कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
भारतीय मुद्रण उद्योग व्यवसायीहरुको नेपाल यात्रा



भारतीय मुद्रण उद्योग व्यवसायीहरुको नेपाल यात्रा

साराखबर संवाददाता                              
नेपालगन्ज, कात्तिक गते । भारतका मुद्रण उद्योग व्यवसायीहरुको एक टोली नेपाल भ्रमणको क्रममा नेपालगन्ज आइपुगेका छन् ।
नेपाल मुद्रण उद्योग संघ, बाँकेको संयोजन तथा नेपाल मुद्रण उद्योग महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालको अग्रसरतामा उक्त टोलीलाई नेपालगन्जमा भव्य स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरियो । 

नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ७ का दाहालको अगुवाई तथा अल इण्डिया फेदरेसन अफ माष्टर प्रिन्टर्सका पूर्व अध्यक्ष तथा पामेक्सका अध्यक्ष प्रोफेसर कमल चोपराको नेतृत्वमा धनगढीदेखि काठमाडौंको लागि हिंडेको प्रिन्ट यात्राको क्रममा बाँकेका मुद्रण व्यवसायीहरुसंग भेटघाट गर्ने क्रममा नेपालगन्जमा आइपुगेकोमहासंघका केन्द्रीय सदस्य मीना सुवेदी ढकालले बताउनु भयो ।

उक्त अवसरमा प्रोफेसर कमल चोपराले भारतको मुम्बईमा सन् २०२० जनवरी ६ देखि ९ गतेसम्म हुने अन्तर्राष्ट्रिय प्रिण्टिङ मेला तथा एलाइड मेशिनरी इण्डष्ट्रीजको प्रदर्शनीको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको जानकारी दिनु भयो । 

महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालले नेपालका मुद्रण व्यवसायीहरुले यो अन्तर्राष्ट्रिय प्रिण्टिङ मेला तथा एलाइड मेशिनरी इण्डष्ट्रीजको प्रदर्शनीमा सहभागी भएर व्यवसायिक फाइदा उठाउन आग्रह गर्नुभयो र महासंघले यो अवसर दिएकोमा आभार पनि व्यक्त गर्नु भयो । 

उक्त स्वागत तथा भेटघाट कार्यक्रमको प्रारम्भमा भारतीय टोलीलाई महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकाल र नेपाल मुद्रण उद्योग संघकी अध्यक्ष कुसुम बस्नेतले खादा ओढाएर स्वागत गर्नु भएको थियो ।



सो अवसरमा महासंघका केन्द्रीय सदस्य तपेन्द्र विक्रम शाह, महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष मेघराज ओली, संघका वरिष्ठ सदस्य पूर्ण लाल चुके लगायत बाँके जिल्लाका करीब दुई दर्जन मुद्रण व्यवसायीहरुको सहभागिता रहेको थियो । 



स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६