कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
माधव नेपालको ‘नोट अफ डिसेन्ट’ स्वभाविक हो- अध्यक्ष ‘प्रचण्ड’



माधव नेपालको ‘नोट अफ डिसेन्ट’ स्वभाविक हो-  अध्यक्ष  ‘प्रचण्ड’

साराखबर संवाददाता                              
नेपालगन्ज, कात्तिक गते । नेपाल कम्युनिष्ट पार्टी  नेकपा का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक नै भएको बताउनुभयो । 

पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार बाँके आएका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको बताउनुभयो ।  

‘माधवजीले एक९दुई जनाको नाम पारौं भन्ने जोड दिनुभएको थियो । बैठकले त्यो निर्णय गरेन । उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो,’ प्रचण्डले नेपालगञ्जमा पत्रकारहरूसँग भने ।

नयाँ नियुक्त प्रदेश प्रमुखलाई नेता नेपालले मान्दिनँ नभनेको उल्लेख गर्दै प्रचण्डले थपे, ‘उहाँले म मान्दिनँ भन्नुभएको छैन, मेरो भिन्न मत राख्छु भन्नुभएको छ ।’ 
सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए ।

प्रदेश प्रमुख निकालेर नयाँ नियुक्त गर्न पार्टी्भित्र र सत्तारूढ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि आफूले छलफल गरेको प्रचण्डले बताए ।

सरकार परिवर्तनपछि प्रदेश प्रमुख नियुक्ति हुनु स्वभाविक नै हुने उनले बताए । ‘प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधिको रूपमा काम गर्ने हो,’ प्रचण्डले भने, ‘सरकार परिवर्तन भएपछि प्रदेश प्रमुख फेरिन्छ । हाम्रो सरकार उदार भएकोले दुई वर्षसम्म काम गर्न दिएको हो ।’

प्रदेश प्रमुख हटाउने र नयाँ राख्ने प्रक्रिया ठूलो नभएको र सरकारकै क्षेत्राधिकारको कुरा भएको उनले बताए । उनले प्रदेश ५ को राजधानीका विषयमा सबैलाई सुविधा हुने गरी ठाउँ तय हुने पनि बताए ।

‘जनताको हितलाई हेरेर राजधानीको टुंगो लगाउनुपर्छ । त्यस्तो सेन्टर जुन नयाँ बजार बनाउन पनि सकिन्छ । पूरानै सहरमा बनाउनुपर्छ भन्ने पनि छैन,’ उनले भने ।

उनले आफू देश दौडाहमा हिँडेर पार्टी कार्यकर्ता र जनताका कुरा सुनेर सिंहदरबारसम्म र्पुयाउने काम गर्दै आएको पनि बताए । प्रचण्डले आफू सरकारमा नभएकोले उपनिर्वाचनको प्रचार प्रसार गर्न आचार संहिताले नछेक्ने प्रतिक्रिया दिए ।  



स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६