कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’



भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर तामाङकाे ‘तामाङ भाषा र लिपि’ पुस्तक सार्वजनिक भएकाे छ । 

पुस्तकमा तामाङ भाषा लेखनमा नेपाल तामाङ घेदुङ, अखिल भारतीय तामाङ बौद्ध संघलगायत संस्थाले प्रचलनमा ल्याएको ‘तामयिग’ तथा बौद्ध धर्म संस्कारमा प्रयोग हुने ‘सम्बोटा (उछेन)’ लिपिको प्रयोग कति व्यावहारिक छ भन्ने विषय समेटिएको छ। दुवै लिपिको प्रयोग गर्नेबारे वर्षौंदेखि चल्दैआएको विवाद अन्त्य हुनेमा लेखकले दाबी गरेका छन् । तामाङ समुदायमा लिपिसँग सम्बन्धित विवाद पुरानाे नै हाे ।   

‘तामाङ समुदाय विगत २६ वर्षदेखि लिपिको विवादमा अल्झिरहेको छ,’ पुस्तक लोकार्पण समारोहमा लेखक तामाङले भने, ‘यही विवादका कारण विद्यालय तहका बालबालिकालाई अध्यापन गराउन आवश्यक पाठ्यपुस्तक तयार पार्न सकेका छैनौं। यसले तामाङ भाषाको संरक्षण र पुस्तान्तरण गर्ने कार्यमा ठूलो समस्या सिर्जना गरेको छ।’

तामाङ भाषाको संरक्षणका लागि लिपिको विवाद तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। तामयिग र सम्बोटा (उछेन) लिपि दुवै पक्षकाले अ–आफ्नो अडान त्यागेर सहमतिमा अगाडि बढ्नुपर्ने उनको तर्क छ। तामाङ भाषाका लागि अनुकूल हुने लिपिको छनोट वा नयाँ लिपिको विकास गर्नुपर्ने लेखक तामाङले बताए।

‘तामाङ भाषा अलग्गै भएकाले जुनसुकै लिपिमा लेखन अभ्यासमा जाँदा पनि सरल र मौलिक लेखनशैली हुनुपर्छ भन्ने मान्यतालाई विकास गरिनुपर्छ। उछेन लिपिलाई आधार मान्दैमा तिब्बती भाषाको व्याकरणलाई हुबहु अनुकरण गर्ने गराउने प्रवृत्तिले तामाङ भाषाको विकासमा सघाउ पुर्‍याउँदैन। यति दुई कुरामा सहमति गरेर अगाडि बढेमा भाषाका लागि नयाँ फड्को हुनसक्छ,’ पुस्तकको निष्कर्षमा उनले उल्लेख गरेका छन्।

पूर्वमन्त्री तामाङले तामाङ भाषा आफैंमा समृद्ध भाषा भएको बताए। पछिल्लो समय भाषा पुस्तान्तरणको क्रम घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसले भाषा लोप हुने खतरा बढेको बताए। तामाङ भाषा संरक्षणका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा पूर्वमन्त्री तामाङले जोड दिए।

Image may contain 3 people people smiling people standing and indoor
नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले नेपाल र भारतका संस्थाले संयुक्त निर्णय गरेर तामयिक लिपि प्रचलनमा ल्याएको बताए। लेखकले पुस्तकमार्फत प्रस्तुत गरेको सुझाव सैद्धान्तिक रुपमा सकारात्मक भए पनि संस्थागत निर्णयबाट पछि हट्न सहज नहुने उनको तर्क छ। यद्यपि, घेदुङलाई अबको बाटो तय गर्न पुस्तकले सहज बनाइदिएको उनले बताए।

लेखकद्वय रवीन्द्र तामाङ र दुपवाङगेल मोक्तानले तामाङ समुदायमा वर्षौंदेखि रहेको लिपि विवाद अन्त्य गरी नयाँ सहमतिको मार्गमा लैजान पुस्तकले भूमिका खेल्नसक्ने बताए। तामाङ भाषाको संरक्षण र विकासका लागि पुस्तक महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।

पुस्तक तामाङ भाषा लिपि विकास केन्द्र ललितपुरले प्रकाशन गरेको हो। यसअघि लेखक तामाङका ‘तामाङ–नेपाली पकेट शब्दकोश’, ‘रेडियोमा तामाङ भाषा’ र ‘मुगाल जनजाति : एक अध्ययन’ पुस्तक प्रकाशित भएका छन्।

Image may contain one or more people and text



कलाशैली
तेमाल काेर्वाः फूलमान बल

तेमाल काेर्वाः फूलमान बल

जानकारीका लागि कान्तिपुर दैनिकबाट साभार, झ्याउँकिरीले गाउन थालेपछि मैले साइकलको ब्रेक दबाएँ । हरिया रूखमा चराहरू ...

कार्तिक २६, २०७६
सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

सोमबारबाट ८ औं संस्करण एभरेष्ट ट्रेल रेस शुरु हुने

काठमाडौं । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं ...

कार्तिक २४, २०७६
चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ:  राष्ट्रपति विद्यादेवी भण्डारी

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्छ: राष्ट्रपति विद्यादेवी भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले ...

कार्तिक २१, २०७६
भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

भाषा विवाद समाधानकालागि पुस्तक ‘तामाङ भाषा र लिपि’

काठमाडाैँ । पूर्वकानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङकाे प्रमुख अातित्थ्यतामा पत्रकार तथा लेखक प्रतीक ङेसुर ...

कार्तिक १८, २०७६
नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

नायक अमिर दाेङकाे अग्नि परिक्षा शुरू, मंसिर २० देखि सूर्य किरण

काठमाडाैँ । तामाङ चलचित्र क्षेत्रमा वा सेलाे म्यूजिक भिडियाेमा चिरपरिचित नाम हाे ''अमिर दाेङ'' । ...

कार्तिक १४, २०७६
आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

आमाको खुशी किन्न सकिँदैनः वरिष्ठ प्रबन्धक निर्देशक डा. घनश्याम गुरूङ

मिलन लामा दाेङ,  काठमाडाैँ । नुनसँग चामल साँट्दै मुस्ताङमा बाल्यकाल बिताएका डा. घनश्याम गुरूङ अहिले डब्लु. ...

कार्तिक १३, २०७६