कार्तिक २८, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रचण्डको आग्रहपछि नेकपा फर्केलान धवल शम्शेर ?



प्रचण्डको आग्रहपछि नेकपा फर्केलान धवल शम्शेर ?




साराखबर संवाददाता                              
नेपालगन्ज, कात्तिक गते । नेपाल कम्युनिष्ट पार्टी  नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफु सरकार र पार्टीको प्रचारक जस्तो भएको बताउनुभएको छ । विजयादशमी,तिहार, नेपाल सम्वत ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डे को अवसरमा नेकपा बाँकले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मङ्गलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी कार्यक्रममा मुलुकभर पुगेर जनताका गुनासा सुन्ने मौका पाएको बताउनुभयो ।

 विभिन्न तह र तप्काबाट प्राप्त सुझाव र गुनासोहरु प्रधानमन्त्री र सचिवालयका बरिष्ठ नेतासँग राख्ने गरेको भन्दै प्रचण्डले आफु प्रधानमन्त्री नभएपनि आफु प्रचारक हुन पाएको भन्दै खुशी ब्यक्त गर्नुभयो । ईतिहासले आफुलाई विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै उहाँले अहिले प्रचारकको जिम्मेवारी पाएको बताउनुभयो ।


पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो,– ५ बर्ष राम्रो गरे ५० वर्षसम्म पनि जनताको साथ र समर्थन हुन्छ राम्रो काम हुन नसके ५ वर्षपछि काङ्ग्रेस छदैँछ । उहाँले प्रदेश ५ को राजधानी बहुसङ्ख्यक जनतालाई पायक पर्ने स्थानमा हुने भन्दै यसबारेमा पार्टीभित्र करिब सहमति भईसकेको जानकारी दिनुभयो ।

 नेकपा बाँकेका अध्यक्ष आईपी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका अध्यक्ष समेत रहनुभएका नेकपा प्रदेश ५ कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, नेकपाका केन्द्रीय सदस्य दिनेश यादव, बाँके जिल्ला सचिव अशोक कोइराला, नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइराला लगायतले शुभकामना व्यक्त गर्दै चियापानको राजनीतिले सहमतिको राजनीतिलाई बल पुग्ने बताउनुभयो ।

 नेपालगञ्जका मेयर डा। राणाले कार्यक्रममा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने माग गर्नुभयो । दाङसम्म राजधानी भए चित्त नबुझे पनि स्वीकार गरौंला राणाले भन्नुभयो,– बुटवल कुनैपनि हालतमा मान्दैनौं, राजधानी घोषणा हुनासाथ आन्दोलन सुरु हुुन्छ ।
धवललाई पार्टीमा फर्किन प्रचण्डको आग्रह
नेकपाको चियापान कार्यक्रम सुरु भईसकेपछि नेपालगञ्जका मेयर राणा पुग्नुभयो । उदघोषक रहेका नेकपा बाँकेका सचिव अशोक कोइरालाले आसनग्रहण गराउँदै पुर्ववर्ती एमालेबाट २०५४ सालमा मेयर भएको र पार्टी कार्यालय बनाउन भूमिका खेलेको बताउनुभयो ।

 लगत्तै  शुभकामना मन्तव्य राख्न पुग्नुभएका राणाले  एमालेमा रहँदा धेरै मेहनत गरेर घर बनाएको बताउनुभयो । राणाकै संयोजकत्वमा पार्टी कार्यालय भवन बनेको हो । एमालेमा धेरै साथीभाई छन्, माया लाग्छ, मेयर राणाले भन्नुभयो ।

उहाँले पहिले नै कार्यक्रममा आउदा पार्टी प्रवेशको कुरा हुने भएकाले आफु ढिलो पुगेको बताएपनि  राणालाई पार्टी प्रवेश गर्ने प्रस्ताव गर्नेको कमी भएन । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आजै प्रवेशको घोषणा गर्नुस भन्नुभयो ।

प्रमुख अतिथी प्रचण्डले धवलका बारेमा धेरै कुरा सुनेको भन्दै मुलघरमा फर्किन आग्रह गर्नुभयो । बाँकेका नेकपा नेता कार्यकर्ता स्वागत गर्न तयार देखेको भन्दै उहाँले राणालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको हो । २०५९ सालमा नेकपा छोडेका धवल हाल राप्रपाको केन्द्रीय राजनीतिमा सक्रिय रहनुभएको छ । पछिल्लो समय राणा नेकपा नेतृत्वसँग नजिक हुन थालेपछि धवलको नेकपा प्रवेशका विषयमा चर्चा हुने गरेको छ । 



स्थानीय समाचार
नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

नेपालगञ्जमा लक्ष्मी नारायण साधना शिविर सञ्चालन हुँदै

जावेद अन्सारीनेपालगञ्ज, सदगुरुदेव डा। नाकोरायण दत्त श्रीमाली को महाराजद्धारा स्थापितअन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन ...

कार्तिक २७, २०७६
रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा  नगर बस संचालन

रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिमा नगर बस संचालन

काठमाडाैँ । रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिकाले साेमबारबाट नगर बस संचालनमा ल्याएकाे छ । कर्णाली प्रदेश ...

कार्तिक २६, २०७६
काभ्रे चाैरीदेउराली गाउँपालिकामा  १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे चाैरीदेउराली गाउँपालिकामा १५ शैयाकाे अस्पताल शिलान्यास

काभ्रे । चाैरीदेउराली गाउँपालिका वडा नं. ५ भालचाैरमा प्रदेश सांसद रत्न ढकालकाे पहलमा निर्माण हुन लागेकाे ...

कार्तिक २५, २०७६
काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना

काठमाडौँ । काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका ...

कार्तिक २५, २०७६
छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

छिन्दाओ नगरका प्रतिनिधि मण्डलले बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । चीनको छिन्दाओ नगरका प्रतिनिधि मण्डलले काठमाडौं महानगरसँग सम्बन्ध स्थापना ...

कार्तिक २५, २०७६
सार्वजनिक  शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

सार्वजनिक शौचालयबाट मासिक २ सिलिण्डर एलपिजि ग्याँस

पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा, काठमाडौं । सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन ...

कार्तिक २५, २०७६