम्बुलेन्सकाे पनि व्यवस्था गर्न माग गर्नु भएकाे छ । अनि मात्र ल्यावकाे महत्व हुनेकाे उहाँकाे दाबी छ 

ल्याव स्टाफ मायालु तामाङले गाउँमा नै बसेर दाजुभाई तथा दिदीबहिनीहरूलाई सेवा गर्न पाउँदा खुशी लागेकाे बताउनु भयाे । 

पाेखरी नारायणस्थान स्वास्थ्य चाैकीका प्रमुख शिवहरी पाठकले कार्यक्रम संचालन गर्नु भएकाे थियाे । 

बाँकी भिडियाे हेर्नु हाेला 
((https://youtu.be/vahtRioNaXU))






स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६